सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

दराज र नेपाल ओलम्पिक कमिटीबीच साझेदारी

आइतवार, भदौ २०, २०७८

नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवद्र्धनका लागि सम्झौता गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा आयोजित ओलम्पिक डे २०२१ को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) को विश्वब्यापी पार्टनर पनि हो । यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवद्र्धनमा साथ दिने विश्वास गरिएको छ । एनओसीका अध्यक्ष श्रेष्ठले भने, ‘टोकियो २०२० ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवद्र्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । सहभागी २०७ देशमध्ये नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा राखेको छु ।’ टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरू हुँदैछ । २०० भन्दा बढी देशको सहभागिता रहने सो महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवद्र्धन होस् भन्ने रहेको दराजका प्रबन्ध निर्देशक लिनो अलरिङले बताए ।
सम्बन्धित खबर