Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
शनिवार, चैत ३०, २०८१
खाँदबारी (सङ्खुवासभा), ३० चैतः सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेकलागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्य भएको हो ।
मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताउनुभयो । उहाँको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ ।