बुधवार, चैत १३, २०८१
Nayapaper | अनलाइन पत्रिका

‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि स्वपनीका र आरध्यलाई

आइतवार, चैत १०, २०८१

बिर्तामोड, १० चैत: बालबालिकाको क्षमता विकास र अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा ‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२५’ च्याप्टर–२ सम्पन्न भएको छ ।

ग्लार्मस नेपालको आयोजनामा भएको प्रतियोगितामा द लिटल प्रिन्स एण्ड प्रिन्सेसको सिनियर तर्फ स्वपनीका बुढाथोकीले उपाधि हात पार्नुभएको छ भने सिनियर तर्फको फष्ट रनरअप प्रियङ्का संग्रौला र सेकेण्ड रनरअपको उपाधि आशिका दाहाल र सितल राईले हात पार्नुभएको हो।

त्यस्तै जुनियर तर्फको उपाधि हिमाद्री शिवाकोटीले जित्नुभएको छ । प्रतियोगितामा निशेषमा लिम्बू फष्ट रन रअप हुनुभयो भने आरध्या बाँस्कोटा र कृष्टल लिम्बू सेकेण्ड रन रअप घोषित हुनुभयो ।

प्रतियोगितामा प्रि–जुनियर तर्फ प्रभना बस्नेतले उपाधि हात पार्नुभयो । प्राप्ति लिम्बू फष्ट रनरअप हनुभयो भने आइना लिम्बू र अन्सु मगर सेकेण्ड रनरअप हनुभयो। प्रतियोगितामा प्रिन्स तर्फ आरध्य भण्डारीले उपाधि हात पारेका छन भने श्री विष्ट फष्ट रन रअप घोषित हनुभयो।

प्रतियोगितामा सोसल मल्टिमिडियाको अवार्ड स्वपनीका बुढाथोकीले जित्नुभयो भने अडियन्स च्वाईज अवार्डको उपाधि अन्सु मगरले हात पार्नुभयो ।

प्रतियोगितामा जुनियर तर्फ ४–७ वर्ष उमेर समूह, प्रि–जुनियर तर्फ ८–११ वर्ष र सिनियर तर्फ १२–१५ वर्ष उमेर समूहका बालकालिकाले सहभागिता जनाएको आयोजक समितिका कोडियो ग्राफर लक्ष्मण जोयल श्रेष्ठले जानकारी दिनुभयो ।

कविता जोयल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड नगरपाालिका–३ का अध्यक्ष मदन बुढाथोकी, जुनु विमली लगायतको आतिथ्य रहेको थियो । प्रतियोगितामा आशा बाँनिया उप्रेती, रुसा सुवेदी क्षेत्री, जुनु विमली र दिक्षा क्षेत्री जर्जका रुपमा रहनुभएको थियो ।

गत फागुन १०गतेको अडिसनमा ६३ जना सहभागि भएका थिए भने १४ जना बालबालिका बन्द प्रशिक्षणमा सहभागी भएको जनाइएको छ । ‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२५’ च्याप्टर–२ का उपाधि विजेता प्रतियोगिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

सम्बन्धित खबर