बुधवार, असार २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

गृहमन्त्री लेखक भन्नुहुन्छ, ‘लोकतन्त्रको विकल्प छैन’

शनिवार, फागुन १०, २०८१

काठमाडौँ, १० फागुन: गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनुभयो ।

“अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो, त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताउनुभयो । दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उहाँले बताउनुभयो । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याउनुभयो ।

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता हुन् भन्दै उहाँले राज्यका सबै अङ्गमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफू लागिपरेको बताउनुभयो ।

सम्बन्धित खबर