सोमवार, साउन ११, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ: केदार घिमिरे

शुक्रवार, साउन २३, २०८२

काठमाडौँ, २३ साउनः कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उहाँले दर्शकबाट पाउनुभएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित हुनुभएका कलाकार घिमिरे केही समययता सर्वाधिक महँगा कलाकारका रुपमा चर्चामा आउनुभयो । एकप्लेट मःम र ३० सेकेन्ड टेलिशृङ्खलामा देखिन दिनभर छायाङ्कन स्थलमा बस्नुपर्ने कलाकार घिमिरे अहिले निर्माता र निर्देशकको रोजाइमा पर्ने कलाकार बनिसक्नुभएको छ । 
 
‘छक्का पञ्जा’ चलचित्रका शृङ्खलाबाट ठूलो पर्दामा स्थापित हुनुभएका कलाकार घिमिरेको ‘माग्ने राजा’ भदौ, ‘माइतीघर’ असोज र ‘जेरी अन टप’ कात्तिकमा प्रदर्शन हुँदैछ । व्यस्त कलाकार बनेर मनोरञ्जन दिइरहनुभएका कलाकार घिमिरेको ‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने सपना अझै पूरा भएको छैन । “साइलेन्ट कमेडी चलचित्रमा काम गर्ने मेरो सपना छ, किनकी त्यसबाट विश्वलाई आफ्नो कलाकारिता देखाउन सकिन्छ । चलचित्रमा संवाद नभएपछि त्यो सबै भाषीका लागि हुन्छ । त्यसले मेरो कलाकारिता र नेपाली चलचित्रलाई विश्वमा पु¥याउँछ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो । प्रस्तुत छ, कलाकार घिमिरेले ‘माग्ने बुढा’ हुँदै ‘माग्ने राजा’ सम्मको कलाकारिता यात्राको विषयमा नवीन पौडेल र भेषराज कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :
 
कलाकारितामा आफूलाई कसरी देख्नुभयो ?
 
म रेडियोमा काम गर्थे । त्यो समयमा ‘हिजो आजका कुरा’ टेलिशृङ्खला लोकप्रिय थियो । म त्यही सिलसिलामा विभिन्न कलाकारको अन्तर्वार्ता लिने गर्थें । उहाँहरूसँग कुराकानी गर्दागर्दै सामिप्यता बढ्यो । मलाई विस्तारै कलाकारिता गर्ने रहर जाग्यो । त्यसपछि मैले अग्रज कलाकारलाई अभिनय गर्ने इच्छा जाहेर गर्न थालें । अभिनय सिक्न सुझाव आएपछि मैले अभिनय म त्यही अनुरुप अगाडि बढें । निर्देशक सन्तोष पन्तको घर अगाडि लाइन लागेर नै ‘अडिसन’ दिएको छु । त्यो भिडमा म छानिएर अभिनय गर्न पाउनु मेरो भाग्य हो । नत्र त्यहाँ एकसे एक मान्छे थिए, जो कलाकार बन्न चाहन्थे । तर, म छानिएँ र कलाकारितामा पाइला अगाडि बढाउन सफल भएँ । 
 
सुरुआती दिनमा कस्तो काम पाउनुभयो ? 
 
म आफैँ लेखक पनि भएकाले म लेख्न सक्छु भन्दै काम माग्थें । टेलीशृङ्खलामा तीस सेकेन्ड देखिन पाउँदा, एक दुई संवाद बोल्न पाउँदाको खुसीलाई शब्दमा व्यक्त गर्न सक्दिन । कमलादीमा एउटा अभिनय सिकाउने ठाउँ थियो । त्यहाँ अधिकांश कलाकार आउनुहुन्थ्यो, सोही क्रममा दीपक दाइ (दीपकराज गिरी), दमन दाइ (दमन रुपाखेती), जितु दाइ (जितु नेपाल)लगायतसँग राम्रो चिनजान भयो । त्यसपछि उहाँहरूलाई म कलाकारिता गर्छु भनेर काम माग्थें । 
 
‘माग्ने बुढा’ को नाम कसरी पाउनुभयो ? 
 
अभिनय सिक्ने ठाउँमा चिनजान भएपछि दीपक दाइले ‘तीतो सत्य’ नामक टेलिशृङ्खला सुरू गर्नुभयो । त्यो लोकप्रिय हुँदा पनि मैले चाहेजस्तो लामो भूमिका पाएको थिइन । म लेख्न सक्छु भनेर ‘प्रेसर’ दिन्थें । तर, नयाँ कलाकारको रहर र निर्देशकको बाध्यता अहिले बुझ्न थालेको छु । ‘तीतो सत्य’ मा अभिनयको भोख नमेटिएपछि ‘जिरे खुर्सानी’ टेलिशृङ्खलासँग जोडिएँ । ‘तीतो सत्य’ सुरु भएको एक वर्षपछि सुरु भएको ‘जिरे खुर्सानी’ मा म व्यस्थापकको रुपमा जोडिएँ । अभिनय पनि गर्थे र अन्य सबै कममा सहयोग गर्थे । टेलिशृङ्खला लोकप्रिय भएपछि नयाँ र स्थापित कलाकार थपिन थाले फेरि मैले आफूले चाहे जस्ती अवसर पाउन सकिन । 
 
सोही टेलिशृङ्खलामा दमन दाइ र सीतारामजी (सीताराम कट्टेल) सँग सल्लाह भएपछि एउटा छुट्टै टेलिशृङ्खला तयार गर्न जुट्यौँ । सुरुमा हामीले ‘ढिकी च्याउँ’ नामक ३५ मिनेटको ‘डमी एपिसोड’ बनायौँ । त्यो प्रसारण भएन तर त्यसमा मैले निर्वाह गरेको ‘माग्ने बुढा’ को पात्रलाई ‘मेरी बासै’ मा ल्यायौँ किनकी त्यो पात्रलाई सबैले रुचाउनुभएको थियो । 
 
‘माग्ने बुढा’ किन सहजै दर्शकसँग जोडिए ? 
 
‘मेरी बासै’ सुरु गर्दा हामीले सहरकै कथा देखायौँ । सोही कारण सुरुआतका चार भाग दर्शकले हेरेनन् । टेलिशृङ्खला नै बन्द गर्ने भन्ने सल्लाह हुँदा गाउँमा ‘ट्राइ’ गरौँ भनेर नयाँ तरिकाले सुरुआत ग¥यौँ । म लगायतका साथीहरू गाउँमा हुर्किएकाले हामीले गाउँको कथालाई राम्रोसँग प्रस्तुत गर्न सक्यौंँ । ‘माग्ने बुढा’ लाई पनि आवरणसँगै बुढ्यौली बानी, व्यवहार दियौँ । आइरहेका पात्रभन्दा भिन्न भएकाले त्यसलाई दर्शकले आफूसँग नजिक ठान्नुभयो । त्यो बेला एउटा प्रयोग नै गरेको हो । किनकी मेरो उमेरअनुसार म बुढा थिइन, तर बोली र आवरणले मलाई ‘माग्ने बुढा’ मा स्थापित ग¥यो । किनकी दर्शकको जीवनसँग म जोडिएँ । अहिले पनि मलाई ‘माग्ने’ भनेर बोलाउनुहुन्छ, खुसी लाग्छ । 
 
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सँग तपाइँ ‘केसी’ जोडी भएर धेरै काम गर्नुभयो । पछि यो जोडी किन अलग भयो ?
 
कलाकार कट्टेलसँग मैले सुरुआती सङ्घर्ष गरेको छु । उहाँसँग अहिले पनि मेरो सुमधुर सम्बन्ध नै छ । हामीले काम गर्दा सानातिना मनमुटाव हुनु सामान्य नै हो, तर त्यही कारणले हामी अलग भएका हौँ भन्ने भाष्य गलत हो । कलाकार कट्टेल कलाकारिता छाडेर समाज सेवामा सक्रिय भएपछि हाम्रो जोडी फरकफरक रुपमा काम गर्न थालेका हौँ । त्यसपछि म कलाकार विल्सन विक्रम राईसँग ‘स्टेज कार्यक्रम’ मा देखिन थालें । तर, मैले कलाकार राईसँग जोडी बाँधेको थिइन । मेरो जोडी कलाकार कट्टेल नै हुनुहुन्थ्यो । हामी हाँस्य कलाकार एउटा परिवार जस्तै छौँ, हौँ । परिवारमा मनमुटाव कसको हुँदैन र ? तर, त्यही कारण विभाजित भइँदैन नि । 
 
टेलिशृङ्खलाबाट चलचित्रमा आउने सोच कसरी आयो ?
 
नेपाल टेलिभिजनमा ‘तीतो सत्य’, ‘जीरे खुर्सानी’ र ‘मेरी बास्सै’ निकै लोकप्रिय भयो । तर, कुनै समयमा बन्द हुने, फेरि सुरू हुने पनि भयो । त्यस्तो हुँदा कलाकार दीपकराज गिरीले हाम्रो समूह मिलेर चलचित्रमा काम गरौँ भनें प्रस्ताव ल्याउनुभयो । टेलीशृङ्खलामा आइरहेको उतारचढावले हामी सबैलाई चलचित्रमा पाइला टेक्न प्रेरित ग¥यो । हामी कलाकार गिरीको प्रस्तावमा सहमत भएर चलचित्रमा भित्रिएका हौँ । 
 
सुरुआती समयमा एकसाथ देखिनुभएका हास्य कलाकार विस्तारै छुट्टिनुभयो नि ?
 
सबै चलचित्रमा सबै पात्र उपयुक्त नहुन पनि सक्छ होला । सुरुआतसँगै गरेका हौँ, अहिले पनि सँगै काम गर्न असहमति छैन । सबैको आ–आफ्नो विचार हुनसक्छ, तर हामी अहिले पनि सबै चलचित्रमै काम गरिरहेका छौँ । हामी किन निरन्तरसँगै भएनौँ भन्ने जवाफ सायद मसँग पनि छैन । 
 
तपाई पनि विस्तारै बाहिर काम गर्दै हुनहुन्छ नि ?
 
पछिल्लो चलचित्र ‘छक्का पञ्जा ५’ सम्म म सँगै छु । अबको त्यसपछि दुई÷तीन वर्ष ‘छक्का पञ्जा’ नल्याउने सल्लाह भएपछि म बाहिरको चलचित्रमा व्यस्त भएको हुँ । पहिला मैले धेरै चलचित्रकर्मीलाई ‘नो’ भनेको थिएँ । अहिले भने आफूलाई सुहाउँदो कथावस्तु र भरपर्दो निर्माण समूहसँग काम गरिरहेको छु । तर, म ‘छक्का पञ्जा’ समूहसँग छुटिएको भन्ने होइन, उक्त परिवारको सदस्यका रुपमा सधँै रहिरहने छु । बाहिर काम गर्दा पनि म सल्लाह गरेर नै आएको हुँ ।  
 
बाहिर काम गर्ने सिलसिलामा ‘माग्ने राजा’ नै किन रोज्नुभयो ?
 
यो पात्र मसँग जोडिएको छ । मलाई नै हरेर तयार गरिएको जस्तो छ । मलाई सधैँ सहायक भूमिकामा देख्ने र चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाउँ भन्ने दर्शकका लागि यो चलचित्र खास छ । यो हाँस्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ । यो एउटा आमनागरिकको कथा हो । एउटा नागरिकले आफूलाई राजा ठानेर गर्ने गतिविधिलाई चलचित्रमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिए तापनि यसले एउटा महत्वपूर्ण शिक्षा पनि दिन्छ । 
 
तपाई लेखक पनि भएकाले चलचित्र निर्देशन गर्ने तयारी छैन ?
 
मैले कलाकारिता सुरु गर्दादेखि नै लेख्ने गर्थें । अहिले पनि लेखनलाई छाडेको छैन । मैले चलचित्र निर्देशन गर्ने सोच बनाएर केही कथा पनि लेख्ने प्रयास गरें । दुई÷ तीन वटा कथा लेखें पनि तर त्यसलाई पूरा गर्न सकिन । त्यही सिलसिलामा बाहिरका चलचित्रका प्रस्ताव आउन थाले । व्यस्त भएकाले मैले चलचित्र लेख्नलाई पूर्णता दिन सकेको छैन । त्यसकारण निर्देशन गर्ने समय पाएको छैन । तर मेरो सोच चलचित्र निर्देशन गर्ने छ । भविष्यमा निर्देशक बन्छु । 
 
गाईजात्रामा नदेखिनुभएको लामो समय भयो । प्रहसन गरौँ जस्तो लाग्दैन ?
 
लाग्छ नि । हामी हाँस्य कलाकारको ठूलो पर्व हो गाईजात्रा । त्यहाँ मञ्चमा उभिएर अगाडि रहेका दर्शकलाई खुसी बनाउनुको आनन्द बेग्लै छ । तर, पछिल्लो केही वर्षयता चलचित्रमा व्यस्त भएकाले समय निकाल्न सकेको छैन । चलचित्रमा जोडिएपछि अभिनयसँगै प्रचार र प्रदर्शनपछि पनि काम गर्नुपर्छ । त्यसकारण समय मिलाउन नसकेर नै हो । नत्र गाईजात्रामा प्रस्तुत हुने रहर नहुने हाँस्य कलाकार सायदै होलान् । मैले धेरै ‘मिस’ गर्छु । तर, आफ्ना जिम्मेवारी र दायित्वले गर्दा म गाईजात्रामा छैन । समय मिलेमा भविष्यमा फर्किनेछु । 
 
हाँस्य कलाकार बन्न चाहनेका लागि अहिलेको समय कस्तो छ ?
 
अहिलेको युग, डिजिटल र प्रविधिमैत्री हो । त्यसकारण अवसर सिर्जना गरेसँगै कडा प्रतिस्पर्धाको चुनौती दिएको छ । मैले कलाकारिता सुरुआत गर्दा एउटा टेलीशृङ्खला वा गाईजात्रामा देखिदा सबैले चिन्थे । अवसर पाउन निकै मेहनत गर्नु पथ्र्यो । तर, अहिले पाएको अवसरमा आफूलाई अब्बल सावित गर्न मेहनत गर्नुपर्छ । यो राम्रो पनि हो । अहिले हाम्रो काम विश्वव्यापी भएको छ । यसकारण पनि मेहनत गर्नुको विकल्प छैन । 
 
भविष्यमा राजनीति गर्ने सोच छ कि ? 
 
छैन । म कलाकार हुँ, सबैको भएर आफ्नो कलाकारिता गर्न चाहन्छु । मेरो धर्म सबैलाई मनोरञ्जन प्रदान गर्नु हो, त्यही गर्न चाहन्छु । राजनीतिको प्रस्ताव घुमाउरो रुपमा नआएका होइनन् तर, म कलाकार हुँ, म राजनीतिसँग टाढा नै बस्न रुचाउँछु । मलाई राजनीतिमा कहिले पनि देख्नु हुनेछैन । म नेपाली नागरिक र कलाकार भएर नै रहन्छु । 
 
खाली समयलाई कसरी सदुपयोग गर्नुहुन्छ ? 
 
म सिर्जनात्मक काम नै गर्छु । केही लेख्ने काममै व्यस्त हुन्छु । म यतिकै बस्न सक्दिन, त्यसैले मैले सिर्जनात्मक काममा आफूलाई व्यस्त बनाउँछु । त्यसले मेरो ज्ञानलाई बढाउनुका साथै सकारात्मक सोचलाई बढाउँछ । अहिले सामाजिक सञ्जालकै उदाहरण लिन सकिन्छ । त्यसले स्थानीय पर्यटकीय स्थल प्रवद्र्धनदेखि विभिन्न सहयोग जुटाउने महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । तर, त्यही समाजिक सञ्जाललाई केहीले नकारात्मकता फैलाउन पनि प्रयोग गरेका छन् । त्यसैले हामी सकारात्मक सोचका साथ सकारात्मकता फैलाउनु पर्छ र सिर्जनशील हुनुपर्छ भन्ने मलाई लाग्छ । 
 
तपाईले सङ्घर्षबाट प्राप्त गर्नुभएको सफलताले के सिकायो ? 
 
आफ्नो लक्ष्यप्राप्त गर्न निरन्तरता आवश्यक छ । अहिले गरेको कामको अहिले नै नतिजा आउँछ भन्ने छैन । आफ्नो अस्तित्वलाई स्वीकारेर खुसी बन्नसके आफ्नो गन्तव्यमा अवश्य पुगिन्छ । जस्तै म आउँदै गरेको तीजलाई दिदीबहिनीहरूले धुमधामका साथ मनाउनुहुन्छ । पछिल्लो समय देखासिखीमा केही भड्किलो भएको पनि सुनिन्छ । पर्वले हाम्रो परिवारबीचको सामिप्यता बढाउँछ, हाम्रो कला, संस्कृति र संस्कारलाई दर्साउँछ । तर, हामीले यसको परम्परागत मान्यता छाडेर भड्किलो मनाउन खोज्दा यसले हामी, परिवार वा समाजलाई समेत असर गरिरहेको छ । हामीले खुसी खोज्न अन्त जानै पर्दैन, आफैँमा हुन्छ । आफूलाई चिनेर कर्म गरे, त्यसले सफलतामा अवश्य पु¥याउँछ । म एउटा साधारण मान्छे मेहनत गरेर यहाँ आएको छु, अझैँ मेहनत गरिरहेको छु । त्यसैले हामीले कर्म गर्न छाड्न हुँदैन ।
सम्बन्धित खबर