शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

धनुषाबाट स्राेत नखुलेकाे २४ लाख रुपैयाँसहित १ जना पक्राउ

मङ्गलवार, मंसिर २७, २०७९

धनुषा ।  स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले आज (मङ्गलवार) धनुषाबाट एक जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नंं १ का २३ वर्षीय उमेश कुमार रहेका सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ । धनुषाको विदेह नगरपालिका ९ इटहर्वाकाे सीमा इलाकामा भारतबाट आउँदै गरेकाे प्रदेश २–०२–००५ प ५७९८ नम्बरकाे माेटरसाइकलकाे ट्याङ्कीभित्र लुकाएर राखेकाे अवस्थामा २४ लाख १७ हजार रुपैयाँ बरामद गरिएकाे सशस्त्र प्रहरीलेजनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाम पठाइएकाे सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

सम्बन्धित खबर