शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

मङ्गलवार, फागुन १, २०८०

झापा, १ फागुन : मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ ।

प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा पर्यटकीय क्षेत्र निर्माण भएको हो । यसमध्ये २० बिघाभन्दा बढी क्षेत्रफलमा ताल रहेको छ ।

पर्यटकको मनोरञ्जनका लागि तालमा छवटा डुङ्गा सञ्चालन गरिएको छ । यस क्षेत्रमा आउने अधिकांश पर्यटकले डुङ्गा सयर गर्ने हुँदा सामुदायिक वनको आम्दानीको स्रोत बढेको वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताउनुभयो । वरिपरि सालको जङ्गल भएको हुँदा तालको वातावरण प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ ।

यहाँ वनभोजसहित अवलोकन गर्ने आन्तरिक र विदेशी पर्यटक बढ्ने क्रम छ । यस वर्षको माघ महिनामा ५२ हजार आन्तरिक र विदेशी पर्यटकको आगमन भएको समितिले जनाएको छ । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुरुप विभिन्न संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । आन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि साना पसल र खाजाघरहरूको सङ्ख्या पनि बढेको छ । जसबाट स्थानीयको जीविकाका मद्दत पुगेको छ ।

पर्यटकलाई मनोरञ्जनका साथै तालबाट थप आम्दानी आन्तरिक आम्दानी बढाउने उद्देश्यले तालमा यस वर्ष एक लाख माछाको भुरा छाडिएको उहाँले जानकारी दिनुभयो । तालमा पालेको माछा आफैँ बल्छीले मारेर खरिद गर्न सक्ने र त्यहीँ पकाएर खान सक्ने सुविधासमेत पर्यटकलाई उपलब्ध गराइएको हुँदा यस योजनामा समेत पर्यटकको आकर्षण बढेको छ । “तालमा सयर गर्ने अधिकांश पर्यटकले फिसिङ गर्न पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेपछि हामीले त्यसको व्यवस्था मिलाएका छौँ”, अध्यक्ष सिग्देलले भन्नुभयो, “फिसिङका लागि भारतको दार्जिलिङ र सिलिगुढीदेखि भारतीय पर्यटकसमेत आउन थालेका छन् ।”

शनिबार र बिदाका दिन यहाँ पर्यटक खचाखच हुन्छन् । पूर्वपश्चिम राजमार्गको चारआली चोकबाट तीन किलोमिटर दक्षिणमा रहेको यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन र थप पूर्वाधार निर्माणमा लगानी भइरहेको समितिले जनाएको छ ।

पर्यटकले पोखराको फेवातालकै झल्को पाएको बताउँछन् । “नाम पनि फेवाताल नै राखिएको रहेछ”, साथीसँग घुमफिरका लागि आएको बताउने दमक–४ की प्रमिला सिलवालले भन्नुभयो, “जङ्गलको माझमा ठूलो पोखरीमा डुङ्गा चढ्दा मज्जा लाग्यो । तर वरिपरि ठूला–ठूला रुखको घारी भएको हुँदा डर पनि लाग्यो ।” उहाँले जङ्गल सफारीमा गएको जस्तो भएको अनुभूति सुनाउनुभयो ।

यहाँको ताल छेउको खुला ठाउँमा पर्यटकलाई बस्नका लागि छवटा गोलघर निर्माण गरिएको छ । पछिल्लो समय पर्यटकको आगमन ह्वात्तै बढेसँगै वन समितिले २० वटा गोलघर थप्ने योजना बनाएको अध्यक्ष सिग्देलले बताउनुभयो ।

स्थानीय तह र वन समूहको करिब रु दुई करोड ५० लाख बजेट यस पर्यटकीयस्थलको निर्माण, व्यवस्थापन र पूर्वाधार निर्माणमा लगानी भइसकेको छ । सिमसारलाई उत्खनन गरेर तालको क्षेत्रफल बढाइएको छ भने यहाँ सडक, विद्युत्, पिउने पानीलगायतको सुविधा पुर्याइएको छ । ताल क्षेत्रमा पर्यटकलाई मनोरञ्जनका लागि दुईवटा आकर्षक पुल निर्माण गरिएको छ । आकर्षण प्रवेशद्वारसहित २० फिटे अग्लो सुरक्षित पोस्ट, तारजालीको घेराबेरा र सुन्दर बगैँचा निर्माण गरिएको छ ।

मेचीनगर–१३ वडा कार्यालयले पटकपटक गरेर रु २७ लाख र मेचीनगर नगरपालिकाले फलामे पुल निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ भने अन्य लगानी सामुदायिक वनको आन्तरिक स्रोतबाट जुटाइएको बताइएको छ । कोशी प्रदेश सरकारबाट पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्न प्राप्त रु २५ लाख र जलाधार संरक्षणका लागि वन मन्त्रालयबाट रु २५ लाख बजेट विनियोजन भएको समेत समितिले जनाएको छ ।

पर्यटकका लागि यस क्षेत्रमा ढिकी, जाँतो, ठेकीलगायत लोपोन्मुख वस्तुहरूको संरक्षण गरेर सङ्ग्रहालय राख्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ निर्माण गर्ने, स्थानीय संस्कृति झल्किने गरी विभिन्न समुदायका मठमन्दिर, गुम्बा एव धार्मिक संरचनाको निर्माण गर्ने समितिको भावी योजना रहेका अध्यक्ष सिग्देलले बताउनुभयो । “एग्रो टुरिजमको रूपमा समेत यसलाई विकास गर्ने भावी योजना छ”, उहाँले भन्नुभयो ।

झापाका ५९ वटा सामुदायिक वनमध्ये ३५ वटाले पर्या–पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरिरहेको वन डिभिजन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले जानकारी दिनुभयो । उहाँले चौतर्फी सम्भावनायुक्त हातेमालो वनभित्रको निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रलाई व्यवस्थित विकास गरेर देशकै नमूना बनाउन सकिने बताउनुभयो ।

विसं २०३५ अघि सिमसार क्षेत्रमा राजवंशी, धिमाल समुदायले झाँडी फाँडेर बसोबास पनि गरेका थिए । सिमसार क्षेत्र भएकाले यहाँ अन्यसँगै झिँगे माछा बढी नै पाइन्थ्यो । त्यसैले राजवंशी समुदायले यस क्षेत्रको नाम निचा–झोडा राखेको जनश्रुति छ । पछि चारआलीमा नेपाली सेनाको ब्यारेक स्थापना भएपछि सेनाले वनको रेखदेख गर्ने जिम्मेवारी पाएको थियो ।

ब्यारेक वरिपरिको जमिनमा वनभित्रको, ऐलानी जग्गा, स्कुलको जमिनमा खनजोत गर्दै नेपाली सेनाको खाद्यान्न जोहो गर्थ्यो । सिमसार क्षेत्र वरपर पनि सेनाले नै खनजोत गर्दै आएको थियो । विसं २०६३ मा देशभरि वनको रेखदेख गर्न समुदायलाई जिम्मा दिने सरकारी नीति बनेपछि हातेमालो सामुदायिक वन उपभोक्ता समूह गठन भएको हो ।

वनमा तत्काल स्थानीय अर्जुन थेवेको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसपछि स्थानीय जयप्रसाद थेवे अध्यक्ष हुँदै आर्थिक वर्ष २०७२/७३ मा विदुर शिवाकोटीको अध्यक्षतामा बनेको कार्यसमितिले निचाझोडा सिमसारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेको हो । यस क्षेत्रमा राजवंशी समुदायले दुर्गा र कालिको प्रतिमा स्थापना गरेर धार्मिक विधिअनुसार पूजाअर्चना गर्दै आएको छ । अन्य जाति र धर्मका सम्प्रदायले धार्मिकस्थल निर्माणका लागि वन समितिसँग स्थान माग्दै आएका छन् ।

सम्बन्धित खबर