Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सरकारको आम्दानी ३ खर्ब ३९ अर्ब, खर्च भने ४ खर्ब १० अर्ब रुपैयाँ
मङ्गलवार, मंसिर २७, २०७९
काठमाण्डाै । आर्थिक गतिविधि सुस्त हुँदा सरकारलाई राजस्व सङ्कलनको लक्ष्य भेटाउन मुस्किल देखिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर झन्डै छ महिना पुग्न लाग्दा जम्मा तीन खर्ब नौ अर्ब २८ करोड रुपैयाँ राजस्व उठाएको छ । यो कुल लक्ष्यको जम्मा २२ दशमलव ५ प्रतिशतमात्रै हो । पोहोर छ महिनामा सरकारले तीन खर्ब ९७ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ३३ प्रतिशत राजस्व उठिसकेको थियो ।
यो वर्ष कर राजस्वबाट दुई खर्ब ८४ अर्ब, गैरकर राजस्वबाट २४ अर्ब ४८ करोड, अनुदानबाट तीन अर्ब ४१ करोड र अन्य शीर्षकमा २६ अर्ब ७२ करोड रुपैयाँ सरकारको खातामा जम्मा भएको छ । सबै गरेर सरकारको आम्दानी तीन खर्ब ३९ अर्ब रुपैयाँ रहेको छ । तर सरकारको साउनदेखि अहिलेसम्म सरकारको खर्च भने चार खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये चालुतर्फ तीन खर्ब ३१ अर्ब १७ करोड र पुँजीगततर्फ ३१ अर्ब ७५ करोड रुपैयाँमात्रै खर्च भएको छ ।
यसरी हेर्दा राजस्व उठाएको पैसाले सरकारको चालु खर्च पनि धान्न मुस्किल देखिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ४६ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको छ ।