सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

बुधवार, साउन १४, २०८२

महोत्तरी, १४ साउनः आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन् । रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन् । 
 
“मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ”, भङ्गाहा–१ का किसान रामकिसन मण्डलले भन्नुभयो । यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन (कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उहाँको भनाइ छ ।
 
मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपीसक्ने तालिका मानिन्छ । खरुअन बीउ अपूग हुँदा र बर्खे धान तथा अन्यबाली काटेर रोपाइँ गरिन्छ । यसपालि पानी नपर्दा यी तालिका सबै खल्बलिएका स्थानीय इस्राफिल राइनले बताउनुभयो । 
 
पानी पर्ला र धान रोपौँला भन्ने आसैआसमा मध्य साउन बित्न लाग्दासम्म रोपाइँ हुन नसकेपछि किसान चिन्तित छन् । गत सोमबार एकछिन परेको पानीले ब्याडमा पहेँलिँदै गरेको बीउ र अघिको रोपो जगाए पनि नउाँ रोपाइँका लागि नभएको किसान बताउँछन् । 
 
जिल्लामा साउन दोस्रो सातासम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपिएको धान पनि सर्वसाधारणका लागि निकै खर्चिलो भएको बताइएको छ । 
 
“आफ्नो खेतमा इनार÷बोरिङ केही छैन । सबै भाडामा चलाउन पर्दा घरमा भएको अन्नपात सबै सकियो”, बर्दिबास–७ का किसान रितबहादुर खत्रीले भन्नुभयो, “यस वर्ष खाद्य सङ्कट हुने जोखिम छ, के खाएर जीविकोपार्जन गर्ने हो चिन्ता लाग्छ । पानी पर्लाकी भन्ने आशले आकाश ताक्दाताक्दै आँखा टट्टाएका उहाँको भनाइ छ ।
 
“अब पानी पर्ला भनेर आकाश ताक्छौँ, पानी पर्दैन । चैत वैशाखको हुरहुरे बतास पो चल्दैछ”, खत्रीले भन्नुभयो, “पूर्वीया यो रुखो बतासले खेतबारीमा भाएको चिस्यान पनि रुख्याउँदैछ ।” 
 
वीरक्तलाग्दो मौसमले कामको जाँगर सबै हराएको किसान बताउँछन् । असार २२ ताका सक्नुपर्ने बीउ रोप साउन दोस्रो सातासम्म नभएको किसानको दुखेसो छ । अब पानी परी हालेपनि बीउ अपुग भएर रोपाइँ बढ्ने स्थिति नरहेको किसानको निष्कर्ष छ । यसअघि रोपिएका धान पनि राम्ररी नगाजिँदा खरुअन हुने सम्भावना नदेखिएको किसान खत्रीले बताउनुभयो ।
 
यसपालि मधेस खडेरीको सङ्कटमा छ । सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मधेसमा हालसम्म करिब ५० प्रतिशत पनि रोपाइँ भएको छैन भने महोत्तरीको करिब ३५ प्रतिशत छ ।्
 
महोत्तरीमा कूल ७१ हजार हेक्टर खेतीयोग्य जग्गा भएमध्ये ४२ हजार ५०० हेक्टरमा धानखेती गर्न मिल्ने जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ १० प्रतिशत जग्गामा मात्र स्थायी सिँचाइ (कुलो, नहर) को व्यवस्था हुँदा अधिकांश खेती आकासे पानीमा निर्भर छ । 
 
पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइका प्रबन्धका लागि इनार, डिपबोरिङ र स्यालोट्युबबेल जडान गरिएकाले थप १० प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको यादवले बताउनुभयो । यसपालि लामो समयसम्म परेको खडेरीले कुलो, नहरका पानीका मूहान तथा इनार, बोरिङ पनि धमाधम सुक्दै जाँदा सङ्कट चुलिँदै गएको उहाँको भनाइ छ । पानीको हाहाकारका बीच किसानले भूमिगत सिँचाइका स्रोतबाट ३५ प्रतिशत रोपाइँ सकेका उहाँले जानकारी दिनुभयो ।
 
न्यूनतम स्रोतसाधन र सुविधा नहुँदा कहिल्यै समयमा खेती लगाउन नपाएको किसानको गुनासो छ । सिँचाइ, मल, बीउ र समयसमयमा प्राविधिक सल्लाहको सुनिश्चितता भए सहज रूपमा खेती गर्न सकिने किसान बताउँछन् । तीनै तहका सरकारले यसतर्फ समन्वयात्मक पहलकदमी लिएनुपर्नेमा उहाँलेहरूले जोड दिनुभयो ।
सम्बन्धित खबर