सोमवार, साउन ११, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

नेवाः समुदायको सांस्कृतिक पहिचान योमरी

सोमवार, मंसिर १५, २०८२

काठमाडौँ, १५ मङ्सिर ।  नेवाः समुदायको सांस्कृतिक पहिचान योमरी (मन पर्ने रोटी) मिठो परिकारसँग नेवाः लोककला पनि जोडिएको हुनाले यसको पुस्तान्तरणमा जोड दिइएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरद्वारा आइतबार आयोजित ‘नेवाः लोककला कार्यशाला (योमरी पुन्ही)’ विषयक कार्यशालामा सहभागी संस्कृति, कलाविज्ञहरूले योमरीसँग नेवाः लोककलाको इतिहास पनि जोडिएकाले यसको प्रवर्धन हुनुपर्ने बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सुरेश सुरस श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत योमरी खाने परिकार मात्र नभई यसको कलात्मक गौरवलाई समेत बचाउन नयाँ पुस्ताले पनि योमरीमा लुकेको नेवाः लोककलाको महत्व बुझ्न आवश्यक रहेको बताउनुभयो  ।  

उहाँले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्ने युनेस्को महासन्धि २००३ लाई नेपालले सन् २०१० मा अनुमोदन गरेको जानकारी दिनुभयो । सो महासन्धि अनुसार संस्कृति मन्त्रालयले यस वर्ष ‘अमूर्त सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१’  बनाएर पहिलो पटक अभौतिक वा सांस्कृतिक सम्पदा संरक्षणका लागि सूचीकरण गर्न आवेदन खुलाएको छ ।

महाशाखा प्रमुख श्रेष्ठले सो सूचना अनुसार देशभरबाट १०५ आवेदन आएकामा कार्यविधि अनुसार विधि पु¥याएर नेवाः समुदायको योमरी मात्र सूचीकरण हुन सफल भएको बताउँदै नेपालमा योमरी जस्ता विभिन्न अभौतिक सांस्कृतिक सम्पदा लुकेर रहेको र त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका  कुलपति नारदमणि हार्तम्छालीले यस नेवाः लोककला कार्यशालाले पहिचान र कला जागरणको कुरा उठाएको र सहभागीले नेवाः लोककलालाई विम्बबाट प्रस्ट्याएको बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालय, नेपाल भाषा केन्द्रीय विभागका सहप्राध्यापक डा. राजनलाल जोशीले योमरीसँग जोडिएका ऐतिहासिक र धार्मिक तथ्य र नेवाः लोककलाबारे कार्यपत्र प्रस्तुत गर्दै योमरीको उत्भव, शास्त्रीय, सांस्कृतिक प्रयोजन, देवत्वकरण, ऋतुज्ञानबारे प्रस्ट पार्नुभएको थियो ।

उहाँले बौद्धग्रन्थ रत्नमाला अवदानका अनुसार पाञ्चाल देश (पनौती) का सुचन्द्र ब्राह्म्णको उदारचित्तको परीक्षा लिन याचकका रूपमा जाँदा सुचन्द्रकी पत्नीले योमरी बनाएर खुवाउँदा कुवेर प्रसन्न भएर आफ्नो असली स्वरूपमा प्रकट भएर बताउनुभयो । उहाँका अनुसार त्यसपछि कुवेरले बिमिरो दिँदै अन्नको भकारीमा योमरी, लक्ष्मी, गणेश र कुवेरको मूर्ति राखेर पूजा गर्न निर्देशन दिनुभयो । सोही विधि अनुसार पूजा गर्दा बिमिरो सुनमा परिणत भएको भनिन्छ । हालसम्म पनि किसानले धान भित्र्याएपछि देवतासहित योमरी भकारीमा राखेर पूजा गर्ने चलन यथावत् रहेको छ ।

उहाँले भन्नुभयो, “योमरीसँग जोडिएका लोककथा धेरै नै रहेको र नेवाः समुदायले योमरी पुन्ही (मङ्सिर पूर्णिमा) मा चाकु, तिल, खुवा राखेर तयार गरिएको योमरी खाने चलन भएको हो । जन्मदिन, जङ्कु, विशेष उत्सव, छोरी विवाह गरेको पहिलो वर्ष छोरीको घरमा योमरी पठाउने परम्परा छ । यसै गरी देवदेवी, मठमन्दिरको वर्षवन्धन, ललितपुरस्थित थतिटोलमा रातो मत्स्येन्द्रनाथको नरिवल खसाल्ने जात्रामा सो रथ जनबहाल पुगेपछि पुष्पवृष्टिका रूपमा योमरीको वर्षा गराउने परम्परा रहेको छ । यसरी देवतालाई चढाउने योमरीमा अक्षता मात्र राखिन्छ । उत्सव, पर्व अनुसार योमरी बनाउने विधि आकार प्रकार फरक पारेर घरका महिला, छोरीचेलीले कलात्मक योमरी तयार गर्छन् ।” 

सो कार्यपत्रमाथि कलाकार तथा कार्यक्रम संयोजक मनरा प्रजापतिले टिप्पणी गर्नुभएको थियो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेवाः समुदायको परिचय बोकेको योमरीलगायतका लोककलाको संरक्षण, प्रवर्धन तथा पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले लोककला, संस्कृतिको संरक्षण र पुस्तान्तरणको उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नेवाः लोकला, योमरीको द्यःमरी कार्यशाला कार्यक्रमको प्रशिक्षकका रूपमा सुमन महर्जन रहनुभएको थियो । कलाकार सम्झना राजभण्डारीले पनि योमरी कलाका बारेमा आफ्ना अनुभवको चर्चा गर्नुभएको थियो ।

योमरी पुन्ही सूचीकृत 

नेपाल सरकारले नेवाः समुदायको सांस्कृतिक पहिचान जोडिएको परिकार योमरी र योमरी पुन्हीलाई अमूर्त सम्पदाका रूपमा  राष्ट्रिय सूचीमा सूचीकरण गरिएको छ । 

विसं २०८२ साउन २३ गते मन्त्रीस्तरीय निर्णयबाट ललितपुरका नेवार समुदायको प्रस्तावमा योमरी नेपाल सरकारले नेवार समुदायको मौलिक परिकार तथा पर्व ‘योमरी (पुन्ही)’ लाई राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरिएको हो । 

सम्बन्धित खबर