Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने
शुक्रवार, फागुन १६, २०८१
काठमाडौँ, १६ फागुनःआज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाउनुभएकाे छ।
काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ।
उक्त संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुनेछ।
काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा उपस्थित हुनुहुनेछ।
सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन। आजको बैठकमा उक्त अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ।