सोमवार, असार ९, २०८२
Nayapaper | अनलाइन पत्रिका

गायक तथा संगीतकार गणेश रसिकको निधन

आइतवार, जेठ १८, २०८२

काठमाडौँ, १८ जेठ । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ ।

७७ वर्षिय उहाँको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आज निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिनुभयो ।

उहाँ विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । रसिककी छोरी देश बाहिर रहेकाले भोलि मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताउनुभयो ।

सम्बन्धित खबर