Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
इलामको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु
शनिवार, असार २१, २०८२
इलाम, १९ जेठ : इलामको सूर्योदय नगरपालिका–६, करफोकमा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तीन दिने पर्यटन पत्रकारिता तालिम सुरु भएको छ।
तालिमको उद्घाटन आज एक समारोहका बीच प्रतिनिधिसभा सदस्य महेश बस्नेतले गर्नुभएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बस्नेतले भन्नुभयो, “प्रकृति र संस्कृतिको प्रवर्धन गरे मात्र दीगो पर्यटनको विकास सम्भव छ।”
उहाँले तीन तहको सरकारबीच समन्वय आवश्यक रहेको र पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमार्फत जोड्न सकिएमा मात्र दिगो पर्यटन प्रवर्धन गर्न सकिने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी, पर्यटन कार्यालय काँकडभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेल, करफोक खलंगा सामुदायिक होमस्टेका परिकल्पनाकार चन्द्र सापकोटा, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष सुब्रत न्यौपाने र सञ्चालन महासंघका सह–सचिव तिलक योञ्जनले गर्नुभएको थियो।
तालिममा सहजीकरण पर्यटन कार्यालय काँकरभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेल, लोकपरिकारका अन्वेषक केदार शर्मा, र पत्रकार विराट अनुपम लगायतले गर्ने कार्यक्रम छ।
तालिममा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका ४० जना पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।