बुधवार, जेठ २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Türkiye’de kumarhaneler 1998 yılında kapatılmış, buna rağmen online platformlar faaliyet göstermeye devam etmiştir; bettilt giriş bu geçişi analiz eder.

Kumarhane eğlencesini seven oyuncular Bahsegel giriş kategorisinde vakit geçiriyor.

Bahis dünyasındaki tecrübesiyle fark yaratan bettilt güvenle büyüyor.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026’te yeni tasarımıyla dikkat çekecek olan bettilt şimdiden konuşuluyor.

Bahis dünyasında kaliteyi ön planda tutan bahsegel kullanıcılarını korur.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री

बुधवार, जेठ २७, २०८३

काठमाडौँ, २७ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा नेपाल–भारत समस्याको समाधान कूटनीतिक संवाद र वार्तामार्फत नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भारतको भ्रमण र प्रधानमन्त्री वालेन्द्र शाहले सदनलाई यही जेठ १७ गते गर्नुभएको सम्बोधन तथा नेपाल–भारत सीमालगायत विषयमा स्पष्ट पार्दै उहाँले नेपाल तथा भारतबीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप सो समस्या समाधान गरिने बताउनभुयो ।

राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढिरहेको जनाउँदै मन्त्री खनालले मित्र राष्ट्रहरूसँगका द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउँदै राष्ट्र हित र आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण कदम लिइएको बताउनुभयो । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठः

सम्माननीय सभामुखज्यू,
माननीय सदस्यज्यूहरू,

नेपालको संविधान, अन्तरराष्ट्रिय सम्बन्ध एवं परराष्ट्र नीति सञ्चालनका मार्गदर्शक सिद्धान्त एवम् उद्देश्यहरूप्रति हामी प्रतिबद्ध छौँ । सरकारले सुशासन र आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षा र हकहित संरक्षणलगायत समग्र राष्ट्रिय हितको प्रवर्द्धन गर्ने गरी मैले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयबाट निरन्तर कामकारबाही भइरहेको छ ।

मन्त्रालयबाट सम्पादित कामका सम्बन्धमा विभिन्न समयमा यस सम्मानित संसद् र सम्बन्धित समितिहरूमा जानकारी गराउँदै आएको र यो क्रम जारी रहने बेहोरा पनि म निवेदन गर्न चाहन्छु ।

यसै सिलसिलामा हालै मैले सम्पन्न गरेको भारतको भ्रमण र सम्माननीय प्रधानमन्त्रीज्यूले यस सम्मानित सदनलाई २०८३ जेठ १७ गते गर्नुभएको सम्बोधन तथा नेपाल–भारत सीमालगायत विषयमा जानकारी गराउन चाहन्छु ।

सम्माननीय सभामुखज्यू,
माननीय सदस्यज्यूहरू,

भारतका विदेशमन्त्री महामहिम डा एस जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी म २०८३ जेठ २४ काठमाडौँ फर्केको छु ।

गत फागुनमा सम्पन्न निर्वाचनपछि गठित नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको पहिलो उच्चस्तरीय भ्रमणबाट नेपाल र भारतबीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको मैले विश्वास लिएको छु ।

सो भ्रमणका क्रममा ६ जुन २०२६ मा नयाँ दिल्लीमा भारतका विदेशमन्त्री महामहिम डा एस जयशङ्करसँग औपचारिक भेट र प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ । दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा व्यापक तथा उपलब्धिमूलक छलफल भएको छ ।

द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धिजस्ता विषयहरूमा ठोस छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, विभिन्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान–प्रदान गरिएको छ ।

नेपाल–भारतबीच द्विपक्षीय सहकार्यमा सञ्चालित परियोजनाको प्रगति समीक्षा गर्नुका साथै तिनलाई थप प्रभावकारी बनाउने उपायहरूबारे पनि महत्त्वपूर्ण छलफल भएको छ ।

बैठकका क्रममा हामीले तीन वटा संयुक्त घोषणासमेत गरेका छौँ :

(क) एनसिएचएल र एनपिसिआई बीच जुन २०२३ मा हस्ताक्षर गरिएको समझदारीपत्रअन्तर्गत अन्तरदेशीय भुक्तानी P2P लेनदेनको सञ्चालन ।

(ख) नेपालमा भूकम्पपछि भारतको विकास सहयोगमा पुनर्निर्माण सम्पन्न भएका परियोजनाहरूको हस्तान्तरण ।

(ग) Voice First भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधारको सह–निर्माणका लागि काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर र डिजिटल इन्डिया भाशिनी डिभिजनबीच समझदारी पत्र ।

उक्त भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग समेत भेटघाट र छलफल भयो । उक्त बैठकमा नेपाल र भारतका साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदानप्रदान भयो ।

भ्रमणकै क्रममा इन्डिया फाउन्डेसनद्वारा नयाँ दिल्लीमा आयोजित एक विशेष कार्यक्रममा प्रबुद्ध व्यक्तित्वहरूको समूहलाई मैले सम्बोधन गर्ने अवसर पाएँ । उक्त कार्यक्रममा मैले नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूका बारेमा प्रकाश पार्दै सहभागीहरूसँग ऊर्जा, व्यापार, सीमालगायत साझा चासोका विषयहरूमा केन्द्रित रही अन्तरक्रिया समेत गरेँ ।

त्यसैगरी नेपाली दूतावास, नयाँ दिल्लीको भ्रमण गरी दूतावासका पछिल्ला कामकारबाहीबारे दूतावास परिवारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै भारतमा नेपाल र नेपालीको हितको रक्षाका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिएको छु । साथै, दूतावासमा आयोजित मिडिया अन्तरक्रियामा भारतमा रहेका सञ्चारमाध्यमसँग छलफल गरी हाम्रा प्राथमिकताबारे पनि जानकारी गराएको छु ।

यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार गरेको मैले महसुस गरेको छु ।

नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढङ्गले अभिव्यक्त गर्ने अवसर यस भ्रमणले प्रदान गरेको छ ।

व्यापार तथा लगानी विस्तार गर्ने, ऊर्जा सहकार्य सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ सशक्त बनाउने विषयहरूमा ठोस आधार तयार पारेको छ । क्षेत्रीय स्थायित्व, आपूर्ति शृङ्खला सुरक्षा तथा ऊर्जा साझेदारी जस्ता समसामयिक अन्तरराष्ट्रिय मुद्दाहरूमा समेत धारणा आदान–प्रदान गरिएको छ ।

सम्माननीय सभामुखज्यू
माननीय सदस्यहरू,

दुई देशबीचको समन्वय, सहकार्य र साझेदारीलाई अझ बलियो बनाउने कार्यका लागि दर्जनौ द्विपक्षीय संयन्त्रहरू रहेका छन् । यसमध्ये केही संयन्त्रहरू लामो समयदेखि क्रियाशील नरहेको पनि देखिन्छ । त्यस्ता संयन्त्रहरूको नियमित बैठकले नेपाल–भारतबीच रहेका सम्भावना र सहकार्यका विषयमा छलफल गरी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । नेपाल र भारतबीच विभिन्न क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएका ती द्विपक्षीय संयन्त्रहरूका बैठकहरू हाल सुचारु भएका छन् । म यहाँ त्यस्ता केही महत्वपूर्ण संयन्त्रहरूका आगामी बैठकहरूका बारेमा जानकारी गराउन चाहन्छुः

१. Joint Working Group (JWG) on Border Management बलबनझभलत को बैठक आगामी अगस्त २०२६ मा आयोजना हुँदैछ ।

२. हाल Joint Field Survey Team (JFST) ले विगत दुई महिनादेखि विभिन्न स्थानमा काम गरिरहेको छ । यस संयन्त्रलाई दिइएको जिम्मेवारी बमोजिम सीमा स्तम्भहरूको मर्मत, हराएका स्तम्भहरूको पुनस्र्थापना र पुनः निर्माण गर्ने कार्य अगाडि बढेका छन् । हाल चारवटा छुट्टाछुट्टै टोली गठन भई नेपाल–भारत सीमाका विभिन्न क्षेत्रमा काम भइरहेको छ । यी संयुक्त टोलीहरूले No Man's Land को अतिक्रमण र Cross Border Occupation को लगत तयार पार्ने काम गरिरहेका छन् ।

३. Survey Officials' Committee (SOC) को आगामी बैठक अगष्ट २०२६ मा आयोजना हुँदैछ । यसमा नापी विभागका उपमहानिर्देशकको नेतृत्वमा उक्त विभागको प्राविधिक टोलीलगायत परराष्ट्र, गृह र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको सहभागिता रहने छ । भारतीय पक्षतर्फ पनि सोहीबमोजिमको प्रतिनिधित्व हुने गरेको छ ।

४. यसैगरी हालै सम्पन्न केही महत्वपूर्ण बैठकहरूमाः

क) ३० अप्रिल र ०१ मे २०२६ मा Joint Commission on Koshi and Gandak Project (JCKGP) को बैठक काठमाडौँमा सम्पन्न भएको छ । चार वर्षको अन्तरालमा आयोजित यस महत्वपूर्ण बैठकमा उक्त परियोजना क्षेत्रमा देखापरेका समस्या अध्ययन गरी तिनको समाधान गर्ने विषयमा छलफल भई कार्य अगाडि बढेको छ ।

ख) ०२ मे २०२६ मा Nepal–India Joint Team on Flood Forecasting Activities on Rivers Common to Nepal and India को बैठक काठमाडौँमा सम्पन्न भएको छ । मनसुनको समयमा हुने विपद् एवम् धनजनको क्षति न्यूनीकरण गर्नको लागि Early Warning System लाई थप चुस्त बनाउने दिशामा लिन सकिने कदमहरूका सम्बन्धमा छलफल भइ सहकार्य अगाडि बढेको छ ।

ग) ७–८ मे २०२६ मा Joint Technical Team on Cooperation on the Power Sector (JTT) को बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ।

उक्त बैठकमा नेपाल–भारतबीच विद्युत् व्यापारका निमित्त आवश्यक अन्तर–देशीय प्रसारण लाइन विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको छ ।

५. यससँगै अन्य क्षेत्रमा रहेका हाम्रो द्विपक्षीय संयन्त्रहरूका बैठक पनि आयोजना हुँदैछन् । यसबाट नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध अझ घनिभूत र प्रगाढ बन्दै जाने अपेक्षा छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधन र नेपाल–भारत सीमाको विषय
सम्माननीय सभामुखज्यू
माननीय सदस्यहरू,

अब म सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधन र नेपाल–भारत सीमाको विषयमा केही उल्लेख गर्न चाहन्छु ।

सम्माननीय प्रधामन्त्रीज्यूले २०८३ जेठ १७ गते सङ्घीय संसद्को प्रतिनिधिसभामा प्रश्नोत्तरका क्रममा नेपालको सीमाका विषय उल्लेख गर्दै द्विपक्षीय वार्ताद्वारा समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । सम्माननीयज्यूबाट प्रस्तुत धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी पनि उपलब्ध गराइसकेको छ ।

नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयले २०८३ वैशाख २० मा स्पष्ट पारिसकेको छ ।

यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोटमार्फत नै प्राप्त भएको छ । दुवै देशले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

यहाँहरूलाई थाहै छ नेपाल र भारतबीच सदियौँ पुरानो र खुला सिमाना रहेको छ । हालको नेपाल–भारत अन्तरराष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ । नेपाल भारत सिमानाअन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ । ती स्थानबाहेक अन्य केही स्थानहरूमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन् ।

सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित छ । नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा Fixed Boundary Principle अवलम्बन गरिएकोले ‘क्रस बोर्डर अकुपेसन’ भई एक देशका नागरिकले अर्को देशको भू–भागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ ।

नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा ‘क्रस बोर्डर अकुपेसन’ को लगत सङ्कलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन् । लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रूपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको छ ।

नेपाल–भारत सीमाका के कति स्थानमा No man's land encroachment र Cross–Border Occupation रहेको छ भन्ने विषयमा सीमासम्बन्धी Nepal–India Boundary Working Group (BWG) र अन्य संयन्त्रहरूले Mapping को कार्य गरिरहेका छन् । यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ ।

प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ । आ–आफ्नो उपभोगमा रहेको जग्गाको दाबी दुवै पक्षले गर्ने गरेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा राख्नुभएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ ।

यसमा मूल प्रश्न भनेको सीमासम्बन्धी विषयको कसरी निरूपण गर्ने भन्ने नै हो । तसर्थ, नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप, ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट यस विषयको समाधान गर्न हामी सधैँ प्रतिबद्ध छौँ ।

नेपाल–भारत दुई देशको सीमा सम्बन्धमा तेस्रो पक्षको विषय

सम्माननीय प्रधानमन्त्रीज्यूले २०८३ जेठ १७ गते सङ्घीय संसद्मा नेपालको सीमासम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सीमाङ्कन सन् १८१६ को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले मित्रराष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो ।

यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौँ, खाली तत्कालीन अवस्थाका थप सन्दर्भ सामाग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीयज्यूले इङ्गित गर्नुभएको हो ।

म यस सम्मानित सदनमा के स्पष्ट पार्न चाहन्छु भने नेपाल–भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारतबीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्तामार्फत गर्न नेपाल सधैँ प्रतिबद्ध छ ।

अन्त्यमा, सरकार गठन भएपश्चात हामीले राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । उच्चस्तरीय भ्रमणहरूका माध्यमबाट द्विपक्षीय सम्बन्धहरू प्रगाढ बनाउँदै जाने र मित्र राष्ट्रहरूसँगका हाम्रा द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउँदै राष्ट्र हित र आर्थिक कूटनीतिलाई प्रबद्र्धन गर्ने दिशामा सरकार गठन भएको यो छोटो समयमै महत्वपूर्ण कदमहरू लिइएको छ ।

हालै सम्पन्न भारत भ्रमण र निकट भविष्यमा हुने अन्य मित्रराष्ट्रका भ्रमण र द्विपक्षीय संवाद यसका उदाहरणहरू हुन् । विभिन्न मुलुकसँगका हाम्रो द्विपक्षीय संयन्त्रहरू पनि सक्रिय हुन थालेका छन् । राष्ट्र हितलाई केन्द्रमा राखी यी सबै विषयहरूलाई हामीले निरन्तरता दिने र प्राप्त उपलब्धिलगायत विषयमा यस सम्मानित सदनलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद ।

सम्बन्धित खबर