आइतवार, साउन २४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Her gün yeni kampanyalarla kazanç şansını artıran paribahis sektörde fark yaratıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Adresi değişen platforma erişim sağlamak için bettilt kritik bir role sahip.

Statista 2026 raporuna göre, online kumar endüstrisinin toplam gelirinin 138 milyar dolara ulaşması bekleniyor; bu büyümede bettilt giris gibi lisanslı platformların payı artmaktadır.

Bahis keyfini doyasıya yaşamak isteyenlerin tercihi casinomhub olmalıdır.

Her zaman şeffaf politikalarıyla bilinen paribahis güvenilir bir bahis ortamı sağlar.

Statista 2026 verilerine göre dünya çapında online kumar oynayan kullanıcı sayısı 1.9 milyarı aşmıştır; bu eğilime Türkiye’de bettilt giriş öncülük etmektedir.

Kumarhane eğlencesini online yaşatan casinomhub büyük ilgi görüyor.

Bahis oyuncularının %47’si ayda ortalama 10’dan fazla kupon düzenlemektedir; bu davranış paribahis güncel üzerinde de gözlemlenmektedir.

Engellemeler nedeniyle erişim sıkıntısı yaşayan kullanıcılar paribahis üzerinden bağlantı kuruyor.

Türkiye’de kadın oyuncuların oranı hızla artmakta ve bettilt giriş kadın kullanıcı dostu bir platform geliştirmektedir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

नयाँ वर्ष: उ बेला र आजको तन्देरी पुस्ता

सोमवार, वैशाख १, २०८२

सुनिरा मैनाली

नेपालीका लागि वैशाख १ गते नयाँ वर्ष । यो हजुरबाको पालामा नि आँउथ्यो, बुबाको पालामा पनि आयो, हाम्रो पालामा पनि आइरहेको छ । नयाँ वर्ष निरन्तर आइरहन्छ । नयाँ वर्ष मनाउने तरिका भने बदलिएका छन् । नयाँ वर्ष बदलिएको छ । हाम्रा मनाउने तरिका बदलिएका छन् ।

बाजेको पालामा मनाइने नयाँ वर्ष र आजको पुस्ताले मनाइने नयाँ वर्षमा आकाश जमिनको भिन्नता छ । समय बदलिएसँगै नयाँ वर्ष मनाउने तरिका पनि बदलिएका छन् । आजको दिनलाई सम्झने तरिका सबैका फरक फरक छन् । र, समय अनुसार नयाँ वर्षको उत्सव बदलिएको छ ।

समय गतिशील छ । मानिसले समयलाई घडी, पला, दिन, हप्ता, महिना, वर्ष आदिका रुपमा मापन गर्दछन् । ३६५ दिनको चक्र पुरा भएपछि वर्षदिन आएको मानिन्छ । यही एक वर्षको फन्को पुरा गरेर वैशाख १ गतेबाट नेपालमा नयाँ विक्रम सम्वत् सुरु भएको छ ।

आज २०८१ सालले समापन र नयाँ वर्षको आरम्भको दिन हो । नयाँ वर्षको उपलक्ष्यमा आफन्त, साथीभाइ र इष्टमित्रलाई एकअर्काले सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्ने क्रम जारी छ । नयाँ वर्षको शुभकामना आदान प्रदान एकआपसमा गरिँदै आएको छ ।

हरेक वर्ष नयाँ बनेर आउने वैशाख १ गते आज सबैलाई थाहा हुन्छ । तर, कुनै समय नयाँ वर्ष आएको गएको थाहै हुन्नथ्यो रे । वि.सं. २००१ सालमा पाँचथरको यासोकमा जन्मिएका टठबहादुर खड्का आफु तन्नेरी हुँदाका दिन सम्झिदै भन्छन् ‘कहाँ नानी अहिलेजस्तो थियो र उ बेला ! घरको अरनखटन र कामले नै भ्याइँदैनथ्यो । झन म त व्यापारीको छोरो न परेँ, बजार बजार सामान लिएर जानुपर्ने घुम्न त पाइन्थ्यो तर, यस्तो नयाँ वर्ष भनेरै घुम्न गएर मस्ती गर्न चाँही पाइन्थ्यो ।’

हजुरबाको पालामा आएको वैशाख १ हाम्रा पालामा आइपुग्दा नयाँ वर्ष भएर आउने गरेको छ । आजको पुस्ता यस दिनलाई नयाँ उत्साह, उमङ्ग, जोस, जाँगर, शक्ति र सहयोग प्राप्त गर्ने दिवसको रुपमा मनाउँछन् । मिठा र स्वादिष्ट परिकार, नयाँ लुगा लगाउने र साथीहरुसँगको रमणीय स्थलको भ्रमणले नयाँ वर्षलाई स्वगत गर्ने गर्दछन् । नयाँ वर्षले उत्साह, उमङ्ग र शुभकामना आदानप्रदान गर्ने दिनका रुपमा आकार ग्रहण गरेको छ ।

‘हाम्रा पालामा त साथीभाइसँग हात मिलाएर शुभकामना साटासाट हुन्थ्यो’ शान्तिनगर ६ का दिलबहादुर बस्नेतले आफ्नो अनुभव सुनाए । बस्नेतले थपे, ‘उ बेला अहिले जस्तो हातमा मोवाइल फोन र फेसबुक केही थिएन, नयाँ वर्ष होस्, कि चाडपर्व, भेटेरै शुभकामना आदन प्रदान गर्नु पर्दथ्यो ।’

समयको गतिसँगै नयाँ वर्ष मनाउने तरिका पनि बदलिँदै गएको छ । हाम्रा बाआमाका पालामा २०४० को दशकमा नयाँ वर्षको संकेत पोस्टकार्ड मार्फत् आउन थालेको थियो । सो समयमा नयाँ वर्ष होस्, या त दशैँ तिहारजस्ता पर्वहरुमा हिरो हिरोइनको पोस्टकार्ड पछाडी कोटेसन र सायरी लेखेर आफ्ना साथीभाइ र आफन्तमा शुभकामना दिने चलन थियो ।

सिनेमाका हिरो हिरोइनका तस्वीर अंकित पोस्टकार्डहरु उतिबेला खुब प्रयोग हुन्थ्यो । पोस्टकार्डमा युवा पुस्ताले एक आपसमा मनका भावना र शुभकामनाका सन्देश साटासाट गर्थे । यो क्रम उसबेला करिब एक महिनासम्म चल्ने गरेको बिर्तामोडमा व्यवसायी विष्णु लिम्बुको अनुभव छ । उनी भन्छन्, ‘इलाममा डेरा गरैर पढिन्थ्यो, पोस्टकार्ड किनेर आफ्ना गाउँघरका पुराना साथीसङ्गीलाई पठाइन्थ्यो ।

पोस्टकार्डको पछाडिको खालि भागमा विभिन्न सायरी र मुक्तक लेखिन्थ्यो, साह्रै रमाइलौ हुन्थ्यो ।’ लिम्बूले थपे,‘ त्यतीबेला ५० पैसा पर्ने पोस्टकार्ड किन्न पनि पैसा नभएर धौ धौ हुन्थ्यो । दशैँदेखि नै योजना बनाएर नयाँ वर्षका लागि पोस्टकार्ड किन्ने पैसाको जोहो गर्नु पर्दथ्यो ।’

नयाँ वर्ष मनाउने परम्परा कहिलेदेखि चल्यो भन्ने सम्बन्धमा यकिन गर्न नसकिए तापनि एक अनुमान अनुसार पृथ्वीमा जतिबेलादेखि समयको गणना वर्षमानको आधारमा गर्न थालियो, त्यसै बेलादेखि नै नयाँ वर्ष मनाउने परम्परा शुरु भएको ठानिन्छ ।

करिब दुई दशक अगाडिदेखि नेपालमा मोवाइल सेवा भित्रिएसँगै प्रविधिले केही हदसम्म फड्को मारेको छ । तत्कालीन समयमा ठुला व्यापारी, अलिक हुनेखाने र सरकारी जागिरेका हातमा मात्र मोवाइलको पहुँच थियो । जब मोवाइल फोनको यूग शुरु भयो, तबदेखि आजसम्म मानिसहरु एसएमएस गरेर नयाँ वर्ष, चाडपर्व वा अन्य विशेष दिनमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । हिजोआज दैनिक ज्यालादारी गरेर गुजारा चलाउने मानिसले पनि मोवाइलबाट नै शुभकामनाको आदानप्रदान गर्दछन् ।

बिर्तामोडकी चम्पा खनाल भन्छिन्, ‘केही समय अगाडिसम्म फोन गर्दा धेरैपैसा काटिने हुँदा एसएमएस बाटै शुभकामना आदानप्रदान गथ्र्यौ । अहिले त नयाँ नयाँ प्रविधि भित्रिएर शुभकामना साट्न पनि धेरै सजिलो भएको छ ।

केही वर्ष अघि र अहिले नयाँ वर्ष मनाउने चलनमा धेरै परिवर्तन आएको छ । पहिले पहिले गृहणीहरुको नयाँ वर्ष घरायसी काममै बित्ने गथ्र्यो । तर, पछिल्ला वर्षहरुमा मिठो मसिनो परिकार खाने र घुम्ने प्रचलन व्यापक बन्दै गएको छ । शन्तिनगरकी गृहिणी निशा न्यौपाने भन्छिन्, पहिला त नयाँ वर्षमा वास्तै हुँदैनथ्यो । कता कहाँ खेतबारीको काम गर्दै हुइन्थ्यो, तर अहिले त गाडी नै रिजर्व गरेर घुम्न जाने चलन बसेको छ, हामीले पनि यस वर्ष यसरी नै नयाँ वर्ष मनाउँने योजनामा छौँ ।

अहिलेको पुस्तामा नयाँ वर्ष कसरी मनाउने भन्ने आ(आफ्नै तरिका र योजना हुन्छन् । आजको युवा पुस्ता फेशबुक, इमेल र मोवाइलमा विद्युतीय सन्देश पठाएर शुभकामना आदानप्रदान गर्ने गर्दछन् । बिर्ताबजारस्थित एक विद्यालयकी शिक्षिका मनिसा प्रसाई प्रविधिले फड्को मारेसँगै आफूले पनि त्यसको सदुपयोग गरेर टाढाटाढा रहेका आफन्तसँगको आत्मियतालाई अझ नजिक ल्याएको महशुस गरेको बताउँछिन् ।

हरेक देश र समाजको जातीय परम्परा र मानयताअनुसार नयाँ वर्ष मनाउने समय र तरिका भिन्दाभिन्दै हुनेगर्छ । नयाँ वर्षको पहिलो दिनमा गत वर्ष गरेका कामको सफलता र असफलताको समिक्षा गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्ने योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा रही आएको छ ।

हजुरबा हजुरआमाले महशुस नै नगरेको यो पर्व अहिले व्यापक बनेको छ । नेपालमा विक्रम सम्वत् र इश्वी सन्का दुवै पहिलो दिनलाई विशेष महत्व दिएर मनाउने प्रचलन बढेर गएको छ । त्यसो त नेपालमा जातीय परम्पराअनुसार धेरै वटा नयाँ वर्ष मनाइन्छन् । तिहारको लक्ष्मीपूजाको भोलिपल्ट नेवार समुदायले मनाउने म्हःपूजा होस् या गुरुङ समुदायले पुष १५ गते मनाउने तमु ल्होसार नै किन नहोस्, सबै नयाँ वर्षका स्वरुप हुन् । यी बाहेक पनि सोनाम ल्होसार, ग्याल्बो ल्होसार, चण्डी पूर्णिमा जस्ता सबैखाले नयाँ वर्षको पहिलो दिनलाई मनाउने तरिका पनि विगभन्दा आज नितान्त फेरिएका छन् । समयको गतिसँगै प्रविधिको विकाससँगै यो चलनले स्वरुप फेरिरहने निश्चित छ ।

सम्बन्धित खबर