बुधवार, साउन १३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

बुधवार, कार्तिक २६, २०८२

विराटनगर, २६ कात्तिकः प्रदेशकै ठूलो सरकारी अस्पताल कोशी अस्प्तालमा दिनहुँ बिहान ८ बजेदेखि भीड लाग्ने गर्दछ । बिरामीका आफन्तहरुलाई उपचार चिन्ताको चिन्ता देखिन्छ । कोही आपत्कालीन कक्ष अगाडि रुँदै धकेलिँदै स्ट्रेचर गुड्छन्, कोही औषधिको पर्चा लिएर दौडिरहेका छन्, कोही डाक्टरको खोजीमा छन् ।

अस्पतालको पर्खालले हरेकका पीडा सुनेको छ । तर, महिनावारी भएका व्यक्तिहरुले हरेक दिन सुनाउने पीडा आजसम्म अस्पताल, चिकित्सक कसैले सुन्न भ्याएको छैन । तर अस्पतालमा हुँदा महिनावारी हुने हरेकले एउटै वाक्य उच्चारण “ओहो यो ठाउँमा महिनावारी हुन नपरोस्, महिनावारी भयो भने, उपचारभन्दा ठूलो पीडा हुन्छ ।”

प्रदेशको प्रमुख स्वास्थ्य सेवा प्रदायक संस्थाहरू कोशी अस्पतालदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म महिनावारीमैत्री शौचालय नहुँदा महिलाहरुले उपचारका बेला असहजता मात्र होइन, आफ्नो मर्यादा नै गुमाउनु परेको अनुभव गर्दछन् । बेलबारीकी ३४ वर्षीया रुपा कोइरालाले महिनावारीकै समयमा अस्पतालमा बस्नु परेपछि आफूले निर्णय गरेको बताउनुभयो, “अब महिनावारी हुँदा सरकारी अस्पताल कहिल्यै आउने छैन ।” कोशी अस्पतालको स्त्री तथा प्रसूति वार्डमा भेटिएकी उहाँले भन्नुभयो, “महिनावारी भएको तीन दिन भयो, डस्टबिन छैन, भएको भरिएको छ, फोहोर छरिएको छ, पानी छैन, गोपनीयता पनि छैन, प्याड कहाँ र कसरी फर्ने ?” अस्पताल रहेकाले बेला सङ्क्रमणको डरले शौचालय प्रयोग गर्न नसकेको उहाँको अनुभव छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) सासुलाई उपचार गराउन पुगेकी झापाकी अम्बिका भण्डारी पनि महिनावारीको समयमा अस्पतालमा समय बिताउनुपरे निकै कठिन हुने बताउनुहुन्छ । “फोहोर र अव्यवस्थित शौचालयका कारण मलाई त बिरामी नै बनायो, महिनावारीको समय अन्य समयभन्दा बढी पानी सरसफाइको आवश्यक पर्छ, बगेको रगत सफा गर्नै प¥यो, पानी हँुदैन, प्याड फेर्ने व्यवस्थित ठाउँ हुन्न, यस्तो बेला आफूलाई कसरी सफा र सुरक्षित राख्ने ?”, लामो श्वास लिँदै उहाँले पनि अत्यास सुनाउनुभयो ।

रुपा कोइराला र अम्बिका भण्डारीजस्ता सयौँ महिलाले यही अवस्थासँग दैनिक रूपमा जुध्नुपर्छ । प्रदेशका अधिकांश सरकारी अस्पतालहरुमा पनि महिनावारीमैत्री पूर्वाधारको अभावले महिनावारी भएका महिलालाई मात्र होइन, नर्स र स्वास्थ्यकर्मीलाई पनि असहज बनाएको छ । प्रदेशका अधिकांश सरकारी अस्पतालमा महिनावारीमैत्री पूर्वाधारको अभाव छ । पुरानो संरचना, अपर्याप्त सरसफाइ, गोपनीयताको कमी र प्याड मिल्काउने भाँडाको अभाव हरेक दिन महिनावारी हुने सयौँले समस्या झेलिरहेका छन् । कोशी अस्पतालकी एक नर्स भन्नुहुन्छ, “महिनावारी हुँदा काममा आउँदा नै डर लाग्छ । स्टाफकै लागि सुविधायुक्त शौचालय छैन भने बिरामीको त के अवस्था होला ?”

महिनावारीमैत्री पूर्वाधारको अभावले अस्पतालमा आउने महिलाले शारीरिक र मानसिक पीडा बेहोर्छन् । अस्पतालमा पानी, साबुन, प्याड फ्याक्ने भाँडो र गोपनीयता नभएपछि उनीहरू स्वास्थ्य सेवा लिन जाँदै गर्दा नै असजिलो भएको महसुस गर्छन् । कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा पनि यो समस्या स्वीर्कानुहुन्छ । “शौचालय व्यवस्थित गर्न खोज्छौँ, तर पुरानो संरचना र बजेट अभावले समस्या बढाएको छ । आगामी योजनामा सुधार गर्ने तयारीमा छौँ”, उहाले भन्नुभयो । तर अस्पतालमा कार्यरत नर्सहरूका अनुसार कर्मचारीकै लागि पनि महिनावारीमैत्री शौचालय छैन ।

स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशका तथ्याङ्कअनुसार प्रदेशभर ३९ वटा सरकारी अस्पताल सञ्चालनमा छन् । तीमध्ये महिनावारीमैत्री शौचालय भएका अस्पताल औँलामा गन्न सकिने मात्रै छन् । सरकारले निःशुल्क स्वास्थ्य सेवा घोषणा गरे पनि महिलाका लागि स्वच्छ पानी, साबुन, प्याड फ्याक्ने भाँडो (डस्टबिन) र गोपनीयताको न्यूनतम् व्यवस्था अझै सुनिश्चित छैन ।

मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्र पोस्टमार्टम भवन, म्याटरनिटी वार्ड निर्माणमा करिब रु ८० लाखभन्दा बढी रकम खर्च भएको देखिन्छ, तर महिलामैत्री शौचालय निर्माणका लागि भने एक रुपैयाँ पनि छुट्याइएको छैन । यो तथ्याङ्कले स्वास्थ्य पूर्वाधार विकासका योजनाहरू निर्माणमुखी त छन्, तर तिनले महिलाको सहजता र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा ल्याउन सकेका छैनन् भन्ने प्रष्ट हुन्छ ।

महिनावारीका बेला शौचालय खोज्दै अस्पताल परिसरमा भौँतारिनुपर्ने अवस्था केबल व्यक्तिगत असहजता मात्र होइन, सरकारी नीतिमा संवेदनशीलताको कमीको प्रत्यक्ष उदाहरण हो । स्वास्थ्य संस्थामा पुग्ने महिलालाई सुरक्षित, स्वच्छ र निजीपनयुक्त शौचालयको आवश्यकता प्राथमिक अधिकार हो, तर योजना र बजेटमा त्यसका लागि छुट्टै शीर्षक नहुनु, स्वास्थ्य प्रणालीभित्रको असमान दृष्टिकोणको सङ्केत हो ।

सन् २०२४ मा सार्वजनिक लैङ्गिक समानता र गरिमापूर्ण महिनावारी प्रतिवेदनले नीति राम्रो छन्, तर कार्यान्वयन कमजोर र अनुगमन अस्पष्ट रहेको समस्या औँल्याएको छ । सरकारले विद्यालयका लागि महिनावारीमैत्री वातावरण निर्माण निर्देशिका तयार गरेको छ तर अस्पतालका लागि यस्ता मापदण्ड अझै बनेका छैनन् । अस्पतालमा महिनावारी हुने र नहुने व्यक्तिमध्ये महिनावारी हुने व्यक्तिकै उपस्थिति बढी हुन्छ ।

महिनावारीमैत्री शौचालय भन्नाले स्वच्छ, गोप्य, सुरक्षित शौचालय जहाँ सफा पानी, साबुन, महिनावारी प्याड फेर्न सहज हुने, हातमा झोला छ भने झुण्ड्याउने ठाउँ भएको, प्याड सुरक्षित ढङ्गबाट विसर्जन र विश्रामको सुविधा हुन्छ । त्यसलाई स्वास्थ्य अधिकारको आधारसँग पनि जोडेर हेर्न सकिन्छ ।

निर्देशिका, कार्यविधि, आचारसंहिता संस्थाले बनाए पनि कानुन निर्माण गर्ने थलो संसद हो । प्रदेशका सबै सार्वजनिक सस्थाका लागि प्रदेश सभाले मर्यादित महिनावारीमैत्री कार्यालयको नीति बनाउन सक्छ तर कानुन बनाउने प्रदेशसभा महिनावारी व्यवस्थापनमा आफैँ सकसमा छ । प्रदेशसभा सदस्य कमला दर्नाल भन्नुहुन्छ, “हामी नीति बनाउने ठाउँमा छौँ तर संसद्भित्र नै महिनावारीमैत्री शौचालय छैन ।”

अर्की सांसद निमसरी राजवंशी थप्नुहुन्छ, “महिनावारी समस्या होइन, प्राकृतिको चक्र हो । तर यसलाई लाजको विषय बनाइँदा महिलाले अनावश्यक कठिनाइ भोग्छन् ।” उपसभामुख सिर्जना दनुवार महिनावारी स्वच्छता, मर्यादा र पहुँचको विषय भएको ठान्नुहुन्छ । उहाँले संसद्मा महिनावारीमैत्री पूर्वाधार र महिनारी प्याडको सहज उपलब्धताका लागि बजेट सुनिश्चित गर्न माग गरेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘अस्पताल, संसद् वा कुनै पनि सार्वजनिक सस्थामा महिनावारी व्यवस्थापनलाई ध्यानमा राखेर शौचालयको व्यवस्थापन नगर्नु पनि महिला माथिको विभेद हो । त्यो, मानवअधिकार, स्वास्थ्य अधिकारको हनन् हो ।”

मर्यादित महिनावारी भन्नाले महिनावारीलाई लाज, विभेद होइन, मानवअधिकार र मर्यादाको दृष्टिले बुझ्ने सोच हो । महिनावारी भएको पाँच दिन र नभएको २५ दिन समान व्यवहार हुने अवस्था हो । मर्यादित महिनावारी सिद्धान्तका प्रतिपादक डा राधा पौडेलका अनुसार मर्यादित महिनावारी दृष्टिकोणले प्याडलाई तीन ‘पी’ का आधारमा जोड दिन्छअर्थात् पर्सन (व्यक्तिको छनोट), प्लानेट (पर्यावरणमैत्री प्याड) र पकेट (सामथ्र्य अनुसारको पहुँच) । तर नेपालका अस्पतालमा यी तीनवटै पक्ष हराएका छन् उहाँ भन्नुहुन्छ ।

पौडेलका अनुसार महिनावारीको बेला महिनावारी हुने व्यक्तिले मर्यादित सेवा लिन पाउनुपर्छ । शौचालय मात्र होइन, स्वास्थ्यकर्मीको दृष्टिकोण र नीति निर्माणमै मर्यादित महिनावारी दृष्टि आवश्यक छ । तर, प्रदेशका अस्पतालमा यीमध्ये कुनै पनि पक्ष सुनिश्चित छैन । महिनावारी प्याडको सहज उपलब्धता छैन, प्रयोग गरेपछि सुरक्षित व्यवस्थापन प्रणाली छैन, पर्यावरणमैत्री महिनावारी प्याडको प्रयोगबारे सचेतना छैन ।

डा पौडेल भन्नुहुन्छ, “अस्पतालमा महिनावारीमैत्री शौचालय नहुनु केवल पूर्वाधारको कमी होइन, स्वास्थ्य अधिकारको उल्लङ्घन हो । प्याड फ्याक्ने उचित व्यवस्था, सफा पानी, गोपनीयता र प्याड व्यवस्थापनका हिसावले नसोच्नु पनि महिनावारी विभेद हो, शारीरिक मात्र होइन, मानसिक हिंसा हो ।”

मर्यादित महिनावारीमैत्री पूर्वाधार र शौचालयका विषयमा आजसम्म सञ्चारमाध्यमले पनि मुख्य मुद्दा बनाएको छैन । स्वास्थ्य पत्रकार मञ्चकी सल्लाहकार कल्पना आचार्य भन्नुहुन्छ, “मिडियाले मर्यादित महिनावारीमैत्री पूर्वाधारबारे लगातार प्रश्न उठाउनुपर्छ । जबसम्म सरसफाइ र गोपनीयतालाई समाचार प्राथमिकता दिइँदैन, नीति कार्यान्वयनमा दबाब पर्दैन ।” उहाँका अनुसार महिला स्वास्थ्यका विषय मिडियामा उठ्दा मात्रै नीति तहमा गम्भीरता बढ्छ । पत्रकारहरूले अस्पतालको वास्तविक अवस्थाबारे रिपोर्टिङ गरे समाजमा दबाब सिर्जना हुन्छ ।”

मर्यादित महिनावारीमैत्री शौचालय केबल सुविधा होइन, यो महिला स्वास्थ्य, सम्मान र समान अधिकारसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो । सरकार, अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, मिडिया र नागरिक सबैको साझा जिम्मेवारी छ ।

सम्बन्धित खबर