सोमवार, चैत १६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा काँकरभिट्टा पर्यटन कार्यालय सक्रिय

बिहिवार, असार १९, २०८२

झापा,१९ असार: कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ अन्तर्गत काँकरभिट्टा पर्यटन कार्यालयले विभिन्न प्रवद्र्धनात्मक र सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै पर्यटन क्षेत्रको विस्तारमा उल्लेखनीय योगदान दिइरहेको छ।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छबिलाल खतिवडाका अनुसार हाल कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका ग्रामीण क्षेत्रमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। ग्रामीण बासिन्दालाई पर्यटनलाई आयआर्जनको माध्यमका रूपमा उपयोग गर्न सकिने विषयमा जानकारी दिइँदैछ। त्यस्तै, नीतिगत छलफल, बहस र अन्तर्क्रियामार्फत पर्यटन विकासका कार्यहरू अघि बढाइएका छन्।

तीन तहमा कार्ययोजना

कार्यालयले तीनवटा प्रमुख कार्ययोजना अन्तर्गत काम गरिरहेको छ। पहिलो, क्रस बोर्डर टुरिजम प्रवर्द्धन गर्दै भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार। दोस्रो, कोशी प्रदेशका विभिन्न भूभाग तथा भारतीय शहरहरूमा पर्यटन मेला सञ्चालन। तेस्रो, होटल र होमस्टे अभिलेखीकरण तथा कानुनी प्रक्रियामा सहजता ल्याउने सहजीकरण।

भारतका गाडीहरूमा पर्यटन वर्षको स्टिकर टाँस गर्दा एउटै चेकिङमै प्रक्रिया सकिने व्यवस्थाले भारतीय पर्यटकलाई सहजता भएको खतिवडाले जानकारी दिनुभयो। संघीय सरकारले विदेशी नागरिकले पाँच लाख रुपैयाँसम्म खर्च गर्न पाउने नीति ल्याएपछि पनि पर्यटन प्रवर्द्धनमा सहुलियत मिलेको उहाँको भनाइ छ।

क्रस बोर्डर टुरिजममा पहल

सीमा पार पर्यटनमा काँकरभिट्टा कार्यालयले पश्चिम बंगाल, सिक्किम, दार्जिलिङ र बिहारसँग जोडिएका पर्यटकीय क्षेत्रहरूसँग सहकार्य गर्दै आएको छ। इलामको तुम्लिङमा आयोजित पर्यटन मेलामा पश्चिम बंगालका प्रतिनिधिहरूको सहभागीता र नेपालको उच्चस्तरीय उपस्थिति रहेको थियो, जसले क्रस बोर्डर पर्यटनलाई थप मजबुत बनाएको छ।

तथ्याङ्क व्यवस्थापन र सूचना केन्द्र

भारतीय पर्यटकहरूको आगमन तथ्यांक व्यवस्थित गर्न भाण्टाबारी, जोगबनी, काँकरभिट्टा र पशुपतिनगर नाकामा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ। पर्यटक प्रहरी, अध्यागमन कार्यालय र स्थानीय सरकारसँग समन्वय गरेर तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको छ।

भारतीय पर्यटकको गुनासो र समाधान प्रयास

भारतीय पर्यटकहरूले अनावश्यक चेकजाँच, अव्यवस्थित पार्किङ, र ठगीजस्ता समस्याको गुनासो गरेपछि काँकरभिट्टा कार्यालयले समन्वयात्मक पहल थालेको छ। यातायात व्यवसायी महासंघसँग मिलेर भारतीय गाडीहरूमा स्टिकर टाँस गर्ने अभियान सञ्चालन गरिएको छ, जसले भ्रमण प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

पर्यटन नीतिमा सुधार आवश्यक

प्रमुख खतिवडाले पर्यटनमैत्री कानुन, व्यवसायमैत्री नीति, र लगानी आकर्षित गर्न वातावरण बनाउनु आवश्यक रहेको बताउनुभयो। होटल दर्ता र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया जटिल भएकाले त्यसलाई सरलीकृत गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत आर्थिक वर्षको अन्त्यमा आइपुग्दा पनि काँकरभिट्टा कार्यालयले सीमित जनशक्तिका बाबजुद महत्त्वपूर्ण कार्यहरू सम्पन्न गर्दै आएको छ। बाँकी रहेका कार्यक्रमहरू आगामी आर्थिक वर्षमा निरन्तरता दिइने र पर्यटन वर्षलाई सफल बनाउन सबै सरोकारवालासँग सहकार्य गर्दै जान उपप्रमुख खतिवडाको भनाइ छ।

सम्बन्धित खबर