Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पाथीभरा केबलकारको विवाद वार्ता र संवादबाट टुंग्याउनु पर्ने: जनार्दन शर्मा
शनिवार, चैत ९, २०८१
ताप्लेजुङ, ९ चैत: माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले पाथीभरा केबलकारको विवाद वार्ता र संवादबाट टुंग्याउनु पर्ने बताउनु भएको छ। फक्ताङलुङ गाउँ कमिटीको पालिका अधिवेशनका लागि ताप्लेजुङ आएका शर्माले शनिबार बिहान सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो।
उहाँले केबलकार विवाद समाधानका लागि सरकारले वार्ताको पहल गरिरहेको देखिएको उल्लेख गर्दै त्यसलाई अझै गति दिनु पर्नेमा जोड दिनुभयो । 'सरकारले वार्ताको पहल गरिरहेको पाएको छु,' शर्माले भन्नुभयो, 'यसको समाधान वार्ता र संवादबाटै निकाल्नुपर्छ र छिट्टै टुंग्याउनु पर्छ।'
ऊर्जा मन्त्रालयका निर्देशक कुलमान घिसिङप्रति सरकारले गरिरहेको व्यवहारबारे टिप्पणी गर्दै उनले त्यो गलत रहेको बताउनु भयो। 'हाम्रोमा कसले कहिले नियुक्ति गर्यो भनेर अनावश्यक टिप्पणी गरिन्छ,' उहाँले भन्नुभयो, 'यो राम्रो प्रवृत्ति होइन। राम्रो काम गर्नेलाई राम्रो भन्न सक्नुपर्छ।'
आफू अर्थमन्त्री हुँदा छ अर्ब रुपैयाँ छुट्याएर सुरु गरेको तमोर करिडोरको प्रगति देखेर उत्साहित भएको उहाँले बताउनु भयो। धरानबाट ताप्लेजुङ जाँदा यही मार्ग प्रयोग गरेका उनले पूर्वी नेपालमा यस सडकले ठूलो अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।