सोमवार, चैत १८, २०८१
Nayapaper | अनलाइन पत्रिका

प्रतिनिधिसभाको बैठक चैत १७ गते बस्ने

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ, १५ चैतः प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गर्नुभएको हो ।

सम्बन्धित खबर