शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

शेयर बजार फेरि घट्याे

मङ्गलवार, मंसिर २७, २०७९

काठमाण्डाै ।  शेयर बजार आज मङ्गलवार फेरि घटेको छ । हिजो साेमवार १६ दशमलव ९७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो ।

आज कारोबार रकम पनि घटेको छ । हिजाे एक अर्ब ३६ कराेड रुपैयाँकाे शेयर काराेबार भएकाेमा आज दुई सय ४८ वटा कम्पनीकाे २० लाख ५८ हजार कित्ता शेयर ७७ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको सात करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर घट्दा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको  छ ।

नेप्से सूचक घटेकाे दिन ताप्लेजुङ पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

सम्बन्धित खबर