Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
नारी संचार गृहको अक्षयकोषमा सहयोग जुट्दै
शुक्रवार, चैत २९, २०८१
बिर्तामोड, २९ चैत : बहुउद्देश्यीय लक्ष्य राखेर नारी संचार गृह झापाले स्थापना गरेको अक्षयकोषमा दाताहरुको सहयोग जुट्ने क्रम जारी छ ।
गृहको अक्षयकोषमा सामाजिक अभियन्ता तथा अर्जुनधारा नगरपालिका वडा नं ११ का अध्यक्ष खगेन्द्र इङनाम र गिता राईले सयुक्त रूपमा संस्थाकी अध्यक्ष रेजिना गौतम र निबर्तमान अध्यक्ष भिमा शिवाकोटीलाई दश हजार एक सय पन्ध्र रूपैयाँ हस्तान्तरण गर्नु भएको छ ।
यसैगरी बैदेशिक रोजगारी क्रममा हाल जापानमा रहेकी संस्थाकी सदस्य मनिषा चौलागाईले कोषमा दश हजार रुपैया उपलव्ध गराउनु भएको छ ।
संस्थाकी कोषाध्यक्ष स्वस्तिका आचार्य सिटौलाले पाँच हजार एक सय रूपैयाँ प्रदान गर्नु भएको छ भने कार्यसमिति सदस्य भारती राईले पाँच हजार पाँचसय रूपियाँ नगद कोषमा सहयोग गर्नु भएको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिनुभयो।
आफ्नो जन्म दिन ,बिवाह उत्सब, बैबाहिक समारोहको अवसरमा दाताहरुबाट गृहको कोषमा सहयोग जुट्दै आएको छ।