मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

विदेशमा तीन वर्षमा ३ हजार बढी नेपालीले ज्यान गुमाए, १६ जना कोमामा

सोमवार, पौष ४, २०७९

काठमाडौं ।    पछिल्लो तीन वर्षमा तीन हजार १९९ नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन्।  सरकारले आइतबार सार्वजनिक गरेको श्रम, आप्रवासन प्रतिवेदन २०२२ अनुसार ज्यान गुमाउनेमा पुरूषहरूको संख्या धेरै छ।

सन् २०१९/०२० देखि २०२२ सम्म तीन हजार ११५ जना पुरूषले ज्यान गुमाएका छन् भने ८४ जना महिलाले ज्यान गुमाएका छन्।

प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशका ७५१ जनाले ज्यान गुमाएका छन्। प्रदेश १ का ७०९ जना, लुम्बिनी प्रदेशका ६७७, गण्डकी प्रदेशका ४७८, बागमती प्रदेशका ४०९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै कर्णाली प्रदेशका ११० र सुदूरपश्चिम प्रदेशका ५६ युवाले ज्यान गुमाएका हुन्।

त्यस्तै पछिल्लो वर्ष विभिन्न मुलुकका अस्पतालमा १६ जना नेपालीहरू जटिल अवस्थामा कोमामा उपचाररत छन्। जसमा १४ जना पुरूष र २ जना महिला रहेको तथ्यांकले देखाएको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार कतारका विभिन्न अस्पतालमा १३ जना, साउदीमा दुई जना, ओमान र दक्षिण कोरियामा १/१ जना कोमामा उपचाररत छन्। सन् २०१९/२० मा कोमामा १८  जना नेपाली थिए। २०२०/०२१ मा १३ जना कोमामा थिए।तीन वर्षको अवधिमा विदेशमा बेपत्ता हुनेको संख्या पनि ठूलो छ।

सन् २०१९/०२० मा तीन सय ३६ जना पुरूष र १४ जना महिला गरी कुल तीन सय ५० जना हराएका थिए। २०२०/२०२१ मा २९१ पुरूष र १६ महिला गरी कुल ३०७ जना हराएका थिए। पछिल्लो वर्ष २०२१/२०२२ मा ४ सयभन्दा धेरै नेपालीहरू हराएको तथ्यांकले देखाएको छ।

यो वर्ष ३७९ पुरूष र ३१ महिला गरी कुल ४१० जना हराएको तथ्यांक छ। हराउनेमा युएईमा सबैभन्दा धेरै, २५४ जना छन्। त्यस्तै मलेसियामा १०५, कुवेतमा ४८, साउदी अरेबियामा दुई र ओमानमा एक जना हराएका छन्। पछिल्लो वर्ष विभिन्न मुलुकका जेलमा ७ सयभन्दा धेरै युवा रहेको तथ्यांकले देखाएको छ। युएईको जेलमा सबैभन्दा धेरै, ३४७ जना छन्। प्रतिवेदनअनुसार कामको खोजीमा तीन वर्षमा ११ लाख ६५ हजार १५१ जना युवाहरू नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन्।

सन् २०१९/०२० मा तीन लाख ३९ हजार ९४४ जना पुरुष र २८ हजार ४२९ महिला गरी कुल तीन लाख ६८ हजार ३७३ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्। त्यस्तै २०२०/२०२१ मा एक लाख ५५ हजार २३३ पुरूष र ११ हजार ४५६ महिलाले श्रम स्वीकृति लिएका छन्। २०२१/०२२ मा पाँच लाख ८० हजार ९६१ पुरूष र ४९ हजार १२८ महिला विदेशिएका छन्। जसमा नयाँ श्रम स्वीकृति लिएर मात्रै ६ लाख ११ हजार ३३२ जना विदेशिएका छन्।

नयाँ श्रम स्वीकृति लिएर विदेशिनेमा सबैभन्दा धेरै मधेश प्रदेशबाट छन्। मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने २८.६८ प्रतिशत छन्। त्यस्तै प्रदेश १ बाट २०.२४ प्रतिशत, लुम्बिनी प्रदेशबाट १६.८२ प्रतिशत, बागमती प्रदेशबाट १५.४८ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। त्यस्तै गण्डकी प्रदेशबाट १२.१९ प्रतिशत, कर्णाली प्रदेशबाट ३.८५ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। सबैभन्दा कम सूदुरपश्चिम प्रदेशबाट २.७३ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। जिल्लागत रूपमा हेर्दा धनुषा, सिराहा, झापा, मोरङ, सुनसरीबाट ठूलो संख्यामा युवाहरू विदेशिने गरेको देखिएको छ।

पछिल्लो तीन वर्षको अवधिमा सबैभन्दा धेरै, ३५.९ प्रतिशत युवा कतार पुगेका छन्। त्यसपछि दोस्रो गन्तव्य मुलुक मलेसिया बनेको छ। मलेसियामा २२ प्रतिशत युवा पुगेको तथ्यांकले देखाउँछ। त्यस्तै साउदीमा १५.४, संयुक्त अरब इमिरेट्स (युएई) मा ७.५ प्रतिशत र कुवेतमा ६.५ प्रतिशत पुगेका छन्।

जापान, अफगानिस्तान, जोर्डन, माल्टा लगायत मुलुकमा पुग्ने नेपालीको संख्या पनि ठूलो छ। पछिल्लो समय मध्य र पूर्वी युरोपेली क्षेत्रका मुलुकहरू रोमानिया, क्रोएसिया, अल्बेनिया, पोल्यान्ड जस्ता मुलुकहरू नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिएको छ। त्यस्तै  पश्चिम एसियाली मुलुकहरूमा साइप्रस, टर्की पनि नयाँ गन्तव्यका रूपमा देखा परेको देखिएको छ।

वैदेशिक रोजगारमा जाने पुरूष श्रमिकहरू निर्माण क्षेत्रमा ६.१ प्रतिशत, सवारी चालक तथा मेसिन अपरेटर ८ प्रतिशत, औद्योगिक तथा औद्योगिक उत्पादन ८.९ प्रतिशत संलग्न हुने गरेका छन्। अवर्गीकृत काममा ४० प्रतिशत पुरूष संलग्न हुने गरेको देखिएको छ।

नेपालबाट जाने अधिकांश महिला श्रमिकहरू भने सरसफाई काममा संलग्न हुने गरेका छन्। ३९.९ प्रतिशत महिला सरसफाइ कामका लागि पुग्ने गरेका छन्। त्यस्तै सेवाजन्य पेसाहरूमा २५.६ प्रतिशत संलग्न छन्। जसमध्ये नर्सिङ तथा हेरचाहजन्य सेवामा २.८ प्रतिशत महिलाहरू संलग्न हुने गरेका छन्।

नेपालबाट वैदेशिक रोजगारमा जाने सबैभन्दा ठूलो संख्या अदक्ष श्रमिकहरूको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा पनि सबैभन्दा धेरै, ५४ प्रतिशतभन्दा बढी अदक्ष श्रमिकहरू नै विदेशिएका छन्।

सन् २०१९/०२० मा ५७.८ प्रतिशत अदक्ष श्रमिकहरू बाहिरिएका छन्। दक्ष श्रमिकहरू ३२.६ प्रतिशत बाहिरिएको तथ्यांकले देखाउँछ। त्यस्तै अर्धदक्ष ९.५ प्रतिशत बाहिरिएका छन्। उक्त वर्ष व्यावसायिक श्रमिक ०.०९ प्रतिशत, उच्च दक्षता भएका श्रमिक ०.०१ प्रतिशत विदेशिएका छन्।

२०२०/०२१ मा ५६.२ प्रतिशत अदक्ष श्रमिक बाहिरिएका छन् भने ७.३ प्रतिशत अर्धदक्ष छन्। त्यस्तै दक्ष ३६.४, उच्च दक्षता भएका ०.०२ प्रतिशत र व्यावसायिक पेसाका लागि ०.१ प्रतिशत नेपाली युवाहरू विदेशिएका छन्।

२०२१/०२२ मा ५४.२ प्रतिशत अदक्ष श्रमिक बाहिरिएका छन्। अर्धदक्ष ७.४ प्रतिशत अर्धदक्ष युवाहरूले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिने दक्ष ३८.३३ प्रतिशत छन्। उक्त वर्ष उच्च दक्षता भएका ०.०१ र व्यावसायिक कामका लागि ०.०६ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर आप्रवासी श्रमिकहरूको हकअधिकारका लागि सरकारले काम गरिरहेको बताउँछन्।

'परदेशमा आइपर्ने जोखिम कम गर्न सीपयुक्त जनशक्ति विकासका लागि सरकारले काम गरिरहेको छ। काम र कमाइका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुकहरूको पहिचान पनि गरिरहेको छ,' उनले भने।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइएमओ) नेपालकी प्रमुख लोरेना ल्यान्डो नेपालबाट ठूलो संख्यामा अदक्ष श्रमिक विदेशिनु असुरक्षित भएको बताउँछिन्। 'नेपालबाट करिब ६० प्रतिशत हाराहारीमा अदक्ष श्रमिक बाहिरिने गरेका छन्,’ उनले भनिन्, 'सीपयुक्त श्रमिक पठाउन सबैले पहल गर्नुपर्छ।'

श्रम विज्ञहरू पनि विदेशमा नेपाली श्रमिकहरू असुरक्षित रहेका कारण सरकारले सुरक्षित व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीका लागि पहल गर्नुपर्ने बताउँछन्। गन्तव्य मुलुकहरूसँग समन्वय गरेर वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको भनाइ छ।

सम्बन्धित खबर