Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
प्राज्ञसभा बोलाइएकामा लेखक संघको आपत्ति
मङ्गलवार, मंसिर २७, २०७९
काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले गत साउनमा गरेको प्राज्ञसभाको चार महिना नबित्दै केही व्यक्तिलाई नियम मिचेर आजीवन सदस्य बनाउन अर्को प्राज्ञसभा राखेको भन्दै विरोध भएको छ ।
मूल नेतृत्वको कार्यकाल सकिएर निमित्तद्वारा प्रतिष्ठान सञ्चालन भइरहेका बेला काम चलाउ परिषदले राज्यकोषबाट कसैलाई आजीवन तलब सुविधा उपलब्ध गराउने निर्णय गरी अनुमोदनका लागि सभा बोलाउनु खेदजनक भएको नेपाली लेखक सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘आफू अनुकूल कार्यविधि संशोधन गरी आफैँले गठन गरेको समितिद्वारा आफ्नै नाम सिफारिस गर्न लगाई कुलपतिबाट निवर्तमान भएको दुई महिना नबित्दै आजीवन सदस्य बन्नका लागि गरिएको कार्यले प्राज्ञिक संस्थाको मर्यादालाई धुलीसात बनाएको छ’, अध्यक्ष तीर्थ श्रेष्ठ र महासचिव सोझो गाउँलेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
यो कार्यकालको अन्तिम सभा भनेर गत साउन ३० गते नै प्राज्ञसभा बोलाइएको थियो । प्रतिष्ठान प्राज्ञ परिषद्ले पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती र आरडी प्रभाष चटौतलाई आजीवन सदस्यका लागि नाम सिफारिस गरेको जनाइएको छ । अमुक व्यक्तिको निहित स्वार्थ पूरा गर्न चार महिनामा फेरि बोलाइएको प्राज्ञसभाप्रति संघले आपत्ति जनाएको छ । प्रतिष्ठान प्राज्ञ परिषद् एवं प्राज्ञ सभा सदस्यको पदावधि यही मंसिरभित्र सकिँदै छ ।
प्रतिष्ठानका निमित्त सदस्य सचिव हेमनाथ पौडेलले भने कानूनी प्रक्रिया पूरा गरेर नै प्राज्ञसभा अहिले चलिरहेको प्रतिक्रिया दिनुभयो । सभाका ३१ सदस्यमध्ये २८ जना उपस्थित रहेको उहाँले जानकारी दिनुभयो ।