बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

पूर्वआईजीपीहरुद्वारा विवादित अध्यादेशकाे विराेध

मङ्गलवार, मंसिर २७, २०७९

काठमाडौं । नेपाल प्रहरीका १३ जना पूर्वमहानिरीक्षक(आईजीपी)ले विवादित फाैजदारी मुद्दा फिर्ता लिनलाई ल्याइएकाे अध्यादेशकाे विराेध गर्नुभएकाे छ । उहाँहरुले अदालतबाट दोषी ठहर भएका र पुर्पक्षको क्रममा रहेका व्यक्तिका मुद्दा फिर्ता लिने गरी सरकारले ल्याएको अध्यादेशकाे विराेध गर्नु भएकाे हाे । पूर्वमहानिरिक्षक श्यामभक्त थापाको निवास मालीगाउँमा मंगलबार बसेको नेपाल प्रहरी पूर्वसंगठन मञ्चकाे बैठकले अध्यादेशप्रति विरोध जनाएकाे हाे । उहाँहरुले संगठित रुपमा अध्यादेशको विरोध गर्नुभएकाे हाे । अध्यादेश लोकतान्त्रिक प्रणालीको मर्म र भावनाविपरीत रहेको भन्दै उहाँहरूले यसलाई खारेज गर्न पनि माग गर्नुभएकाे छ ।
सम्बन्धित खबर