बुधवार, असार २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

अपमानबाट जोगिन पनि आफ्नो देश आफै बनाउनु पर्ने: महासचिव पोखरेल

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं, ९ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो देश आफैँ बनाउनु पर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले आफ्नो देश आफैँ बनाउने अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ । विदेशी अनुदानको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित देशमा नै फर्कन भएकोले विदेश अनुदान लिएर मात्र देश नबन्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

गरिब माथि हुने अपमानबाट जोगिन पनि आफ्नो देश आफै बनाउनु पर्नेमा उहाँको जोड छ । ‘गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौँ र भनौँ–हामी बनाउँछौँ हाम्रो देश नेपाल’, पोखरेलले लेख्नु भएको छ ।

पोखरेलले नेपाललाई अनुदान दिएको भनिएको रकम फ्रड भनेर अमेरिकी राष्ट्रपतिले गरेको टिप्पणी प्रति पनि आपत्ति जनाउनुभएको छ । ‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन्, त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि’, उहाँले लेख्नु भएको छ ।

सम्बन्धित खबर