बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

एमालेकाे समानुपातिक सूचीमा तीनवटा त्रुटी

मङ्गलवार, मंसिर २७, २०७९

काठमाडाैं ।  निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा एमालेलाई आज पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएर सो निर्णय पुनरवोलकन गर्न पत्र पठाएको हो ।

शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ तीनवटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई पत्र पठाएको थियो । त्यसपछि आयोगले सो निर्णय पुनरवलोकन गर्न भन्दै पत्र पठाएको हो ।

एमालेले प्रदेश १ मा पाएको १५ वटा समानुपातिक सिटमा अल्पसंख्यक कोटामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा एमालेले जनजाती पुरुषबाट झापाका नम्बरलाल धिमाललाई पठाएको छ । जनजाती महिलाबाट भने उदयपुरकी सिर्जना दनुवार र संखुवासभाकी लहरुमाया जिमी (याख्खा)लाई पठाएको थियो । यद्यपि जनजाती महिलाको अल्पसंख्यक कोटामा लहरुमाया जिमीको नाम समानुपातिक बन्दसूचीको क्रम मिचेर पठाएपछि आयोगले प्रश्न गरेको हो ।

सूचीअनुसार अल्पसंख्यक कोटामा धिमाल र दनुवार पछि एमालेले सुनसरीकी यशोदा कायस्थलाई पठाउनु पर्ने थियो । तर, उनीभन्दा पछिल्लो क्रममा रहेकी जिमीको नाम एमालेले पठाएको हो ।

एमालेको बन्दसूचीमा जनजाति महिलामा जिमीको १९ नम्बर क्रमसंख्या हुँदा कायस्थको १८ नम्बर रहेको छ । यस्तै अल्पसंख्यक तर्फपनि कायस्थको २ र जिमीको ३ नम्बरमा रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुनसम्मत निर्णय गरिएकाले सूची नसच्याउने भन्दै आयोगलाई जवाफी पत्र पठाउनुभएको थियो । आयोगले आजै समानुपातिक तर्फको अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ ।

सम्बन्धित खबर