शनिवार, वैशाख २९, २०८१
NayaPaper | अनलाइन पत्रिका

मोवाइल एशोसिएसन बिर्तामोडको अध्यक्षमा युवराज निरौला निर्वाचित

सोमवार, पौष १६, २०८०

बिर्तामोड, १६ पुस । मोवाइल एशोसिएसन बिर्तामोडको अध्यक्षमा युवराज निरौला निर्विरोध निर्वाचित हुनु भएको छ । एशोसिएसनको हालै सम्पन्न अधिवेशनबाट निरौलाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

बिर्तामोडको व्यवसायिक क्षेत्रमा मोवाइल व्यवसायीलाई संगठित गर्दै उनीहरुको हकहित र पेशागत सुरक्षाको पक्षमा दृढतापूर्वक उभिँदै आएका निरौला दोस्रो कार्यकालका लागि अध्यक्ष छानिएका हुन् । यसअघि निरौलाकै नेतृत्वमा एशोसिएसन बनेको थियो ।

एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुप्रित खनाल, उपाध्यक्षमा ऋषि भण्डारी, महासचिवमा सञ्जय साह, सचिवमा मोहनप्रसाद सेढाई, कोषाध्यक्षमा रोशन नेपाली र सह कोषाध्यक्षमा निकेश कटुवाल रहेका छन् । सदस्यहरुमा दिनेश खतिवडा, प्रकाश उप्रेती, अर्जुन कार्की र दीपक श्रेष्ठ छन् ।

कालिका सिमसारमा सोमवार आयोजित बनभोज कार्यक्रममा नवनिर्वाचित कार्य समितिको नाम घोषणा गरिएको हो । निर्वाचन समितिका संयोजक राजु सापकोटाले अधिवेशनबाट नवनिर्वाचित कार्य समितिको नाम घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीको प्रमुख आतिथ्य र शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको विशेष आतिथ्य रहेको थियो ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ बिर्तामोड नगर कमिटीका अध्यक्ष समेत रहेका निरौलाले मोवाइल एशोसिएसनमार्फत व्यवसायिक हितको पक्षमा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संगठन विस्तार गर्दै व्यवसायिक योजना बनाएर अघि बढ्ने अध्यक्ष निरौलाको लक्ष्य छ ।

सम्बन्धित खबर