शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

तिजको बदलिँदो शैलीः विगत र वर्तमान

शुक्रवार, भदौ २१, २०८१

सुनिरा मैनाली, पत्रकार 

विश्वभरी छरिएर रहेका नेपाली महिलाहरूलाई तिजको रौनकले छपक्कै छोपेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ ।
नेपालीहरुको ठुला प्रमुख चाडहकु मध्ये नेपाली नारीहरुको एकता र दुखसुख,पीर साँटासाट गर्ने महान पर्व हो , हरितालिका तिज । विवाहित चेलिबेटीहरू आफ्नो जन्मघर गएर नाचगान तथा रमाइलो गर्ने प्रचलन तिजको मुख्य विशेषता हो ।

रातो साडी र सृङगारमा सजिएर तिजको दिन पतिको चिरञ्जीवी आयुको कामनाका गर्दै बिवाहित नारीले पानी पनि नपिइ व्रत बस्ने गर्छन् ।विशेष गरी हिन्दू महिलाले मनाउँदै आएको यो चाड अहिले सबै वर्ग समुदायका महिलाले मनाउने गरेका छन् । हिन्दू महिलाको मात्र रहेन यो चाड । नेपाली महिलाको एकताको सूत्र बनेको छ यो चाड ।
हाम्रो समाज, संस्कृत र रितीथितिलाई हेर्ने हो भने तिजको महत्त्व आफ्नो ठाउँमा विशेष र आदरणीय छ । तिजमा दिदिबहिनी जम्मा भएर सुखदुख साट्ने, माइतीको आँगनलाई हराभरा र रमाइलो बनाई साट्ने र दुख, सुख बाँड्ने पर्व हो ।हरेक पर्वका आफनै महत्व रहे पनि सामजिक र साँस्कृतिक तरिकाले त्यसलाई मनाउने शैली फेरिदै गएका छन् ।

धार्मिक, सांस्कृतिक पक्ष 

पौराणिक कथन अनुसार हिमालय पर्वतकी पुत्री पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
भाद्र शुक्ल द्धितियका दिन दर खाने र तृतियामा तीजको व्रत बस्ने, नाचगान गर्ने ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राहमण–ब्राहमणीहरुलाई दान दक्षिण गर्ने चलन परापुर्ब काल देखि नै चल्दै आएको छ । आदिकालदेखि चल्दै आएको यो पर्व सुरुमा भाद्र शुक्ल द्वित्तीयादेखि पञ्चमीसम्म चार दिन मनाइने प्रचलन थियो ।

तिज पर्व विगत र वर्तमान

विगतमा तीजको पहिलो दिन द्वितीयामा बिहानैदेखि आफ्ना माइतीमा बनाएका मिठा मिठा परिकार खाइन्छ । यसलाई दर खाने भनिन्छ । भोलिपल्ट तृतीयाको दिन व्रत बस्ने प्रचलन रहेको छ । सानै उमेरमा विवाह गरी छोरीलाई कर्म घर पठाउने प्रचलन हाम्रो समाजमा केही दशक अगाडीसम्म थियो । प्राचीन समाजमा तीजले पारिवारिक बुहार्तन र दुर्व्यवहारलाई गीत मार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्दै आएको थियो ।दैनिक वैयक्तिक जीवनमा भोगेको पीडा पोख्ने तीज पर्व नै थियो । महिला खुलेर बोल्न कि रत्यौली कि तीज नै पर्दथ्यो । समाजको बदलिँदो परिस्थितिसँगै तीजले केही परिवर्तित रूपमा आफ्नो स्थान अहिलेसम्म लिएको पाइन्छ । जन्मघर छोडेर पराई घर जाने चेलीले परिवारको बुहार्तन र दुर्व्यवहार मनमा गाँठो पारेर बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

अहिले नेपालीसमाजमा महिलाको स्थान बदलिएको छ । हिजो ढिकी, जाँतो चुलो चौकोमा सीमित महिलाहरु आज राज्य र सङ्घसंस्थाहरूका माथिल्ला पद तथा नीति निर्माणका तहमा पुगेका छन् । महिलाका पक्षमा विभिन्न ऐन, कानुनहरू निर्माण भएका छन् । त्यसैले अहिले तीजपर्ब हिन्दु नारीहरूमा मात्र सीमित रहेको छैन । जुनसुकै धर्म मान्ने समुदायले पनि रमाइलो मान्दै तीज पर्व मनाउन थालेको पाइन्छ । पुरुषहरू पनि तीजका कार्यक्रममा सहभागिता जनाउन थालेका छन् ।
आजभोलि तीज दुःख बिसाउने चौतारी मात्र बनेन रसरङ्क, खुसी साट्ने चौतारी बनेको छ । जन्मघर कर्म घर हुँदै व्यावसायिक जीवनको विकास तथा देश विदेशका कुना कुनासम्म महिला दिदीबहिनी पुगिरहेको अवस्थामा तीजको शैलीमा परिवर्तन भएको छ । माइतीघर जान नसकेका सबै महिला दिदी बहिनीहरूलाई समेटिने गरी उचित स्थानमा जमघट भई दुःख सुखका भावहरू व्यक्त गर्ने माध्यम तीजका महोत्सव बनेका छन ।

हराउँदो मौलिकता

ब्रतको एक दिन अगाडि खानुपर्ने दर महिना दिन अघिदेखि खाने पेशा नै बनाउनु पनि एउटा विकृति नै हो। यसले आफू–आफूमा रमाइलो गर्ने माहोल त बनाउला। तर, अनावश्यक खर्च बढाएको छ। तडकभडक छ। चाडपर्व त सबैले आफ्नो हैसियतअनुसार नै मनाउने हो।
मनको पिर गितबाट बिर्साउनि चाडमा यतिसम्मका गित बजारमा आएका छन कि त्यो गित र दृष्य हेर्ने नै घिनलाग्दो छन ।
समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ यो राम्रो पाटो हो तिज आफुमानै नाचगान , प्रेम, सद्भाव बोक्ने एउटा रमाइलो चाड हो ।
हरेक नेपाली नारीको मनका इच्छा आकङ्छा पुरा गरिदिने चाड हो तिज ।हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ तीजको रमझममा पनि पश्चिमेली शैली मिसिदै दर होटलका खाना र बोत्तलमा सरेको छ । फलस्वरूप तीज धेरै उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको छ ।
आफुलाई परिवर्तित गर्ने हामिले हाम्रो रिति, थिति बिर्सेने काम गर्नुहुदैन समय सगै परिवर्तन भएको नारी तिजले हामीलाइ कुरीति तर्फ लम्काएको छ । समाजमा भएका कूरीतिलाई आँखा चिम्लेर लाउन र खानको विषयमा मात्र केन्द्रित हुन मिल्दैन। मंहगा गहना र सारीमा खर्च गर्ने पैसाले समाजमा महिला दिदी–बहिनीको शिक्षा, स्वास्थ्य र जनचेतनामूलक कार्यत्रममा खर्च गर्दा केही हदसम्म भए पनि त्यो पैसाले सार्थकता पाउला । त्यस्तो कार्यले समाजमा सानो परिवर्तन ल्याउला। हाम्रो परिवेश तथा समस्याहरूलाई चटक्कै बिर्सेर बाहिरी आवरण र खानमा मात्र तीजलाई सीमित राखिनु हुँदैन।

हुन त चाडपर्व मान्ने आ–आफ्नै शैली र तरिका होलान्। मनोरञ्जनबिनाको जीवन सार्थक नहोला। तर, अहिले जति समय कपडा किन्न र छिमेकीसँग खानमा प्रतिस्पर्धा गर्दै खेर फालेका छौं, त्यसको केही प्रतिशत समय र पैसा समाजमा हुने बालबालिका अपहरण, हत्या, हिंसा, बलात्कारविरुद्ध खर्चिन सके केही हदसम्म भए पनि हत्या, हिंसा र बलात्कारमा कमी आउने थियो कि ।
यसरी दिनदहाडै आमा, दिदी, बहिनी, छोरीचेलीको अस्मिता, आत्मसम्मान तथा ज्यान नै जोखिममा पर्दा पनि हामी तीजजस्तो महिलाको कथा–व्यथा सुनाउने पर्वमा गहना सारीको गीत मात्रै गाउँछौं। नाच्दै रमाउँछौं। परिस्थितिअनुसार खुसी हुनु रमाउनु राम्रो हो। तर, हामी सबैको सामाजिक दायित्व छ, हामीले अन्यायको पक्षमा पनि आवाज उठाउनुपर्छ। तीजको दरको अवसरमा गरिने कार्यक्रममा यस्ता विषय उठाउनुपर्छ। यो कुरालाइ महसुस गर्न ढिलाइ भो भने तिज, तिज रहदैन ।

अहिलेसम्म जे जस्तो भएपनी अबको दिनहरुमा भने तिज लगायत सम्पुर्ण पर्ब हरुलाइ खर्चिलो र भड्किलो हुन बाट बचाउने बिषयमा आजैदेखि सबै सम्बन्धित सरोकारवाला पक्ष प्रतिबद्ध होस र सबै आआफ्नो ठाउँ बाट सहयोग पुर्याउँ । धार्मिक मान्यताका साथै नारीलाइ अगाडि बढाउन सहयोग गर्ने चाड तिजलाइ हामि सबैले सभ्य र भव्य तरिकाले मनाउन आवश्यक पनि छ । नारी भित्रका आवाजलाइ बाहिर निकाल्न शाहस दिलाउने यो चाडले नारिलाइ अगाडि बढाउन पनि उत्तिकै सहयोग गरेको पाइन्छ । तसर्थ तिजबाट राम्रा कुराहरु टिपेर आफुले आफनो जिम्मेवारी नविर्सिकन अगाडि बढ्नुपर्छ । हामीले हाम्रो रितिथितिलाइ कायम राखौँ , संस्कृतिमा धनि नेपालमा कुनै आँच आउन नदिऔ, तीजलाई उत्ताउलो तथा भड्किलो पर्वको रुपमा सिर्जना नगरौ । त्यसकारण सभ्य र सहज तिज मनाउदै भड्किलो तीजबाट हुने दुर्घटनाबाट बचौँ । सबैमा तिजले हासो, खुशि, उमङ्ग र जोश भरिदियोस देश बिदेशी मा रहनु भएका नेपाली दिदिबहिनीहरुमा नेपाली नारिहरुको एकता र सुख दुख साटासाट गर्ने महान पर्व हरितालिका तिज २०८१को मंगलमय शुभकामना ।

सम्बन्धित खबर