सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

आलेख : बिरानो बन्यो मेची पारिको नेपाल

बुधवार, भदौ १८, २०८२

झापा, १८ भदौ : मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ । यहाँका लगभग डेढ सय बासिन्दा दिनदिनै उपभोग्य वस्तु किन्न भारतीय बजार धाउँछन् । बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ ।

आदिवासी समुदायका राजवंशी, सन्थाल, यादवलगायतको बसोबास रहेका यी तीन गाउँका नेपालीको जीविकाको मुख्य स्रोत खेतीपाती र पशुपालन हो । गाउँमा पढेलेखेका खासै मानिस छैनन् । नदीले भूगोल अलग्याएर मेची पारि पु¥याएपछि यहाँ राज्यको उपस्थितिको नाममा कक्षा दुईसम्म पठनपाठन हुने मेची आधारभूत विद्यालय मात्र छ, जहाँ नेपाली राष्ट्रिय झण्डा फहराइन्छ । विद्यालय लागेका बेला राष्ट्रिय गान गुञ्जिन्छ ।

नेपाल सरकारले भर्खरै पु¥याएको सुविधा भनेको विद्युत्को प्रशारण लाइन हो । त्यो पनि ट्रान्सफर्मरको अभावमा बेलुका टुकीले जस्तै धिपधिपे मात्र उज्यालो दिन्छ । अधिकांश बासिन्दाको जग्गाको धनीपुर्जा छैन । भारतीय निर्भरता बढेता पनि यहाँका बासिन्दालाई नेपालकै छुट्टै माया छ । “कतिपयको नागरिकता बनेको छैन, जग्गाको धनीपुर्जा पाएको छैन”, ग्वालबस्ती टोल विकास संस्थाका अध्यक्ष अमुल यादव भन्नुहुन्छ, “दशगजाको नेपाली पिलर रुङेर बसेका छौँ । नेपालले चाहिँ हामीलाई माया गरेन ।”

मेची पारिका नेपालीले वर्षौंदेखि वारिको नेपाली भूभागसँग जोडिनका लागि मेची नदीमा पुलको माग गर्दै आएका छन् । थोरै बासिन्दा भएकाले पक्की पुलको साटो झोलुङ्गे पुल बनाउन उनीहरुले भन्दै आएका छन् । झोलुङ्गे पुल बनेपछि दिनैपिच्छे उपभोग्य सामान किन्न भारतीय बजार धाउन नपर्ने उनीहरुको आशा छ । अध्यक्ष यादवका अनुसार मेची वारिको कालिका आधारभूत प्राविमा कक्षा ५ सम्म र अरनिको माध्यमिक विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ । पुल बनेमा यहाँका विद्यार्थीले त्यहाँ गएर पढ्न पाउँथे । पुलको अभावमा यहाँको कक्षा २ सम्म पढाई हुँदै आएको मेची आधारभूत विद्यालयमा समेत पूरा अवधि पठनपाठन हुने यहाँका बासिन्दाको आशा छ । बर्खामा मेची नदीमा पानीको सतह बढ्ने भएकाले आउजाउ गर्न नसकेर वारिका शिक्षकहरु विद्यालय धाउन सकिरहेका छैनन् । हाल विद्यालयको पठनपाठन ठप्प छ ।

अहिलेसम्म भएका सबै चुनावका उम्मेदवारले स्थानीयवासीलाई झोलुङ्गे पुल बनाइदिने आश्वासन दिँदै भोट माग्ने गरेको टोल विकास संस्थाका अध्यक्ष यादव बताउँछन् । उहाँ जनप्रतिनिधिप्रति गुनासो गर्दै भन्नुहुन्छ, “भोट माग्ने बेलामा पुल बनाइदिन्छौँ भन्दै आउँछन् । चुनाव जितेर गएपछि नाक मुख देखाउँदैनन् ।”

पुल नभएका कारण नेपाली सुरक्षाकर्मी नै हत्तपत्त नपुग्ने ती गाउँमा हालै राफ्टिङ बोट (हावा भरिएको डुङ्गा)को यात्रा गरेर झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी पुग्नुभयो । मेची पारिको गाउँमा प्रजिअ अधिकारी सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका जिल्ला प्रमुखहरुसहित जानुभएको थियो । “सिडिओ साहेवहरु नौका चढेर आउनुभएको थियो”, मेची पारिको ती गाउँको समेत प्रतिनिधित्व गर्दै आउनु हुने मेचीनगर–१५ का वडासदस्य वृक्षलाल राजवंशीले भन्नुभयो, “गाउँ घुम्नुभयो । सिमानाको अवस्था के छ भनेर सोध्नुभयो । खेतीपाती डुलेर हेर्नुभयो । समस्याहरु के छन् भनेर सोधेपछि हामीले बिजुलीको ट्रान्सफर्मर र मेची नदीमा झोलुङ्गे पुलको माग राख्यौँ ।”

दुई घण्टाजति प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्ला प्रमुखहरु पुग्दा गाउँलेलाई नेपाल सरकार आएजस्तो बल्ल अनुभूति भएको वडासदस्य राजवंशी बताउनुहुन्छ । प्रजिअ अधिकारीले गाउँलेकै सामु नेपाल विद्युत् प्राधिकरणको सम्बन्धित कार्यालय प्रमुखलाई फोन गरेर मेची पारि तत्कालै बिजुलीको ट्रान्सफर्मर राखिदिन आग्रह गर्नुभएको थियो । झोलुङ्गे पुल बनाउनका लागि जनप्रतिनिधिमार्फत सरकारसँग माग गर्न प्रजिअ अधिकारीले सुझाव दिनुभएको राजवंशीले बताउनुभयो ।

प्रजिअ अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले स्थानीय युवालाई नेपालको सुरक्षा निकायमा भर्ती हुन आग्रह गर्नु भएको राजवंशीले बताउनुभयो । “तपाईहरुले सीमा रक्षकको भूमिका निर्वाह गरिरहनुभएको छ भन्दै सिडिओ साहेवहरुले प्रशंसा गर्नुभयो”, उहाँले भन्नुभयो, “गाउँलेहरुले त्यहाँबाट आजसम्म कोही पनि सेना र पुलिसमा मात्र होइन, नेपाल सरकारको कुनै पनि जागिरमा पुग्न नसकेको बताउनुभएको थियो ।”

प्रजिअ अधिकारीले मेची पारिको गाउँमा दुःखैदुःख भएको बताउनुभयो । “हो हामी त्यहाँको बस्तुस्थिति बुझ्न गएका थियौँ”, उहाँले भन्नुभयो, “सडक, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत कुनै सुविधा पुग्न सकेको छैन । उहाँहरुले मेची नदीमा झोलुङ्गे पुल बनाइदिन माग गर्नुभयो । त्यहाँका बासिन्दाको मुख्य माग नै पुल रहेछ ।”

झोलुङ्गे पुल यहाँका लागि अति आवश्यक भए तापनि सरकारले यसमा विलम्ब गरिरहेको स्थानीयको गुनासो छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमा पुलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) का लागि रु पाँच लाख विनियोजन गरेको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले जानकारी दिनुभयो । यो बजेटले झोलुङ्गे पुल कहाँ राख्ने भनेर परियोजनाको डिपिआर तयार गरिने बताइएको छ । “मेची पारिका जनताले बडो कष्टपूर्वक वर्षौंदेखि जीवन गुजारिरहेका छन्”, नगर प्रमुख बुढाथोकीले भन्नुभयो, “एउटा झोलुङ्गे पुल बनाउन बजेट देउ भनेर प्रदेश र सङ्घीय सरकार पटकपटक गुहारिरहेका छौँ । बल्ल यसपालि सम्भाव्यता अध्ययन भनेर अलि कति बजेट पठाएको रहेछ । पुल बनाउन नगरपालिकाको आफ्नै स्रोतसाधनले भ्याउँदैन ।”

झोलुङ्गे पुलले मेची पारिको गाउँलाई नेपालको सिङ्गो भूभागसँग जोडिने भएकाले यसको निर्माणमा राज्यले विशेष पहल गर्नुपर्ने यहाँस्थित मेची आधारभूत विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया बताउनुहुन्छ । “शिक्षा, स्वास्थ्य, रोजगारी र बजारका लागि सधैँ भारतसँग निर्भर हुनुपरेको यहाँका बासिन्दालाई आफू बसिरहेको भूगोल नेपालको हो भन्ने अनुभूति राज्यले गराउन सकेकै छैन”, प्रअ थपलिया भन्नुहुन्छ, “दोष हाम्रो राज्यको नै हो, जसले पुस्तौँदेखि बसोबास गरिरहेका आफ्ना नागरिकलाई राज्यसँग नाता हुनुको कुनै अनुभूति गराउन सकेको छैन ।”

यी गाउँमा कहिलेकाहीँ भारतीय सुरक्षाकर्मीसमेत सीमा नाघेर गाउँमा गस्ती गर्दै आउने गरेका छन् । नेपाली सुरक्षाकर्मीहरु वीरलै पुग्ने भएको र भौगोलिक अवस्था पनि दुर्गम भएकाले भारतीय सुरक्षाकर्मीहरु हाकाहाकी पस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । “हाम्रै विद्यालयको भित्तामा भारतीय चुनाव प्रचारको पोस्टरहरु टाँसिएको भेटेका छौँ”, विद्यालयका प्रअ थपलिया भन्नुहुन्छ, “भारतमा चुनाव हुँदा उताका दल र उम्मेद्वारहरुलाई यी गाउँ भारतकै जस्तो लाग्दोरहेछ । गाउँभरि पोस्टरहरु टाँसेर जाँदा रहेछन् । मैले विद्यालयबाट पोस्टर च्यातेर हटाउने गरेको छु ।”

मेची पारिको गाउँबाट रुपेश राजवंशीलगायत तीन जना विद्यार्थी मेची नदी तर्ने जोखिम मोलेरै ज्यामिरगढी माध्यमिक विद्यालयमा पढ्न आउने गरेका छन् । रुपेशले यसपटक एसइई दिने भएका छन् । नदी तरेरै कालिका आधारभूत विद्यालयमा चार जना विद्यार्थी पढ्न आउने गरेका छन् । हिउँदमा मेची तरेर यहाँका बासिन्दा नेपालतिरका बजार र गाउँतिर काम विशेषले ओहोरदोहोर गर्दै आएका भए तापनि बर्खा यामको तीन महिना नदीमा पानीको सतह बढ्ने भएकाले मेची वारिसँगको सम्पर्क टुट्ने गरेको छ ।

भदौदेखि विद्यालयको पठनपाठन सुरु हुनुपर्नेमा नदीमा पानीको सतह नघटेका कारण मेची आधारभूत विद्यालयको अहिलेसम्म पठनपाठन सुरु हुन सकेको छैन । विद्यालयका प्रधानाध्यापक थपलियाले खोला तरेर जान सक्ने अवस्था नभएका कारण पठनपाठन हुन नसकेको बताउनुभयो । मेची पारिको नेपाली भूभागको सुरक्षा र बासिन्दामा राष्ट्रिय भावना उच्च बनाउन समेत यहाँको मेची नदीमा झोलुङ्गे पुल बनाउन आवश्यक देखिन्छ । “नदी पारि भएकाले त्यहाँका बासिन्दालाई नेपालतिर आउन असजिलो हुन्छ”, मेचीनगर–१५ भिण्डीबस्तीका विनय टुडु भन्नुहुन्छ, “जाने बाटो नै छैन । हिउँदमा डेढ किलोमिटर बगरै बगर हिँड्नुपर्छ । बर्खामा खोला तर्नै सकिँदैन । एउटा झोलुङ्गे पुल बन्यो भने बल्ल नेपालको गाउँ नै हो जस्तो हुन्थ्यो ।”

सम्बन्धित खबर