बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा वडा खेलकुद विकास समिति गठन तिव्र, आज वडा नम्बर १,३ र ४ सकियो

शुक्रवार, फागुन २६, २०७९

झापा । नगर खेलकुद विकास समिति बिर्तामोडले वडा खेलकुद समिति गठन प्रक्रियालाई तिव्ररुपमा अघि बढाएको छ ।
नगर समितिले आज शुक्रवार वडा नम्बर १,३ र ४मा समिति गठन गरेको हो । यस अघि वडा नम्बर २ मा कमला लिम्बुको अध्यक्षतामा समिति गठन गरिसकेको नगर खेलकुद विकास समितिले आज ३ वटा वडाको समिति निर्माण गरेको हो ।
आज गठन भएको वडा नम्बर १मा अध्यक्ष केशव पोखरेल, उपाध्यक्ष सोमन्त कार्की , केशव रणपहेली
सचिब बिमल भट्टराई र सदस्यहरुमा सुभम गोयल, निर्भिक शिवाकोटी,सुरज धिमाल, पुष्कर पाण्डे,मनोज राजबन्शी, प्रदिप लिम्बु, हेमन्त प्रसाई रहनु भएको छ ।

यस्तै वडा नम्बर ३मा अध्यक्ष अनिश सुवेदी उपाध्यक्ष आस्ना भन्डारी ,सुभाष सिटौला, सचिब बप्पा शाह
र सदस्यहरुमा सितल फागो, आशा गुरुङ, रोहन पोख्रेल, कृष्ण बाराकोटी, दिनेश अधिकारी, दिपेश राई र बिकास गौतम रहनु भएको छ ।

यस्तै वडा नम्बर ४ मा गठन गरिएको समितिमा अध्यक्ष भेषराज लिम्बु, उपाध्यक्ष रुपेश मादेन , रेनुका राई, सचिब हेक्की श्रेष्ठ र सदस्यहरुमा अर्जुन संग्रौला, योगेश गुरुङ, आशा लिम्बु, रोशन शाही ठकुरी, रोशन डांगी र समिर आलम रहनु भएको छ ।

अब आइतबार वडा नम्बर ७, ८ र ९ मा र सोमबार वडा नम्बर ५,६ र १० मा समिति गठन गरिने नगर खेलकुद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिनु भयो ।

सम्बन्धित खबर