सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

नवलपरासीको सुस्तास्थित अस्पताल निर्माण अलपत्र

मङ्गलवार, मंसिर २७, २०७९

काठमाडौं । नवलपरासीको सुस्तास्थित अस्पताल निर्माण अलपत्र परेको छ ।

ठेकदारको चरम लापरबाहीका कारण सुस्ता अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ठेकदारले अस्पताल निर्माणका लागि ४१ लाख ९० हजार रुपैयाँ पेस्की लिएर सम्पर्कविहिन भएपछि निर्माण अलपत्र भएको हो । सुस्ता गाउँपालिका–२ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन गरि ठेक्का लगाएको थियो । ठेक्का सम्झौता भएको १६ महिना वितिसक्दा पनि ठेकदार कम्पनीले १ प्रतिशत पनि काम नगर्दा १० सैयाको अस्पताल आयोजना अलपत्र छ ।

अस्पताल निर्माणका लागि प्रकृति, कास्यव, समिर जेभी कम्पनीले ४ करोड ८९ लाख २७ हजार ८ सय १९ रुपैयाँमा ठेक्का कबोल गरि निर्माण कार्यको जिम्मा लिएकोे थियो । २४ महिनामा अस्पताल निर्माण कार्य सम्पन्न गर्नेगरि २०७८ असार ६ गते ठेकदार कम्पनी र गाउँपालिकाबीच सम्झौता भएको थियो ।

सम्झौता भएको १६ महिना बितिसक्दा पनि ठेकदार कम्पनीले काम नगरि फरार रहेको गाउँपालिकाले आरोप लगाएको छ । ठेक्का सम्झौता भएपछि काम सुरु गर्न ठेकदारले गाउँपालिकाबाट पहिलो पेस्की किस्ता ४१ लाख ९० हजार रुपैया समेत लिएको छ ।

सम्बन्धित खबर