सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

रुघाखोकीबाट कसरी जोगिने ?

मङ्गलवार, मंसिर २७, २०७९

काठमाडौं । जाडो मौसम सुरु भएसँगै विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । तराईका जिल्लाहरुमा हुस्सु लाग्दा चिसो हावा चल्ने समस्या देखा पर्न थालेको छ भने पहाडी जिल्लाहरुमा पनि चोसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र अशक्तरु बिरामी पर्न थालेका छन् ।

मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुँदा चिसो महिनामा सजक रहन चिकित्सकहरुले सुझाव दिएका छन् । मौसम परिवर्तनसँगै मानिसको शरीरले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति परिवर्तन हुँदा रुघाखोकी लाग्ने, दम बढ्ने, झाडापखाला, श्वास प्रश्वासमा समस्या, निमोनियाजस्ता लगाएतका समस्या लिएर अस्पताल जानेको संख्या दैनिक बढ्दै गएको छ ।

जोडो मौसम सुरु भएसँगै बालबालिका, दीर्घ रोगी तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्ने गरेका छन् । मौसम प।िरवर्तन भएसँगै चिसोका कारण विभिन्न समसया लिएर अस्पताल आउने बिरामीको संख्या दैनिक बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

शरीर तातो बनाउने भन्दै प्राय अभिभावकले बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिने गर्छन् । तर यसले पनि बालबालिकाको स्वास्थ्यमा समस्या ल्याउने चिकित्सकहरु बताउँछन् । चिसो मौसममा लाग्ने रोगहरु अधिकांश सरुवा रोग भएकाले रुघाखोकी लागेकाहरुबाट टाढै बस्न र बिरामीको थप हेरचाह गर्ने हो भने यो समस्याबाट बच्न सकिन्छ । चिसो मौसममा विशेष गरेर भिटामीन सीयुक्त फलफूलको सेवन गर्न चिकित्सकहरु सुझाव दिन्छन् । रुघा खोकी लागेको बेला शरीर न्यानो पारेर घरमै आराम गर्ने, तातो झोल पदार्थ सेवन गर्ने तथा नुनपानीले मुख कुल्ला गर्ने गरेमा चिसोबाट बच्न सकिन्छ । चिसोले वृद्ध र दिर्घ रोगीलाई समस्या हुने डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

सामान्य रोग लागेको अवस्थामै एन्टिबायोटिक औषधीको सेवन गर्ने प्रचलनका कारण थप हानी हुनेतर्फ सचेत रहनुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । जाडोमा न्यानो कपडा लगाउने र तातो खाना खाने, पानी उमालेर मात्र पिउने, घरमै बनाएको स्वस्थ खाना मात्र खाने हो भने पनि चिसोबाट लाग्ने रोगबाट बच्न सकिन्छ ।

सम्बन्धित खबर