बुधवार, साउन १३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

पूर्व नेपाल बहुउद्देश्यीय सहकारीको करोडौँ रकम घोटाला

मङ्गलवार, असोज ८, २०८१

झापाको कमल गाउँपालिका २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको करोडौँ रकम सञ्चालक समितिका पदाधिकारीहरूले आफ्नै कम्पनीमा लगेको पाइएको छ । उक्त सहकारी झापामै ठुलो सहकारीको रूपमा परिचित छ । सहकारीका पूर्व पदाधिकारीहरू र व्यवस्थापकहरूले आफ्ना कम्पनीमा गरेको १८ करोडभन्दा बढी कर्जा लगानी उठ्न सकेको छैन ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको टोलीले गरेको अनुगमन प्रतिवेदन अनुसार उक्त सहकारीका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरू मिलेर खोलेको कटेरो नेपाल प्रा.लि नामको कम्पनीका सञ्चालकलाई एकै समयमा १८ करोडभन्दा बढी ऋण प्रवाह गरेको पाइएको छ । सहकारीले कुनै पनि कम्पनीमा ऋण प्रवाह गर्न नपाउने कानुनी व्यवस्था छ ।

‘सहकारी संस्थाका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरू मिलेर खोलेको कटेरो नेपाल प्रा.लि. नामको कम्पनीका सञ्चालकलाई एकै समय ठुलो ऋण प्रवाह गरेको पाइयो । जुन ऋण उच्च जोखिममा रहेको छ,’ अनुगमनमा खटिएका एक अधिकृतले भने ।

उक्त कम्पनीका सञ्चालकहरु लेखनाथ रिजालले १ करोड ७५ लाख, कूलराज निरौलाले एक करोड, सन्तोष घिमिरेले पटक पटक गरेर ३ करोड १६ लाख ८० हजार उनकी श्रीमती प्रेरणा घिमिरेले तीन करोड, देवराज भण्डारीले तीन करोड १४ लाख ३१ हजार, तुलसादेवी राउत निरौला र सञ्जय कार्कीले ३–३ करोड रुपैयाँ लिएको पाइएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सहकारीका पूर्व व्यवस्थापक चन्द्रकला ढकालको नाममा समेत १ करोड १८ लाख ७६ हजार ७०६ रुपैयाँ कर्जा लगेको पाइएको र भाका नाघेको ऋणमा रहेको देखिएको छ । सहकारीले लेखापरीक्षकले दिएका सुझावको पालना नगरी ऋण प्रवाह गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

‘पर्याप्त धितो जमानत राखी सुरक्षित रूपमा ऋण लगानी गर्नु पर्नेमा विगतमा जमानतको मूल्याङ्कन भन्दा बढी ऋण लगानी गरेको देखियो,’ प्रतिवेदनमा उल्लेख छ, ‘ऋण लगानी गर्दा कूल पुँजीकोषको १० प्रतिशत भन्दा बढी एक व्यक्तिलाई ऋण लगानी गर्न नहुनेमा बढी लगानी गरेको देखियो, ऋणीले घरजग्गा धितो राखी ऋण लिँदा कम्तीमा ५० प्रतिशत धितो जमानत आफ्नो वा एकाघर परिवारका नाममा स्वामित्व भएको हुनुपर्ने व्यवस्था विपरीत सबै धितो अर्काको स्वामित्वमा भएको जग्गा धितो लिएको देखियो ।’ यस्तो ऋण लिनका लागि लेखनाथ रिजाल जमानत बसेर साहारा प्रधान र जीवन कुमारी रिजाललाई कर्जा प्रवाह भएको छ ।

प्रतिवेदनमा ठुलो ऋण लगानी गर्दा अगाडी लिएको ऋणले लामो समयदेखि भाखा नाघेको अवस्थादेखि थप ऋण लगानी गरेको, यसरी लगानी भएको ऋण नियमित तरिकाबाट असुली हुन नसकेको, समितिले असुलीका लागि कानुनी प्रक्रिया अगाडी बढाउन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘संस्थाका पदाधिकारी तथा ऋणीहरूको मिलेमतोमा अनियमित तरिकाबाट लगानी गरेको हुन सक्ने सम्भावना देखियो,’ प्रतिवेदनमा औँल्याइएको छ ।

यस्तै २०७७ पुस १४ गते बसेको सञ्चालक समितिको एउटै बैठकबाट २५ करोड भन्दा बढी रकम ऋण लगानी गर्ने निर्णय भएको थियो । जसमा तत्कालीन व्यवस्थापक चन्द्रकला ढकालको नाम उपस्थिति रजिस्टरमा भए पनि दस्तखत नहुँदा कर्जा प्रवाह शङ्कास्पद रहेको प्रतिवेदनले औँल्याएको छ ।

अनुगमन टोलीले तत्कालीन ऋण लगानीमा संलग्न ऋण उपसमिति, सञ्चालक पदाधिकारी, व्यवस्थापक, कर्मचारीहरू तथा ऋण लिने ऋणीहरू माथि विज्ञबाट सूक्ष्म रूपले छानबिन गरी ऋण उपयोगिताको बारेमा अनुसन्धान गर्नु पर्ने सुझाव दिएको छ ।

सहकारी संस्थाले लगानी गरेको ऋणमध्ये ठुलो रकम लामो समयदेखि भाखा नाघेको देखिएको र ऋण जोखिम कोषमा २१ करोड ५० लाख ७९ हजार ३७५ जम्मा गरी भाखा नाघेको ऋण सुरक्षित गर्नुपर्नेमा चार करोड ५९ लाख तीन हजार ८९३ मात्र जोखिम कोषको व्यवस्था गरेको पाइएको प्रतिवेदनले उल्लेख गरेको छ ।

सहकारी कानुनविपरीत उक्त संस्थाको सञ्चालक समितिले ऋण लगानी गर्न ऋण उप समितिलाई अधिकार प्रत्यायोजन गरेको पाइएको छ । संस्थाले पीईएआरएलएस (पर्ल्स) अनुगमन प्रणाली अनुसार कुनै पनि सूचक अनुसारका मामदण्ड पालना नगरेको, संस्थाले सङ्कलन गरेको बचत निक्षेपका विभिन्न प्रकार र ऋण लगानी गरेका विभिन्न उद्देश्यको बिचको ब्याजदरको फरक ३ प्रतिशत भित्र रहनु पर्नेमा सो भन्दा बढी देखिएको, संस्थाले २० वर्षे सदस्य सुरक्षण बचत खाता सञ्चलन गरेको र सो अवधि पुरा नभई सदस्यता समाप्त भएमा उक्त खाताको रकम संस्थामा आम्दानी बाँध्ने व्यवस्था गलत देखिएको पनि प्रतिवेदनमा भनिएको छ ।

सहकारी संस्थाका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, ऋण उपसमिति, व्यवस्थापक, कर्मचारी, सेवा केन्द्र सञ्चालन उपसमिति तथा सेवा केन्द्रका कर्मचारीले लिएको ऋणका फायल तथा धितो रोक्का सम्बन्धी कागजात सहितका फायल सम्बन्धित सेवा केन्द्रमा नै रहेकोले दुरुपयोग हुनसक्ने देखिएको प्रतिवेदनमा आशङ्का गरिएको छ । संस्थाका पदाधिकारी, व्यवस्थापक वा कर्मचारीले लिएको ऋणको विवरण समेत नियामक निकायमा पेस नगरेको प्रतिवेदनमा उल्लेख छ ।

यसअघि २०७९ भदौमा संस्थाका लेखा समिति संयोजक केदारनाथ ढुङ्गेलको संयोजकत्वमा सात सदस्यीय आन्तरिक अनुगमन सुपरिवेक्षण उपसमितिले गरेको एक अध्ययनले पनि सहकारी सङ्कटमा जान सक्ने देखाएको थियो । उक्त उपसमितिले सम्पत्तिको ७०–८० प्रतिशत मात्र ऋण लगानी गर्नुपर्ने ९२.१४ प्रतिशत ऋण दिएको ठहर गरेको थियो । यस्तै सहकारीको मापदण्डविपरीत संस्थाका सञ्चालक समितिका पदाधिकारी आफैँले करोडौँ कर्जा लिएको देखिएको थियो । ११ पदाधिकारीमध्ये सात जनाले उपसमितिको सिफारिसविनै कर्जा लिएको सो प्रतिवेदनमा उल्लेख छ । यसरी कर्जा लिने संस्थाका सञ्चालक र पदाधिकारीमा दीपेन्द्र अधिकारी, देवराज भण्डारी, सुमन दाहाल, प्रकाशप्रसाद अधिकारी, राधिका अधिकारी, बद्री निरौला र अप्सरा भट्टराई छन् । उनीहरूले संस्थाबाट १६ करोड बढी कर्जा लिएको त्यस बेला देखिएको थियो ।

उक्त सहकारीको शेयर पुँजी १५ करोड ९६ लाख ६० हजार रहेको छ भने जगेडा कोष ९ करोड ५२ लाख ९३ हजार ६६७ रुपैयाँ, बचत दायित्व ७३ करोड ९८ लाख ७४ हजार ३८, सञ्चित घाटा ६ करोड ६२ लाख ९० हजार ४४५, ऋण लगानी १ अर्ब ६९ करोड १२ लाख २६ हजार ६४५ रुपैयाँ, भाखा नाघेको ऋण १८ करोड ३३ लाख २ हजार १५६ रुपैयाँ, तिर्नुपर्ने जम्मा ऋण दायित्व ८४ करोड ८६ लाख ३० हजार ५२४, जम्मा सम्पत्ति ३ अर्ब २५ करोड ४० लाख ३४७ रुपैयाँ, जम्मा दायित्व १ अर्ब ४३ करोड ५ लाख ४२ हजार ३३२ रुपैयाँ रहेको छ ।

रातोपाटीबाट साभार

 

सम्बन्धित खबर