सोमवार, साउन १८, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Her gün yeni kampanyalarla kazanç şansını artıran paribahis sektörde fark yaratıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Her zaman şeffaf politikalarıyla bilinen paribahis güvenilir bir bahis ortamı sağlar.

Kumarhane eğlencesini online yaşatan casinomhub büyük ilgi görüyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

विर्तामोडको अभियानः ‘पारिको होइन, वारिको खाउँ’

सोमवार, साउन २६, २०८२

चन्द्रकला भण्डारी
झापा, २६ साउनः विर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उहाँले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी नगरभित्रैका कृषकको ‘अग्र्र्यानिक’ उत्पादन हुन् ।
 
“यहाँ किनेको सब्जीहरुमा विषादी छैन भन्नेमा ढुक्क छु,” उहाँ भन्नुहुन्छ, “बजारको जुन पायो त्यही सब्जी किनेर खाँदा रोगले गाज्ला भन्ने डर छ । सामुदायिकको तरकारी अन्यत्रभन्दा सस्तो र ताजा पनि छ ।” पहिले पहिले पारि (भारत) बाट आयातित सब्जी किनेर खानुपर्ने बजारको बाध्यात्मक अवस्था फेरिएको बताउँदै उहाँले अहिले वारि (स्वदेश)कै उत्पादन खान पाएकामा खुसी व्यक्त गर्नुभयो ।
 
केही वर्ष अघिसम्मको चलन हेर्ने हो भने पूर्वी झापाको बिर्तामोड, भद्रपुर, चारआली, धुलाबारी र काँकडभिट्टाका धेरै गृहिणीहरु भान्सामा प्रयोग हुने सामान किन्न सीमावर्ती भारतीय बजार पानीटङ्की, नक्सलबाडी र गलगलिया जाने गर्दथे । स्थानीय बजारमा पनि आयातित तरकारी तथा फलफूलको छ्याप्छ्याप्छती बिक्री हुने गर्दथ्यो । आयातित तरकारीले नै नेपाली बजार ओगटेको थियो । बिर्तामोडको कृषि थोक बजारमा एकाबिहानै भारतबाट आइपुग्ने तरकारी र फलफूल हरेकको भान्सामा सहजै पुग्थ्यो ।
 
अहिले अवस्था फेरिएको छ । बिर्तामोडका गृहिणीहरु भान्साको सामान किन्न भारत धाउँदैनन् । आफ्नै पालिकामा फलेका ताजा, विषादीमुक्त र अग्र्यानिक सागसब्जी उनीहरुको रोजाइ बनेको छ । पारिको साटो वारिकै तरकारी उपभोग गर्ने अवस्थामा नगरवासीलाई ल्याउन विर्तामोड नगरपालिकाले निकै ठूलो लगानी र मिहेनत गरेको छ ।
 
भारतबाट आयातित तरकारी तथा फलफूलमा रहेको विषादीको अवशेष जाँच गर्दा खान अयोग्य पाइएको समाचार सञ्चारमाध्यममा पटकपटक आउने गर्छ । आयातित तरकारीमा विषादीको अवशेष धेरै भेटिएपछि बिर्तामोड नगरपालिकाले यसको विकल्प खोज्ने क्रममा स्वदेशमै उत्पादन बढाउने र बजारीकरणमा सघाउने योजना बनाएको हो ।
 
विक्रम संवत् २०७५ मा विर्तामोडका तत्कालीन नगरप्रमुख ध्रुव सिवाकोटीले भारतबाट आयातित मरेका माछा बिक्रीमा रोक लगाउने नीति लागू गर्नुभयो । उहाँकै पालामा ‘मेयर विषादीमुक्त नगर’ भन्ने विशेष कार्यक्रम नगरपालिकाले सुरु गर्यो । यो कार्यक्रमले नगरभित्र निर्वाहमुखी खेती गरिरहेका किसानलाई सङ्गठित गरेर व्यावसायिक बन्न तालिम, सीप, उपकरण, बीउ, मल, अनुदान र प्राविधिक सहयोग दियो । यो कार्यक्रम आठ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको छ ।
 
नगरको कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाका अनुसार नगरमा हाल १५७ जना व्यावसायिक तरकारी कृषक सूचीकृत भएर ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रममा जोडिएका छन् । उनीहरुले उत्पादन गरेको अग्र्यानिक तरकारी तथा फलफूल बिक्रीको उचित व्यवस्थापनका लागि नगरपालिकाले सातवटा सामुदायिक तरकारी बिक्री केन्द्र र एउटा मुख्य सङ्कलन केन्द्र सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
 
‘पारिको होइन, वारिको खाउँ’
आयातित तरकारीमा अनियन्त्रित विषादीको अवशेष हुने र परनिर्भरता पनि बढ्ने भएकाले त्यसको विकल्प खोजिरहेको बिर्तामोड नगरपालिकाले गत वर्षको साउन ७ गते आफ्नै सामुदायिक तरकारी बिक्री केन्द्रको सुरुआत गर्दै आह्वान ग¥यो–‘पारिको होइन, वारिको खाउँ’ । हाल ‘पारिको होइन, वारिको खाउँ’ भन्ने नाराअन्तर्गत नै नगरको कृषि विकासका विभिन्न परियोजनाहरु सफलतापूर्वक अघि बढिरहेका छन् । उपभोक्ताले आफ्नै नगरमा उत्पादन भएको ताजा तरकारी खान पाएका छन् । नगरमा अहिले यो नारा लोकप्रिय मात्र बनेको छैन, आत्मनिर्भर अभियानमा हरेक नगरवासी जोडिन पुगेका छन् ।
 
नगरप्रमुख पवित्रा महतरा प्रसार्इंले नगरपालिकाले बर्सेनि डेढ करोडभन्दा बढी बजेट कृषिमा लगानी गरिरहेको जनाउँदै यसबाट उत्पादन बढेको बताउनुभयो । किसानको उत्पादनले उचित दाम पाउन सकोस् भनेर समर्थन मूल्य तोकिएको र किसानलाई मूल्य निश्चित गरिएको उहाँले बताउनुभयो ।
 
नगरपालिकाले १६ प्रकारका तरकारीको न्यूनतम् समर्थन मूल्य तोकेको छ । नगरमा सूचीकृत किसानले फलाएको उत्पादनले न्यूनतम् मूल्य नपाएमा नगरपालिकाले क्षतिपूर्तिबापत रकम भुक्तानी दिने गरेको छ । यो वर्ष समर्थन मूल्य प्रतिकेजी बोडी रु ३०, लौका २७, गोलभेँडा रु ३०, भेडे खुर्सानी रु ५१, घिरौँला रु २६, करेला रु ३२, बैगुन रु २६, सिमी रु ४६, भिण्डी रु ३६, काउली रु २६ र बन्दा रु २४ तोकिएको कृषि शाखाका प्रमुख कडरियाले जानकारी दिनुभयो ।
 
रोजाइ बन्दैछन् सामुदायिक बिक्री केन्द्र
‘पारिको होइन, वारिको खाउँ’ भन्ने कार्यक्रमको परिकल्पना गर्नुभएकी नगरप्रमुख प्रसाईंले सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनको पहिलो वर्षमै रु ७३ लाख २३ हजार ५४० मूल्य बराबरको स्थानीय उत्पादन बिक्री भएको बताउनुभयो । आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिकाको मुख्य सङ्कलन केन्द्रमा स्थानीय किसानले फलाएको २७६ मेट्रिक टन तरकारी बिक्रीका लागि ल्याइएको थियो । बजारको उतारचढावका कारण उचित मूल्य नपाएका ६७ जना किसानले एक वर्षमा न्यूनतम् समर्थन मूल्यबापत रु १२ लाख ८१ हजार ८८७ भुक्तानी पाएका छन् ।
 
विर्तामोड–७ स्थित हाम्रो कृषि फार्मले न्यूनतम् समर्थन मूल्यबापत यस वर्ष सबैभन्दा बढी रकम रु पाँच लाख ३४ हजार ५११ पाएको छ । फार्मका सञ्चालक प्रदीप खनालले ४० बिगाहा जग्गा भाडामा लिएर धान, तरकारी र फलफूलको खेती गर्दै आएको बताउनुभयो । “नगरपालिकाले किसानलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम ल्याएकै कारण हामी जस्ता युवा विदेश जान छाडेर कृषि पेसामा रमाइरहेका छौँ,” सात वर्षअघि ठेक्कापट्टा व्यवसाय छाडेर कृषिमा समर्पित भएर लाग्नुभएका खनालले भन्नुभयो, “३० बिगाहामा धान र १५ बिगाहामा फलफूल लगाएको छु । १६ कट्ठामा बोडीखेती गरेको छु ।”
 
सोह्र कट्ठामध्ये आठ कट्ठामा उहाँले दैनिक ५०० केजी बोडी फलाएर नगरपालिकाको सामुदायिक तरकारी बिक्री केन्द्रमा पु¥याइरहेको बाताउनुभयो । कृषिबाटै वार्षिक रुपमा रु एक करोड मुनाफा गर्दै आएको उहाँको भनाइ छ । नगरका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले किसानले फलाएको तरकारी तथा फलफूलको विषादी अवशेष जाँचेर खानयोग्य प्रमाणित भएपछि मात्र सामुदायिक बिक्री केन्द्रमा पठाउने गरिएको बताउनुभयो । “किसानको उत्पादनको सही मूल्य र उपभोक्ताको स्वास्थ्य जस्ता महत्वपूर्ण विषयमा हामीले ध्यान दिने गरेका छाँै,” उहाँले भन्नुभयो, “बिक्री केन्द्रमा समेत हरेक वस्तुको मूल्यसूची राख्ने व्यवस्था मिलाएका छौँ ।”
 
आयात प्रतिस्थापनमा योगदान
आफ्नै बारीको तरकारी खान प्रोत्साहित गरेर विर्तामोडले नगरपालिकालाई आत्मनिर्भर बनाउन प्रयास गरिरहेको छ । यसबाट आयात प्रतिस्थापन भई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने नगरका उपप्रमुख सङ्ग्रौला बताउनुहुन्छ । पछिल्लो जनगणनाअनुसार विर्तामोडमा एक लाख १६ हजार १९२ जनसङ्ख्या र २९ हजार ८५२ परिवारको बसोबास छ । भाडा र डेरामा बसोबास गर्नेहरुको आँकडा जोड्ने हो भने जनसङ्ख्या दुई लाख पुग्ने सम्भावना छ ।
 
पूर्वीनाका काँकडभिट्टा हुँदै भारतबाट बर्सेनि करोडौँको तरकारी तथा फलफूल नेपाल भित्रिने गरेको छ । जसको अधिकांश हिस्सा झापामा बिक्री हुन्छ । ‘प्लान्ट क्वारेन्टाइन’ कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा भारतबाट रु ३८ करोड ३२ लाख १८ हजारको २१ हजार ५९ मेट्रिक टन ताजा तरकारी, रु ३८ करोड ११ लाख २१ हजारको सात हजार ७०३ मेट्रिक टन ताजा फलफूल, रु ६४ करोड १५ लाख २० हजारको पाँच हजार ३४६ मेट्रिक टन लसुन र रु ७३ करोड ८६ लाख ९६ हजारको ३० हजार ७७९ मेट्रिक टन आलु आयात भएको छ ।
 
“पारिको निर्भरता घटाउने भन्नासाथ आफ्नै बारीमा कसरी पर्याप्त मात्रामा तरकारी फलाउने भन्ने सोच्नुपर्ने हुँदो रहेछ,” उपप्रमुख सङ्ग्रौला भन्नुहुन्छ, “हाम्रा प्रयासहरु त्यही दिशामा अग्रसर छन् । नगरपालिकाले एक कृषक समूह एक उत्पादनको अभियानलाई सार्थक रुपमा सञ्चालन गरिरहेको छ । यसबाट आत्मनिर्भरताको राम्रा परिणामहरु प्राप्त भइरहेका छन् ।” बिर्तामोडको कुल क्षेत्रफल ७८ वर्ग किमीमध्ये ९२ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन रहेको जनाउँदै २४ प्रतिशतभन्दा बढी जमिनमा बाह्रैमास सिँचाइको सुविधा रहेको छ । नगरको अग्र्यानिक कृषि अभियानले भान्साको आवश्यकता पूरा गर्न भारत जाने पैसा स्वदेशमै रोकिएको वडा नं ५ का अध्यक्ष रोहित प्रसाई बताउनुहुन्छ ।
सम्बन्धित खबर