सोमवार, साउन ११, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

दशैँमा पिंङ खेल्ने चलन हराउँदै

शुक्रवार, असोज २५, २०८१

सुनिरा मैनाली,झापा ।
हामी नेपालीहरुको सांस्कृतिक पहिचान नै विविधता हो । विभिन्न चाडपर्वहरु जस्तै दशैँ हामी नेपालीहरुको धार्मिक, सांस्कृतिक एवम् सामाजिक दृष्टीले अत्यन्त महत्वपूर्ण पर्व हो । हरेक जाति समुदायको आफ्नै मान्यता र परम्परालाई जिबन्त राख्दै नयाँ पुस्तालाई चिनाउने काम समेत दशैँको अवसरमा हुँदै आएको छ ।
तर, पछिल्लो समय हरेक क्षेत्र र समुदायका मानिसले स्थानीय आचरण भन्दा फरक किसिमबाट दशैँ पर्वलाई मनाउने गरेको पाइन्छ । दशैँ आउनुभन्दा केहि दिन आगाडिबाट घर लिपपोत गर्नका लागि माटो लिन जाने, रातो माटो, कमेरो लगायतका माटो खोजि गरि घर सिंगार्ने, दाउरा काट्ने, चिउरा कुट्ने, पिंङ लगाउने आदी कामको चटारो नयाँ पुस्ताका लागि कथा बनेका छन् ।
पुरानो पुस्ताको भोगाई अलिक फरक छ । पहिलेका ति रमाईला अवसर (क्षण)हरु अहिलेका पुस्ताले देख्न पाएका छैनन् । दशैँ आउनुभन्दा केही समय पहिलेबाट गाउँघरका युवा लिङ्गे पिंङ, रोटे पिङ बनाउने काममा लाग्थे । तर, पछिल्लो केही वर्षयता पिंङ विरलै मात्र देख्न पाइन्छ ।

दशैँका बेला खेलिने पिंङ शहरबाट मात्रै होईन गाउँघरबाट पनि हराउन थालेका छन् । दशैँ आउँदा गाउँघर र चोक चोकमा देख्न पाईने पिंङ केहीबर्ष यता दशैँमा त्यती देखिएका छैनन् । दशैँको बेला पिंङमा मच्चीएर खेल्ने पुरानो परम्परा अहिले ग्रामिण क्षेत्रमा विरलै मात्र देख्न सकिन्छ । दशैँ लाग्नासाथ गाउँघरमा युवा जम्मा हुने बाबियो काटेर ल्याउने लठ्ठे पिंङ राख्ने र बालबालिका देखि बृद्धबृद्धासम्म दशैँको दिन भुईँ छोड्नुपर्छ भन्ने मान्यताले पनि गाउँ घरमा अनिवार्य पिंङ लगाएकै हुन्थ्यो । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ। गाउँघरमा वर्षमा एक पटक भए पनि दशैंमा टीका लगाएपछि पिंङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ। विशेषगरी दशैंको बेलामा पिङको छुट्टै महत्त्व हुन्छ ।

तर विस्तारै पिंङ हाल्ने प्रचलन हराउँदै गएको छ। आजभोलि ग्रामीण भेगमा पनि निकै कमै मात्र पिंङ देख्न सकिन्छ। कतिपय ठाउमा पिंङ राखिएपनि बावियोको नभई प्लाष्टिकको डोरी र लठ्ठा किनेर ल्याएर बनाईने गरिन्छ । दशैँको आगमनसँगै खेलिने लिङ्गे पिंङ यस वर्ष पनि खासै देखिएनन् । विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिंङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको छ ।

एकता र भाईचाराको पर्व दशैँ मा पिंङ खेल्ने परम्परा पनि सामाजिक एकता र भातृत्वसंग जोडिएको छ । दशैँमा मात्र खेलिने पिंङ अहिले शहर बजारमा मेला महोत्वमा पनि राखिन थालेको छ । परम्परागत पिंङको सट्टा आधुनीक र ईलेक्ट्रोनिक पिंङ भित्रिएका छन् ।

बाल्मिकी शिक्षा सदनकी शिक्षिका यामुना थापा संस्कृतीका रुपमा रहेको पिंङ व्यवासायीकरण भएसंगै लोप हुने अवस्थामा पुगेको बताउनु हुन्छ । 'दशैंमा पिंङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो कि भन्ने चिन्ता छ,' उहाँले भन्नुभयो, ‘दशैँमा खेलिने पिंङको बिशेषता यसको सामाजिक सांस्कृती महत्वबारे नयाँ पुस्तामा जानकारी नहुनु र परम्परालाई पुस्तान्तरण गर्न नसक्दा यो अवस्था देखिएको हो ।’

बिर्तामोडका देवेन्द्रप्रसाद प्रसाई पहिले पहिलेको दशैँलाई स्मरण गर्दै रोटेपिंङ, लिङ्गेपिंङ राखेको, सबैजना समुह बनाएर रमाईलो गरेको झलझली याद आउने बताउनुहुन्छ। तर अहिले यूवा पुस्ता विदेशिंदा चार्डपर्वको महत्वनै हराउन थालेको प्रसाईको भनाई छ । हिजोआज विकाससंगै भित्रिएको नयाँ प्रबिधिले पुरानो परम्परा हराएको उहाँको बुझाई छ ।

पहिला-पहिला दशैं आउनु अगावै पिंङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै गएको बुद्धशान्ती-६ का मणिराम अधिकारी बताउनुहुन्छ। ‘दशै आउनु भन्दा निक्कै अगाडीदेखि कमेरोले घर छ्यापेर, चिउरा कुटाएर, घन्टौ लागाएर रातो माटो ल्याइन्थ्यो’ उहाँ भन्नुहुन्छ, 'आजभोलि त पिंङ पनि देख्न छाडियो । पहिला-पहिला जताततै पिंङ देखिन्थ्यो, पिंङ खेल्न पालो कुर्नुपर्थ्यो, आजभोलि कतै देखिदैन ।अहिले त खोइ के भन्नु पहिल्यै धेरै रमझम रमाइलो नि दशैंमा'

प्रविधिले दशैँमा रमाउने शैली फेरिदिएको छ । पिंङ राख्नको लागि बावियो काट्ने देखि पिंङ राख्न सबै काम समुहमा हुने भएपनि अहिले नयाँ पुस्तामा भने मनोरञ्नको तरिकामा फरक भएको छ । समयको फेर बदलसँगै प्रविधिको विकास भएको छ । सबैको हातहातमा मोबाईल , टेलिभिजन र ईन्टरनेटको सहज पहुँचले सामाजिक संजालमा रमाईरहेका हुन्छन् । सबै आफैमा रमाएका छन् । पछिल्ला बर्षहरुमा चाडबाडको समयमा परिवारका सदस्य वा साथिभाईसंग नयाँ ठाउँमा घुम्नजाने प्रचलन समेत बढ्दै गैरहेकोले चाडवाड मनाउने तरिका र हाम्रा मौलिक परम्परामामा असर पर्दै गईरहेको छ ।

पुरानो संस्कार र संस्कृतिलाई जोगाउन सकियो भने मात्रै हो मौलिकता बचाउन सकिने तर अहिलेका युवा पुस्ताले मौलिकता भुल्दै गएका छन् । अहिले दशैं मनाइरहँदा पुरानो संस्कारहरुको संरक्षण हुन नसकेको देख्दा खल्लोपन महसुस हुन्छ । हाम्रा मौलिक परम्परालाई आधुनिकताको नाममा भित्रेका नयाँ चलनले धमिल्याउन थालेको छ ।जसले गर्दा कतै नेपालीपन हराएको हो कि ? भन्ने प्रश्न उठ्न सक्छ । त्यसैले मौलिकतालाई बचाउन र लोप हुन् नदिन लिङ्गे पिंङको महत्व बुझ्नु पर्ने अहिलेको आवस्यकता हो ।दशैं सँस्कृतिलाई अतिक्रमण हुन नदिन सबै नेपालीले प्रण गरौं, संकल्प गरौं ।

सम्बन्धित खबर