आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

हनुमानलाई ३१ किलोको लड्डु

शनिवार, चैत ३०, २०८१

नवलपुर (नवलपरासी), ३० चैतः हनुमान जयन्तीको अवसर पारेर आज यहाँको हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको हो । 
 
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइरालासहित मन्दिर व्यवस्थापन समिति तथा भक्तजनले संयुक्त रूपमा महावली हनुमानलाई ३१ किलोको लड्डु अर्पण गर्नुभएको हो । 
 
लड्डु हनुमानको प्रिय भोजन भएकाले घिउमा निर्माण गरे अर्पण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मजयन्तीका अवसरमा आज मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । 
 
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको यो मन्दिरमा पूजाआजा गर्नका लागि जिल्लावासीसहित छिमेकी जिल्ला चितवन, तनहुँबाट पनि भक्तजन आएका छन् । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने जनविश्वास रहिआएको समितिका अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिनुभयो । हनुमान जयन्तीको अवसरमा मन्दिर परिसरमा पूजाआजासहित भजनकीर्तन भइरहेको उहाँले बताउनुभयो । 
 
हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको त्रास र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता रहेको मन्दिरका पूजारी विनय अधिकारीले बताउनुभयो । “हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ”, उहाँले भन्नुभयो ।  
 
मङ्गलबार र शनिबार हनुमानको विशेष पूजाआराधना गरिएकामा यस वर्ष हनुमान जयन्ती आज शनिबार परेकाले पनि विशेष मानिएको पूजारी अधिकारीले बताउनुभयो । गैँडाकोटमा निर्माण भएको हनुमान मन्दिर नेपालको पहिलो कलात्मक मन्दिर भएको बताउँदै उहाँले रु तीन करोड लागतमा ४२ फुट लम्बाइ,  ४२ फुट चौडाइ र ६३ फुट उचाइको रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न चन्दादाताको सहयोगमा मन्दिर परिसरमा एक सय जनासम्म अट्ने धर्मशाला निर्माण भइरहेको छ । 
 
हनुमानको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका ‘मार्बलरेलिङ’, मार्बलका आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत् व्यवस्थापन, रङ्गरोगनले यस मन्दिरको आकर्षण बढाएको अध्यक्ष सापकोटाले बताउनुभयो । 
सम्बन्धित खबर