मङ्गलवार, साउन १९, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Her gün yeni kampanyalarla kazanç şansını artıran paribahis sektörde fark yaratıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Her zaman şeffaf politikalarıyla bilinen paribahis güvenilir bir bahis ortamı sağlar.

Kumarhane eğlencesini online yaşatan casinomhub büyük ilgi görüyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

लोकतन्त्रका लागि लडेकी हसिनाले अहिले लोकतन्त्रलाई नै खतरामा पारिरहेको आलोचकहरूको भनाइ

बुधवार, पौष १८, २०८०

सन् २००७ मा प्रधानमन्त्री शेख हसिना बङ्गलादेशको विपक्षी नेता हुँदा सयौँ सैनिकले घरमा छापा मारेर उहाँलाई राजधानी ढाकाको एक अदालतमा लगे । उहाँलाई जबरजस्ती असुली गरेको आरोपमा पक्राउ गरिएको थियो ।

सन् १९९६ देखि सन् २००१ सम्म प्रधानमन्त्री रहिसकेकी हसिनाले ती आरोपलाई आगामी निर्वाचनमा उम्मेदवार हुनबाट रोक्न षड्यन्त्र गरिएको बताउनुभयो । बङ्गलादेशमा सैन्य समर्थित अन्तरिम सरकारअन्तर्गत आपत्कालीन अवस्थामा फसेको त्यसबेला उहाँले आफ्ना जनताको अधिकारका लागि लडिरहेको बताउनुभएको थियो ।

नजिकका सहयोगीका अनुसार उहाँलाई देश छाड्न वा कारागारमा बस्न विकल्प दिइएको थियो । उहाँले बङ्गलादेशमा रहने विकल्प छान्नुभयो । एघार महिनापछि उहाँलाई रिहा गरियो र सन् २००८ मा उहाँ पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।

अहिले उहाँ भारत र म्यान्माबीचमा रणनीतिकरूपमा अवस्थित १६ करोडभन्दा धेरै जनसङ्ख्या भएको मुख्यरूपमा मुस्लिम राष्ट्र बङ्गलादेशको इतिहासमा सबैभन्दा लमो समयसम्म सेवा गर्ने नेता हुनुहुन्छ । साथै आइतबारको आम निर्वाचनमा सत्तामा आफ्नो पकड बलियो बनाउन उहाँ तयार हुनुहुन्छ ।

आलोचकहरूका अनुसार यो निर्वाचन हसिनाको १५ वर्षको शासनपछि आएको छ जसले उहाँलाई लोकतन्त्रका लागि लड्ने नेताबाट लोकतन्त्रकै लागि सबैभन्दा खतरामध्येको एक बनाइदिएको छ ।

हसिनाको मुख्य प्रतिद्वन्द्वी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले जनवरी ७ मा हुन गइरहेको निर्वाचनलाई बहिष्कार गर्दैछ । बिएनपीले हसिनाको सरकारले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न नसक्ने बताएको छ । निर्वाचनले ७६ वर्षीया हसिनाका लागि प्रधानमन्त्री कार्यालयमा लगातार चौथो र समग्रमा पाँचौँ कार्यकाल सुरक्षित गर्ने मञ्च तयार गरेको छ ।

उहाँका समर्थकहरूले हसिना र उहाँको अवामी लिगले उनीहरूलाई नयाँ बङ्गलादेश दिएको बताउँछन् । समर्थकहरूका अनुसार बारम्बार विद्युत् कटौती हुने गरेको बङ्गलादेशमा अहिले उद्योग छन्, धेरै छात्रा स्कुल गइरहेका छन्, विकास परियोजनाहरूले गति लिएका छन् र युवा राष्ट्रको अशान्त इतिहासलाई हल्लाएको सैन्य विद्रोहलाई उहाँले ल्याउनुभएको स्थिरताले रोकेको छ ।

बीचमा यथास्थिति परिवर्तन गर्ने सम्भावना कम देख्ने निराश मतदाता छन् ।

सबै कसरी सुरु भयो ?

हसिनाको राजनीतिक जीवनले सन् १९७५ अगस्ट १५ मा सैन्य विद्रोह र उहाँका पिता एवं स्वतन्त्र बङ्गलादेशका पहिलो नेता शेख मुजिब रहमानको हत्याबाट आकार लिएको थियो ।

अठ्ठाइस वर्षीया हसिना आफ्नी सानी बहिनीसँग जर्मनीमा हुँदा उक्त भयानक रातमा सेनाका अधिकारीहरूको एउटा समूहले परिवारको ढाकास्थित घरमा आक्रमण गर्यो र उहाँका आमाबुबा, अन्य तीन भाइ–बहिनी तथा घरेलु कर्मचारी गरी कूल १८ जनाको हत्या गरेको थियो ।

कतिपयले क्रुर कार्यले उहाँलाई अभूतपूर्व शक्तिलाई सुदृढ गर्न उत्प्रेरित गरेको बताउँछन् । विश्लेषकहरूका अनुसार यसले उहाँको आफ्नो सम्पूर्ण राजनीतिक करियरमा उत्प्रेरित गरेको छ । लन्डनको एसओएस विश्वविद्यालयमा दक्षिण एसियाली रणनीतिक मामिलाका विशेषज्ञ एवं वरिष्ठ व्याख्याता अविनाश पालिवालले भन्नुभयो, “एक राजनीतिज्ञका रूपमा हसिनामा अत्यन्त शक्तिशाली गुण छ, त्यो भनेको आघातलाई हतियार बनाउने ।”

हसिनाका लागि बङ्गलादेशको सेनाले सन् १९७१ मा भारतको सहयोगमा पाकिस्तानलाई हराउँदा उहाँका पिता स्वतन्त्र बङ्गलादेशका संस्थापक हुनुहुन्थ्यो । हसिनासँग मिलेर काम गर्ने सहयोगीका अनुसार उहाँको महत्त्वाकांक्षाको केन्द्रविन्दु उहाँले कल्पना गरेको राष्ट्र निर्माण गर्नु रहेको थियो ।

एपीसँग नाम उल्लेख नगर्ने सर्तमा ती सहयोगीले भने, “उहाँलाई आफ्ना पिताको काम अधूरो रहेको र त्यो काम उहाँले मात्र पूरा गर्न सक्नुहुनेछ भन्ने लागेको छ ।”

हत्यापछि हसिना वर्षौंसम्म भारतमा निर्वासनमा रहनुभयो । फेरि उहाँले बङ्गलादेश फर्केर अवामी लिगको नेतृत्व गर्नुभयो । यद्यपि सन् १९९६ मा आम निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री नभएसम्म सैन्य शासकहरूले उहाँलाई सन् १९८० को दशकसम्म घरभित्र र बाहिर नजरबन्दमा राखे ।

दुई महिला, दुई दल

त्यसपछि हसिना र बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का प्रमुख पूर्वप्रधानमन्त्री खालिदा जियाबीच दशकौँसम्म सत्ता सङ्घर्ष चल्यो । जिया अहिले बिरामी हुनुहुन्छ र घरमा नजरबन्द हुनुहुन्छ ।

बङ्गलादेशको राजनीतिलाई ध्रुवीकरण गर्ने कटु प्रतिस्पर्धामा दुवै महिलाले वर्षौंसम्म पालैपालो मुुलुक चलाउनुभयो । हसिनाले बारम्बार बिएनपीमाथि कट्टरपन्थीलाई बढावा दिएको आरोप लगाउनुभएको छ । आफूलाई उदारवादी तथा धर्मनिरपेक्ष भन्ने उहाँको पार्टीले कट्टरपन्थीलाई समाप्त पार्ने काम गरेको बताएको छ ।

जियाको बिएनपीले भने सत्तामा बसिरहनका लागि अवामी लिगले दमनकारी रणनीति प्रयोग गरिरहेको दाबी गरेको छ । यद्यपि विश्लेषकहरूका अनुसार फरक विचारधारा प्रस्ताव गरे पनि दुवै पार्टी चुनावी हिंसा र प्रतिशोधको राजनीतिको इतिहासले कलङ्कित छन् ।

हालै हसिनाको सरकारले डिसेम्बरमा एउटा यात्रुवाहक रेलमा आगो लाग्दा चार जनाको मृत्यु भएपछि बिएनपीमाथि आगजनी र तोडफोड गरेको आरोप लगाउँदै विपक्षी दलले निर्वाचनअघि अराजकता सिर्जना गर्ने कोसिस गरिरहेको बताएको थियो । बिएनपीले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

उथलपुथलका वर्षहरू

हसिनाको पार्टीले सन् २००१ को आम निर्वाचनमा पराजय बेहोर्यो । त्यसपछि उहाँ पुनः विपक्षी नेता बन्नुभयो । सन् २००८ मा उहाँ पुनः निर्वाचित नभएसम्म राजनीतिक हिंसा, अशान्ति र सैन्य हस्तक्षेप भए ।

यसपटक उहाँले आफ्नो ध्यान अर्थतन्त्रमा केन्द्रित गर्नुभएको छ र बङ्गलादेशमा पहिला नदेखिएको पूर्वाधार निर्माण गर्नुभएको छ । टाढाका गाउँसम्म पुग्ने सुदृढ विद्युत् ग्रिड, राजमार्ग, रेलमार्ग र बन्दरगाह जस्ता परियोजनामा उहाँले ध्यान दिनुभयो । उहाँको नेतृत्वमा मुलुकको कपडा उद्योग विश्वको सबैभन्दा प्रतिस्पर्धी उद्योगमध्येको एक बनेको छ ।

ढाकामा रिक्सा चालक अब्दुल हलिमका अनुसार उहाँ प्रधानमन्त्री हसिनाको समर्थक हुनुहुन्न । “तर हसिनाले हामीलाई बिजुली दिनुभयो”, उहाँले भन्नुभयो, “मेरो परिवारको घरमा कहिले पनि बिजुली हुँदैन भन्ने लाग्थ्यो, अहिले मेरो पूरै गाउँमा बिजुली छ ।”

विकासको लाभले अन्य प्रगति ल्यायो । छात्रालाई छात्रबराबर शिक्षित बनाइयो र महिलाहरू ठूलो सङ्ख्यामा कार्यबलमा सामेल भए । हसिनाका नजिकका मानिस हसिनालाई अत्यन्त मेहनती र महिला तथा गरिबहरूको उत्थानप्रति प्रतिबद्ध रहेको बताउँछन् । उहाँका समर्थकहरू उहाँलाई इस्लामी उग्रवादीको बढ्दो खतरालाई बेवास्ता गर्ने श्रेय दिन्छन् ।

ढाकामा अवामी लिगका विधायक मोहम्मद ए अराफातका अनुसार हसिनाले बङ्गलादेशलाई आर्थिक विकासका लागि जे गर्नुभएको छ, त्यो ‘अभूतपूर्व’ छ ।

आइतबारको भोट

निर्वाचनअघि हसिनाले ढाकाको मेट्रो वा सन् २०२१ मा उद्घाटन गरिएको मुलुकको सबैभन्दा लामो पुल जस्ता आफ्ना केही विशिष्ट उपलब्धिहरू देखाउनुभयो । सन् २०३१ सम्ममा उच्च मध्यम आय भएको मुलुक बन्ने इच्छा राख्ने बङ्गलादेशमा उहाँले स्वयंलाई गरिब मुलुकको नेताका रूपमा प्रस्तुत गर्नुभयो ।

सन् २०२३ मा उहाँले भन्नुभयो, “बङ्गलादेशले फेरि पछाडि फर्केर हेर्नेछैन, यो एउटा स्मार्ट, विकसित र समृद्ध मुलुक बन्ने दिशामा अगाडि बढिरहने छ ।”

यद्यपि हालैको वैश्विक आर्थिक मन्दीले बङ्गलादेशलाई पनि छाडेको छैन । यसबाट मुलुकको अर्थतन्त्रमा दरारहरू उजागर गरेको छ र यसबाट श्रमिक अशान्ति र सरकारप्रति असन्तोष सिर्जना गरेको छ ।

ढाकामा एक चालक मोहम्मद शोहिदले आवश्यक वस्तुहरूको मूल्यवृद्धिलाई रोक्न सरकार असफल रहेको बताउनुभयो । पछिल्लो दुई वर्षमा सिमी र गोलभेँडाको मूल्य करिब दुई गुणा भएको छ । “अब हामी उहाँलाई सहन सक्तैनौँ”, उहाँले भन्नुभयो ।

हसिनाका आलोचकहरूका अनुसार उहाँको सरकारले असहमतिलाई दबाउन, प्रेस स्वतन्त्रता सङ्कुचित गर्न र नागरिक समाजलाई सीमित गर्नका लागि कठोर उपकरण प्रयोग गरेको छ । अधिकार समूहले आलोचकहरूलाई जबरजस्ती बेपत्ता पारिएको बताएको छ । सरकारले ती आरोपलाई खारेज गरेको छ ।

सन् २०१८ को निर्वाचनको मतदानमा धाँधलीको व्यापक आरोपबीच अवामी लिग नेतृत्वको गठबन्धनले ९६ प्रतिशत निर्वाचन जितेको थियो र उक्त आरोपलाई अधिकारीहरूले अस्वीकार गरेका थिए । सन् २०१४ मा सबै प्रमुख विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेका थिए ।

बिएनपीका अनुसार हालैका महिनामा उसका करिब २० हजार सदस्यलाई आइतबारको निर्वाचनभन्दा अघि झुटो आरोपमा गिरफ्तार गरिएको छ र उसका हजारौँ समर्थकहरूले सडकहरूमा विरोध प्रदर्शन गरेका छन् । केही विरोध प्रदर्शन हिंसात्मक भएका छन् ।

जिया घरमा नजरबन्द हुनु र पार्टीका अन्य नेताहरू कारागारमा वा निर्वासनमा भएका कारण पर्यवेक्षकहरूले हसिनाको आगामी कार्यकाल व्यावहारिकरूमा तय भएको बताएका छन् । आलोचकहरूका अनुसार अवामी लिगका केही मानिस र केही साना दलका मानिस सहभागी भएको स्वतन्त्र उम्मेदवारहरूको शृङ्खला प्रतिस्पर्धालाई देखाउनका लागि गरिएको छ ।

अब के ?

हसिनाको सरकारले निर्वाचन समावेशी र निष्पक्ष भएकामा जोड दिएको छ र निर्वाचन प्रतिस्पर्धाबाट बाहिर भएकामा बिएनपीको आलोचना गरेको छ । यद्यपि केही विश्लेषकहरूका अनुसार निर्वाचनले बङ्गलादेशको लोकतन्त्रमा सङ्कटको व्यापक सङ्केतलाई प्रतिविम्बित गरेको छ ।

विश्वविद्यालयका व्याख्याता पालिवालले भन्नुभयो, “हसिनाको निर्णय लिने प्रक्रियामा निरङ्कुश गिरावटको इतिहास छ, विद्यमान निर्वाचन पूर्ण विकसित एकदलीय मुलुकमा अन्तिम छाप हुन सक्छ ।”

ढाका निवासी ४६ वर्षीय तमन्ना रहमानजस्ता मतदाताहरूका अनुसार प्रधानमन्त्रीसामु कुनै वास्तविक चुनौती छैन । “हामीसँग हसिनालाई पुनः निर्वाचित गर्नुको कुनै विकल्प छैन”, उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय मञ्चमा हसिनाले शक्तिशाली मुलुकहरूसँग सम्बन्ध बनाउनुभएको छ र प्रतिद्वन्द्वीहरूबीच पनि सफलतापूर्वक सन्तुलन कायम गर्नुभएको छ । भारत र चीनबीच विवादित सीमा क्षेत्रलाई लिएर आमनेसामने भए पनि उहाँ दृढतापूर्वक दुवै मुलुकलाई समर्थन गर्नुहुन्छ । बदलामा बेइजिङ र नयाँदिल्लीले बङ्गलादेशका धेरै पूर्वाधार परियोजनामा लगानी गरेका छन् ।

युक्रेनमाथि आक्रमणका कारण पश्चिमका अधिकांश मानिसले रुससँग दूरी कायम गरे पनि हसिनाले रुससँग बङ्गलादेशको ऐतिहासिक सम्बन्धलाई पनि बढावा दिनुभएको छ । यहाँसम्म कि उहाँले तीव्ररूपमा पश्चिमी नेताहरूसँग मेलमिलाप बढाइरहनुभएको छ ।

विल्सन सेन्टरका साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगेलमेनले भन्नुभयो, “तपाईं हसिनाका बारेमा जेसुकै भन्नुहोस् तर उहाँले महान शक्ति प्रतियोगितालाई अत्यन्त प्रभावकारीरूपमा व्यवस्थापन गर्नुभएको छ ।”

हसिनाले सन् २०१७ मा छिमेकी म्यान्मामा अभियोगबाट भागेका रोहिङ्ग्या मुसलमानहरूलाई शरण दिएर अन्तर्राष्ट्रियस्तरमा प्रशंसा हासिल गर्नुभएको छ । करिब ११ लाख रोहिङ्ग्या अहिले बङ्गलादेशमा भीडभाडपूर्ण शरणार्थी शिविरमा बस्छन् र तीमध्ये असङ्ख्य अन्यत्र राम्रो जीवनको सम्भावनाका लागि खतरनाक सामुद्रिक यात्रामा मर्ने गर्छन् ।

बङ्गलादेशको तयारी पोशाकको सबैभन्दा ठूलो निर्यात बजार अमेरिकाले मे महिनामा बङ्गलादेशमा निर्वाचन प्रक्रियालाई अवरोध गर्ने कुनै पनि व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गर्यो । वासिङ्टनले बङ्गलादेशमा मानवअधिकारको उल्लङ्घन र प्रेस स्वतन्त्रतामाथि चिन्ता व्यक्त गरेपछि उक्त घोषणा आएको हो ।

विश्लेषकहरूले उक्त कदमलाई हसिनामाथि निष्पक्ष निर्वाचन गराउन दबाब दिने प्रयासका रूपमा हेरेका छन् । उहाँले अमेरिकामाथि आफूलाई सत्ताबाट हटाउने कोसिस गरेको आरोप लगाउँदै जवाफ दिनुभयो ।

यद्यपि हालै एक पत्रकार सम्मेलनका क्रममा उहाँमाथि केही दबाब रहेको स्पष्ट भएको छ । “तपाईंले धेरै बोल्नुभयो भने म सबै भन्द गरिदिन्छु”, उहाँले भन्नुभयो ।

ढाकास्थित सेन्टर फर गभर्नेन्स स्टडिजका निर्देशक जिल्लुर रहमानका अनुसार १९ वटा हत्या प्रयासमा बाँच्नुभएकी र राजनीतिक शत्रुहरूको लामो सूची बनाउनुभएकी हसिनासँग ‘कुनै सुरक्षित निकास छैन ।’ “उहाँ सधैँ खतरामा हुनुहुन्छ र उहाँलाई सत्तामा रहनु छ”, उहाँले भन्नुभयो ।

सम्बन्धित खबर