शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भूटानी

सोमवार, वैशाख २५, २०८०

झापा । पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् । सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार नौ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताउनुभयो । तीमध्ये एक हजार सात सय १८ जना भूटानी नागरिक नै रहेका छन् । सोही अवधिमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञासहित नेपाल प्रवेश गर्ने भूटानबाहेक तेस्रो मुलुकका पर्यटक एक सय ९६ जना मात्र रहेका छन् । काँकडभिट्टा नाका पर्यटकका लागि पूर्वी नेपालको प्रमुख प्रवेशद्वार हो । भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्न प्रवेशाज्ञा लिनु पर्दैन । उनीहरू आधारकार्ड लगायतका परिचय खुल्ने सामान्य कागजातकै आधारमा नेपाल प्रवेश गर्न पाउँछन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख भट्टराईका अनुसार नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकमा भूटानपछि बङ्गलादेशले अग्रस्थान ओगटेको छ । सङ्ख्या भने ज्यादै थोरै रहेको छ । सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा कूल २७ जना बङ्गलादेशका पर्यटकले काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाले अफगानिस्तान, घाना, जिम्बाबे, स्वाजील्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन र सिरिया गरी १२ मुलुकबाहेक अरु मुलुकका पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउँदै आएको छ ।

बढी सङ्ख्यामा तेस्रो मुलुकका पर्यटकहरू नेपाल आउन सहज होस् भनेर नेपालले १२ वटा अफ्रिकी र एसियाली मुलुक बाहेकका अरु विदेशी नागरिकलाई नाकामै अध्यागमन कार्यालयमार्फत प्रवेशाज्ञा प्रदान गर्ने खुकुलो नीति लिएको छ । विगतमा यो खुकुलो नीतिको फाइदा छिमेकी बङ्गलादेशका नागरिकले बढी सङ्ख्यामा लिने गरेका थिए । हरेक वर्ष हजारौँको सङ्ख्यामा बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट प्रवेशाज्ञा लिएर नेपाल प्रवेश गर्दथे । तर, केही वर्षदेखि बङ्गलादेशीहरूको आगमन स्वात्तै घटेको छ । कोभिड १९ को भीषण महामारी पश्चात शून्यमा झरेको पर्यटक आगमन त्यसपछिको तीन वर्षमा लगातार सुधार भइरहेको देखिन्छ । तीन वर्षको तथ्याङ्क विश्लेषण गर्ने हो भने पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने बाह्य पर्यटकको सङ्ख्यामा बढोत्तरी हुँदै आएको छ ।

सन् २०२० मा ९६ जना मात्र तेस्रो मुलुकका पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । सन् २०२१ मा यो सङ्ख्या झन् घटेर ४० जनामा झर्यो । तर, सन् २०२२ मा यो सङ्ख्या बढेर छ सय २५ र सन् २०२३ को हालसम्ममा एक हजार दुई सय ४१ पुगेको छ । नेपाल आउने सबैभन्दा ठूलो सङ्ख्या ओगटेको भूटानका पर्यटकहरू पनि बर्सेनि बढ्दै गएका छन् । सन् २०२० मा एक जना मात्र भूटानी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । तर, सन् २०२१ मा या सङ्ख्या बढेर १५ पुग्यो भने सन् २०२२ मा पाँच सय १९ र सन् २०२३ को हालसम्ममा यो सङ्ख्या अझ बढेर एक हजार एक सय १८ जना पुगिसकेको छ ।

भूटानी नागरिकहरू आफन्त भेटघाट र तीर्थयात्राका लागि नेपाल आउने गरेको पाइएको छ । काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गाल हुँदै भूटानको सीमा फुन्चोलिङसम्म मोटर बाटोको दूरी मात्र एक सय ७२ किलोमिटर रहेको छ । भूटानमा रहेका नेपाली भाषीहरूको आफन्त नेपालका विभिन्न जिल्लामा रहेका छन् । पारिवारिक भेटघाटका लागि समेत नेपालीभाषी भूटानी नागरिकहरू नेपाल आउने गरेको पाइन्छ । तर, भूटानी पर्यटकको अधिकांश सङ्ख्या भने धार्मिक तीर्थाटनका लागि रहेको पाइएको छ ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दर्शनका लागि भूटानीहरू आउने गर्छन् । त्यसबाहेक पर्यटकीय स्थल पोखरामा घुमफिरका लागि समेत उनीहरू नेपाल आउने गरेका छन् । रासस

सम्बन्धित खबर