मङ्गलवार, साउन १२, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

झापामा फैलिँदै विषालु ‘उल्टा काँडा’ झार

बिहिवार, माघ १८, २०८०

झापा, १८ माघ : लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार फैलिएर झापामा जैविक विविधता र पशुपालनमा सङ्कट थपिएको विज्ञहरूले जनाएका छन् ।

फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा लीलानाथ शर्माले झापाको मेचीनगरमा हालै भएको ताजा अध्ययनले १५ वटै वडामा ‘उल्टा काँडा’ फैलिएको भेटिएको र त्यसबाट जैविक विविधतामा सङ्कट निम्तिएको बताउनुभयो । झापाको १५ वटै पालिकामा यो मिचाहा वनस्पति फैलिइसकेको शर्माले बताउनुभयो ।

डिभिजन वन कार्यालय झापा, सामुदायिक वन उपभोक्ता महासङ्घ र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहकार्यमा फरेस्ट एक्सन नेपालले मेचीनगरमा छजना प्राविधिक टोली खटाएर स्थलगत अध्ययन गरेको थियो । अध्ययनले सबै वडामा फैलिएको तथ्य फेला परेपछि यसको नियन्त्रण अभियानमा मेचीनगर नगरपालिकाले समेत चासो बढाएको छ ।

वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्राइका’ रहेको यो आगन्तुक झारलाई स्थानीयले ‘उल्टा काँडा’ भन्ने गर्छन् । लज्जावती झारसँग मिल्दोजुल्दो यो झारको पात, डाँठ र फूलमा विषालु झुस हुन्छ भने यसको घाँस खाएका पशु बिरामी भएर मर्ने गर्छन् । झापा, मोरङ र सुनसरी जिल्लाका अधिकांश सामुदायिक वन र खाली जमिनमा ‘उल्टा काँडा’ झार डरलाग्दो रूपमा फैलिरहेको अनुसन्धाता शर्माले बताउनुभयो । यसको तत्काल नियन्त्रण गर्न विशेष कार्यक्रम नै चाहिने उहाँको सुझाव छ ।

‘उल्टा काँडा’ झार नियन्त्रण अभियान सञ्चालन गरिरहेको फरेस्ट एक्सन नेपालले केही वर्षअघि गरेको अर्को अध्ययनले झापाका अधिकांश सामुदायिक वन, सहरका नयाँ घडेरी क्षेत्र र सडक किनारमा यसले रैथाने झारलाई विस्थापित गरिरहेको निष्कर्ष निकालेको थियो । झापा र मोरङमा एक दशकमा पाँच सयभन्दा बढी चौपाया ‘उल्टा काँडा’को घाँस खाएर मरिसकेको फरेस्ट एक्सन नेपालले जनाएको छ । ‘उल्टा काँडा’को विषाक्त घाँस खाँदा मरेका पशुमा बाख्राखसीको सङ्ख्या आधाभन्दा बढी रहेको बताइएको छ ।

‘उल्टा काँडा’ बहुवर्षीय मिचाहा प्रजातिको झार हो । यसको बोट हरेक वर्ष फैलिरहन्छ । यसको उद्गम थलो अमेरिकी महाद्वीप मानिएको छ । दुई दशकअघिदेखि नेपालमा यसले फैलिन थालेको मानिन्छ । भुटानी शरणार्थी शिविरको घेराबाराका लागि यसको बीज ल्याएर छरिएको र त्यहीँबाट फैलिएको विज्ञहरूको अनुमान छ । हाल पूर्वी नेपालमा मात्र यो पाइएको छ ।

अरेली काँडाको जस्तो काँडा र लज्जावतीको जस्तो पात हुने यसको झाडी तीव्रगतिमा फैलिन्छ । खोलाको किनार, बगर, खुला ठाउँ, जङ्गल, सडक छेउछाउ र ढुङ्गा बालुवा छरिएको ग्राभेल बाटोमा यो जताततै भेटिने गर्छ । खोलाबाट ढुङ्गा र बालुवा ल्याइएको कारण सहरका घडेरी र सडकमा यसको झाडी फैलिएको हो ।

यसले खेतबारीमा फैलिएर अन्नबाली र चरन क्षेत्र मास्ने गरेको सामुदायिक वन महासङ्घ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो । झापाका २२ सामुदायिक वनमा अध्ययन गर्दा यसले जैविक विविधतामा सङ्कट निम्त्याइसकेको पाइएको उहाँले बताउनुभयो । “यो झार जहाँ फैलिन्छ, त्यहाँ रैथाने झार र बुट्यान मासिन्छन्”, भण्डारीले भन्नुभयो, “फूल, जरा र लहराको माध्यमबाट यसको झाडी छिटो बढ्ने गरेको छ । झाडीभित्र वन्यजन्तुसमेत छिर्न नसक्ने अवस्था सिर्जना हुन्छ ।”

मिमोसिन नामक विषालु रसायन हुने भएकाले उल्टा काँडाको घाँस खाएका अर्जुनधाराका थुप्रै पशु चौपाया मरेको उहाँले बताउनुभयो । यसको झुस र काँडा बिझेमा पशु र मानिसको शरीरमा चिलाउने र घाउ बन्ने गर्दछ । यसको डाँठमा उल्टो परेको काँडा हुने भएकाले स्थानीयले यसको नाम नै ‘उल्टा काँडा’ भन्ने गरेका हुन् ।

झापाको टिमाइ, विरिङ, रतुवा, मावालगायतका खोला किनारबाट ल्याइने बालुवासँगै यसको विज गाउँबस्तीमा फैलिने गरेको छ । बिर्तामोडको निचाझोडा सामुदायिक वनको २० हेक्टरभन्दा बढी जमिनमा ‘उल्टा काँडा’ झारले रैथाने वनस्पतिलाई विस्थापित गरिसकेको छ ।

“जहाँ फैलिएको छ, त्यहीँ यसलाई मास्ने कार्य गरेमा मात्र नियन्त्रण प्रभावकारी हुन्छ”, फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा शर्मा भन्नुहुन्छ, “स्थानीय तह, वन समिति र नागरिक समाज नै यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्न आवश्यक छ ।” झाडीलाई समूल फाँडेर र उखेलेर आगो लगाई नष्ट गरेर यसको नियन्त्रण गरिँदै आएको उहाँले बताउनुभयो ।

जैविक विविधता जोगाउन यस्ता मिचाहा झारको नियन्त्रणको खाँचो औल्याउँदै फरेस्ट एक्सन नेपालले झापाको हल्दिबारी, मेचीनगरलगायतका पालिकामा विशेष अभियान सञ्चालन गरिरहेको छ । “यो माइकेनिया झारभन्दा पनि डरलाग्दोसँग फैलिएको छ”, उहाँले भन्नुभयो, “तत्काल नियन्त्रण गर्न पहल नगर्ने हो भने मास्नै नसक्ने गरी फैलिनेछ ।”

सम्बन्धित खबर