बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

वडाअध्यक्ष स्तरीय फुटवल प्रतियोगिताको तयारी पूरा

बुधवार, असोज २, २०८१

झापा, ०२ असोज : बिर्तामोड नगरपालिका वडा नं. ३ मा वडा अध्यक्ष टोल स्तरीय  फुटबल प्रतियोगिता हुने भएको छ l

असोज ३ गते बाट सुरु भएर ६ गते समापन हुने खेल डोमालाल राजबंशी रंगशालामा हुने वडाखेलकुद विकास समितिका अध्यक्ष अनिस सुबेदीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

वडामा रहेका ३२ वटा टोलबाट ८ वटा टिम सहभागी हुने प्रतियोगिताको तयारी पूरा भएको जनाईएको छ । सुबेदीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा वडाअध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजारसँगै ट्रफी र द्वितीय हुने टिमले नगद १० हजार सहित ट्रफी प्राप्त गर्ने समितिका सचिव बाप्पा शाहाले बताउनु भयो । उहाँका अनुसार म्यान अफ दि म्याच, बेस्ट किपर र म्यान अफ दि सिरिजका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा बिर्तामोड ३ का वडासदस्य हरि बाँस्कोटा, वडा खेलकुद समितिका सदस्य सितल फागो (लक्ष्मण ) लगायतको उपस्थित रहेको थियो l

सम्बन्धित खबर