सोमवार, भदौ ३१, २०८१
NayaPaper | अनलाइन पत्रिका

नीति निर्माणमा दलहरू विभाजित बन्नु हुँदैन : महामन्त्री थापा

मङ्गलवार, मंसिर २७, २०७९

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरू विभाजित बन्नु नहुने बताउनुभएको छ । आज मङ्गलवार प्रेस लैङ्गिक नीतिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदमा रहेका दलहरू नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताउनुभएको हो । उहाँले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको भन्दै राजनीतिक दलले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्री शर्माले सुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले नेपालमा सुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्क अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानुनको संशोधन र निर्माण हुन नसकेको बताउनुभयो । महामन्त्री थापाले सरकारी पक्षलाई सबै क्षेत्रले आफ्ना क्षेत्रका समस्या समाधानका लागि हुन सक्ने सम्भावित कुराको जानकारी समय–समयमा गराइरहने हो भने नीति निर्माण कर्ताले पनि त्यहीअनुसार निर्माणका कुरामा आफ्ना धारणा थप सशक्त र गम्भीरताका साथ उठान गर्नसक्ने बताउनुभयो । महामन्त्री थापाले आधारभूत स्वतन्त्रता थप सङ्कुचित भए समुन्नतिको मापनमा पछि पर्ने बताउनुभयो ।
सम्बन्धित खबर