मङ्गलवार, चैत ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सन्तको तपस्याबाट बनेको नमूना पुस्तकालय

सोमवार, भदौ १६, २०८२

झापा, १६ भदौ : झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीको एक सानो आँगनबाट थोरै पुस्तकसहित सुरु भएको त्यो यात्रा आज हजारौँ पुस्तकले सजिएको तीनतले सुन्दर भवनसम्म आइपुगेको छ । नून, अन्न र चप्पल त्यागी गेरुवा बस्त्रमा खाली खुट्टा हिँड्ने एक सन्तको सपना थियो— ज्ञानको दैलो सबैका लागि खोल्ने ।समाजले सुरुमा बौलाहा भन्यो, मगन्ते भन्यो, तर वर्षौँको त्याग र तपस्याले त्यसैलाई देशकै उत्कृष्ट पुस्तकालयमा रूपान्तरण गरिदियो । विसं २०५३ को नयाँ वर्षको बिहान धुलाबारी माविको प्राङ्गणमा केही पुस्तक राखेर सुरु गरिएको पुस्तकालय, त्यसपछि भाडाका कोठाबाट अघि बढ्दै, अन्ततः आफ्नै जग्गामा टेकेर आजको स्वरूपमा आइपुगेको हो । यसमा सामान्य परिवारमा जन्मिएका प्रेमप्रकाश पोखरेलको महत्वपूर्ण योगदान रह्यो । जसले नून, अन्न र जुत्ता–चप्पल परित्याग गरेर गेरुवा बस्त्र धारण गरेपछि उनी फलाहारी नामले चिनिन थाले ।

संस्थापक प्रेमप्रकाश ‘फलाहारी’सँगै कुलबहादुर भण्डारी, मोहनकुमार खड्का, भक्तिप्रसाद सिवाकोटी र पण्डित विष्णु पराजुली यस यात्राका अग्रपङ्क्तिका पात्र हुन् । पक्कै पनि सुरुका दिन सजिला थिएनन् । फलाहारीलाई कसैले बौलाहा भने कसैले मगन्ते । छोराछोरी पाल्न सक्दैन, आफ्नै मोजमस्ती गर्छ भन्ने आरोप पनि खेप्नुप¥यो । तर, उनले कुनै आरोपप्रति जवाफ दिएनन् । बरु, गेरुवा बस्त्रमा अन्न, नून र चप्पल त्यागेर देशभर खाली खुट्टा पैदलयात्रा गर्दै पुस्तकालयको लागि हात फैलाइरहे ।

दानवीरहरुको हातले बनेको धरोहर

प्रेमप्रकाश फलाहारीले जीवनका तीन दशक पुस्तकालयकै नाममा अर्पण गरेका छन् । नून, अन्न र जुत्ता–चप्पल परित्याग गरेर गेरुवा बस्त्रमा देशभर पैदलयात्रा गर्दै उनले लागुपदार्थविरुद्ध जनचेतना फैलाउनुभयो र धार्मिकस्थलको प्रचार गर्नुभयो । तर उहाँको ठूलो सपना पुस्तकालय नै थियो । उहाँ भन्नुहुन्छ, “पूर्खाले आर्जेको ज्ञान पुस्तकमा हुन्छ । त्यसको अध्ययन–पठनमै जीवनको प्रकाश छ ।” एक व्यक्तिको एक्लो प्रयासले विभिन्न स्रोत जुटाउँदै यतिसम्मको पुस्तकालय स्थापना गर्नु निकै चुनौतीपूर्ण काम भएको स्थानीय पत्रकार देवेन्द्रकिशोर ढुङ्गाना बताउनुहुन्छ । राज्यले नियमित रुपमा आर्थिक सहयोग गर्ने हो भने त्रिफला पुस्तकालय चलायमान बनाउन सहज हुने उहाँको भनाइ छ । साथै, विद्यार्थी, पत्रकार, युवायुवतीलगायत अन्य व्यक्तिलाई पुस्तकालयमा नै गएर पठन संस्कृतिको विकास गर्नुपर्नेमा पत्रकार ढुङ्गानाले जोड दिनुभयो ।

त्रिफला राष्ट्रिय पुस्तकालय केबल पुस्तक राख्ने ठाउँ होइन, यो त्याग, श्रम र तपस्याले टल्किएको एउटा ज्योति हो । समाजले सुरुमा हेला गरेको त्यो बौलाहा–मगन्ते सन्तले देखाएको बाटोले आज सम्पूर्ण नेपालीलाई गौरवको अनुभूति दिलाएको छ । त्रिफलाको कथा यसैलाई सम्झाउँछ, “सपना ठूलो भए पुस्तक मात्र होइन, पुस्ता उज्यालो बनाउन सकिन्छ ।”त्रिफलाको यात्रामा राष्ट्रगुरु योगी नरहरिनाथको जीवन–आदर्श प्रेरणा बनेको फलाहारी बताउनुहुन्छ । जग्गादाता टीकाराम अर्याल, साहित्यकार छत्रबहादुर बस्नेत, दाताहरु गणेशबहादुर प्रसाइँ, प्राडा गोविन्दराज भट्टराई, हरिभक्त बुढाथोकीलगायतले आ–आफ्नो सामथ्र्यअनुसार सहयोग गर्नुभयो । कसैले जग्गा उपलब्ध गराउनुभयो, कसैले पुस्तक त कसैले आर्थिक हिसाबले सहयोग गर्नुभयो । फलाहारी भन्नुहुन्छ “यी सबै सच्चा भगवानकै अवतार हुन् । उहाँहरुको नाम म आज पनि दैनिक जप्छु । उहाँहरुको सहयोग नभएको भए सायद पुस्तकालय यो अवस्थामा आइपुग्दैन्थ्यो ।” यिनै दानवीरका कारण त्रिफला आज कोशी प्रदेशको मात्र नभइ देशकै नमूना पुस्तकालय बनेको छ ।

भौतिक संरचना ः एउटा पुस्तकालयभन्दा बढी

फलाहारीका अनुसार त्रिफलाचोकमा रहेको पुस्तकालय दुई कठ्ठा पाँच धुर जग्गामा फैलिएको छ । ३२ सय वर्गफुट क्षेत्रफलमा बनेको तीन तले पक्की भवन आकर्षक र व्यवस्थित छ । पहिलो तलामा पुस्तकालय, वाचनालय र कार्यालय छन् । प्रवेशद्वारमै सरस्वती मन्दिर छ, जहाँ दैनिक पूजा हुन्छ । दोस्रो तलामा फराकिलो सभाहल छ, जहाँ साहित्यिक, शैक्षिक र सांस्कृतिक कार्यक्रम निरन्तर हुने गर्दछ । तेस्रो तलामा नौ कोठे अन्तरराष्ट्रिय अतिथि आवास बनेको छ, जसले त्रिफला पुस्तकालयलाई अन्तरराष्ट्रिय केन्द्रको स्वरूपको झल्को दिएको छ । यसैको पछाडि मोती साहित्य चौतारी भवन छ, जहाँ राष्ट्रिय विभूति मोतीराम भट्ट र समाजसेवी कवि छत्रबहादुर बस्नेतका पूर्णकदका सालिक छन् । पुस्तकालयसँगै मोती पुरस्कार कोष पनि सञ्चालनमा छ । एउटै तिथि कुशेऔँसीमा मोतीराम भट्टको जन्म र मृत्यु भएको थियो । उक्त अवसर पारी हरेक वर्ष कुशेऔँंसीका दिन नेपाली साहित्य क्षेत्रमा योग्दान पु¥याएका स्रष्टालाई सम्मान तथा पुरुस्कृत गर्ने गरिएको फलहारीले बताउनुभयो ।

ज्ञानको खजानाः पचास हजारभन्दा बढी पुस्तक


हाल पुस्तकालयमा धार्मिक, ऐतिहासिक, पुरातात्विक, शैक्षिक, साहित्यिकदेखि पत्रकारिता, विज्ञान, दर्शन र विविध भाषाका ५० हजारभन्दा बढी पुस्तक र पत्रपत्रिका रहेको फलहारी बताउनुहुन्छ । तर व्यवस्थापन सजिलो छैन । पुस्तकालयविद् र प्राविधिक कर्मचारी नहुँदा पुस्तक लथालिङ्ग छन् । कोशी प्रदेश सरकारको केही रकम अनुदानपछि मात्रै पहिलो पटक पुस्तकको ‘बाइण्डिङ’ र ‘क्याटलगिङ’ सुरु भएको हो । आर्थिक अभावका कारण नियमित कर्मचारी राख्न र पुस्तकालयलाई थप व्यवस्थित बनाउन सकिएको छैन । फलाहारी भन्नुहुन्छ, “धेरै पुराना र दुर्लभ पुस्तक छन् । तिनीहरुलाई जोगाउन व्यवस्थित र सुरक्षित पार्न जरुरी छ ।” नेपाल भारतलगायत विभिन्न ठाउँबाट दाताहरुको सहयोगमा प्राविधिक ल्याएर केही पुस्तकहरु ‘बाइण्डिङ’ र ‘क्याटलगिङ’ गरिए पनि अझै धेरै गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

त्रिफलाले पठन संस्कृतिको विकासका लागि निरन्तर काम गरिरहेको छ । साहित्यिक कार्यक्रम, वाचन प्रतियोगिता, पुस्तक प्रदर्शनीमार्फत समुदायमा पढ्ने संस्कार फैलाउन खोजिएको छ । फलाहारी भन्नुहुन्छ, “अबको पठन संस्कृति विद्युतीय पुस्तकालय र आधुनिक प्रविधिसँगै जोडिनैपर्छ । विद्यालयका शिक्षक र अभिभावकबाटै पढ्ने बानी सुरु गराउन आवश्यक छ ।” यसका लागि त्रिफलाले मेचीनगर नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीलाई पुस्तकालय भ्रमण गराउने र यहाँका गतिविधिबारे प्रत्यक्ष अवलोकन गराई पठन संस्कृतिप्रति प्रेरित गर्ने गरिएको छ । विस्तारै यसलाई जिल्लाभरिमा नै फैलाउने योजना रहेको फलाहरि बताउनुहुन्छ । किरा, धमिरा, माउ, चिसो र चोरीबाट पुस्तक जोगाउनु निकै चुनौतीपूर्ण छ । हरेक वर्ष सयौँ पुस्तक नष्ट हुने गरेको छन् । फलाहारी मुस्कुराउँदै भन्नुहुन्छ, “बरु फलामको चिउरा चपाउन सजिलो होला तर पुस्तकालय चलाउन धेरै गाह्रो रहेछ ।” यसका लागि प्राविधिक दक्षता, औषधि र व्यवस्थापन अपरिहार्य भएको उहाँ बताउनुहुन्छ ।

देशकै उत्कृष्ट पुस्तकालय

त्रिफला राष्ट्रिय पुस्तकालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७७ सालमा देशकै उत्कृष्ट पुस्तकालयको सम्मान समेत प्राप्त गरिसकेको छ । नेपाल मात्र नभइ पूर्वोत्तर भारतसम्म नेपाली भाषा, साहित्य र पुस्तकालय सेवामा पु¥याएको योगदानका कारण यो सम्मान पाएको फलहारी बताउनुुहुन्छ । मन्त्रालयले हरेक वर्ष एक पुस्तकालयलाई यस्तो सम्मान प्रदान गर्दै आएकामा उक्त सम्मान पाउनेमा त्रिफला छनोट हुनु यसको ऐतिहासिक उपलब्धिसमेत भएको उहाँको भनाइ छ ।हाल त्रिफला पुस्तकालयको नियमित आम्दानीको स्रोत केही पनि छैन । त्रिफलाको पश्चिमपट्टि खाली रहेको जमिनमा सामुदायिक भवन निर्माण गरी सटर तथा भवन भाडामा लगाई दीर्घकालीन रुपमा आयस्रोत सिर्जना गर्ने योजना रहेको फलहारी सुनाउनुहुन्छ । यसरी आउने आयबाट पुस्तकालयको खर्च—बत्ती, पानी, इन्टरनेट, फोन र कर्मचारी तलबलगायतमा खर्च व्यवस्थापन गरिने उहाँको भनाइ छ । साथै, कम्तीमा तीन प्राविधिक पुस्तकालयविद् कर्मचारीको दरबन्दी सुनिश्चित गर्न सकेमा पुस्तकालय अझै व्यवस्थित बन्न सक्नेछ ।

सम्बन्धित खबर