Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आपराधिक गतिविधिमा संलग्न १३ जना पक्राउ
आइतवार, फागुन ११, २०८१
काठमाडौँ, ११ फागुनःआपराधिक गतिविविधमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट १३ जना पक्राउ परेका छन् । लागुपदार्थ बोकेको अभियोगमा सबैभन्दा धेरै पक्राउ परेका हुन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–३२ मजुवा, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेट, बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ र रूपन्देही, सैनामैना नगरपालिका–१ रानिबगिया चोकबाट गाँजासहित सात जनालाई शनिबार पक्राउ गरिएको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१, टीकापुर नगरपालिका–७ बनगाउँ, सुनसरीको धरान उपमहानगरपालिका–१७ सिमी चोकबाट पाँच जनालाई खेरो हेरोइन तथा चिकित्सकको पूर्जीबिना विविध ठूलो परिमाणमा औषधिसहित पक्राउ गरिएको छ ।
साथै कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखाका ५९ वर्षीय मनबहादुर विकलाई दुई थान भरूवा बन्दुक र बारूदसहित नियन्त्रण्मा लिइएको छ । अभियुक्त सबैलाई कानुनी कारबाहीका निम्ति सम्बन्धित निकायमा पठाइएको जनाइएको छ ।