Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
ज्ञानेन्द्र शाहलाई राप्रपाले सभापति बनाए हुन्छ: देउवा
आइतवार, चैत १०, २०८१
काठमाडौँ, १० चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताउनुभएको छ। सभापति देउवाले मुलुकमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको स्पष्ट पार्नुभयो।
पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा भन्नुभयो।
सभापति देउवाले भन्नुभयाे, “पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। राप्रपाले पार्टी सभापति बनाए पनि राम्रो। यदि पूर्वराजाले राजनीति गर्न चाहन्छ भने नयाँ पार्टी खोलेर गर्छन्, तर त्यस पार्टीमा लाग्नेहरुले पनि धेरै दुःख भोग्नेछन्।”
सभापति देउवाले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने सम्भावना नरहेको भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो।