मङ्गलवार, साउन १२, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

आलेखः संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै

शुक्रवार, फागुन १६, २०८१

धनुषा, १६ फागुन : मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

बिहीबार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु आज बिहान पूजापाठ गरी भारत विहारको कल्याणेश्वर प्रस्थान गरेका छन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रुपमा सुरुआत हुने परम्परा रहेको छ ।

सनातन संस्कारमा महान घटनामध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासँग लगनगाँठो कस्दाको इतिहास पवित्र मिथिला धामका गाउँ, चोक अनि चौतारीहरुमा अझै पनि भनिन्छ, कथिन्छ, गाइन्छ । जनक राजाको सिङ्गो राज्य अनि राजधानी मिथिलाको जनकपुर नेपालमै शोभायमान छ, जानकी मन्दिर नेपाली माटोबाट हरेक दिन मुस्कुराउँछ ।

मिथिला परिक्रमाको चर्चा

त्रेतायुगबाट आजसम्म पनि मिथिला परिक्रमाको चर्चा उत्तिकै महत्वका साथ पुस्तौंपुस्ता चलिआएको छ । यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसँग सम्बन्ध राख्ने स्थान र अवयवहरु छुने गर्दछ । मिथिला नगरमा वर्षमा कात्तिक, फागुन र वैशाखमा परिक्रमा हुने गर्दछ । यीमध्ये फागुनमा हुने परिक्रमाको महत्व असाध्यै छ । यस परिक्रममा एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गर्दछ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत् रुपमा सुरु भएको छ ।

फागुन औँसीका दिन धनुषाको ठेराकचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिक परिक्रमाको विधिवत् रुपमा सुरुआत हुने परम्परा रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो । महाशिवरात्रिलगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ । धार्मिक झाँकी, भजन कीर्तनसहित परिक्रमाको डोला जनकपुरबाट सुरु भई सीमावर्ती भारतीय गाउँ कलानेश्वर महादेवसम्म पुग्नेछ ।

परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गीर्जास्थान हुँदै महोञ्रीको मटिहानी, जलेश्वर मडै धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर र फागुन पूर्णिमाको जनकपुर फर्कने छ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।
परिक्रमामा सहभागीहरुका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा

बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको जानकारी परिषद्का अध्यक्ष शीतल साहले दिनुभयो । साहका अनुसार परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाले पनि सहभागीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि पराल समेत उपलब्ध गराउने गर्दछन् । सहभागीहरु दिनभरि यात्रा गर्छन् र भजनकीर्तन तथा सत्सँग गरेर रात बिताउँछन् ।

मिथिलाका जानकार तथा मैथिलीका साहित्यकार रोशन जनकपुरीका अनुसार नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा पुग्नेछ । मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।

मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको छ । यात्राका सहयात्रीले नेपालका एक सय सात एवं भारतको २६ गरी एक सय ३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नेछन् । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सीतामढी, वैजनाथ धामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको कुरा पण्डित इन्द्रकान्त झाले बताउनुभयो ।

मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दूरीको अन्तः गृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारैकुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनःहरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको परिक्रमामा डोलीका अगुवाइ गर्ने सुन्दर सदनका महन्थ नबल बाबाले जानकारी दिनुभयो ।

भारतको पटनास्थित गङ्गा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ तर, यो परिक्रमा अचेल सधुसन्तको सीमित सङ्ख्याले मात्र गर्ने गरेको छ । बृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मङ्सिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भए पनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा रहेको जानकी मन्दिरका छोटे महन्थ दासले बताउनुभयो ।

जानकी मन्दिरका महन्थ दासका अनुसार केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका स्व.महन्त बाबा नारायण दासजीले करिब डेढ सय वर्षपूर्व समयदेखि दुई सयसम्म साधुसन्तलाई लिएर वनजङ्गलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार प्रारम्भ गर्नुभएको बताइन्छ । त्यसलाई करिब ५० वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँच सय साधुसहित वाजागाजा सहित परिक्रमा गरेका थिए । पाँच सयको सानो संख्यालाई बढाएर २० हजार पु¥याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको जानकी मन्दिरका महन्थ दासले बताउनुभयो ।

माध्यमिकी परिक्रमामा करिब ६० वर्षअघिदेखि मिथिला महात्म्यको कथावाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले ७० वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमाको धार्मिकीकरण गर्नुभएको थियो । उहाँको निधनपछि मिथिला महात्मयको कथावाचन गर्ने काम उहाँका शिष्य सियाराघव शरणले गरिरहनुभएको छ ।

यस्तो छ परिक्रमा पथ

पहिलो दिन फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर (कुवा) हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्तिहरु भएको एक सय ६० वर्षअघि स्थापित मन्दिर छ । दोस्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टी तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कलाणेश्वर (कलना) निकै आकर्षक एवं मनमोहक छ । भविष्यवेत्ताका रुपमा परिचित प्रसिद्ध सिद्धबाबा एक सय १० वर्ष बसेको ठाउँ पनि यही हो ।

तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशङ्कर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरु एवं कप्टहारिणी र शरसमीर पोखरीहरु भएको यो ठाउँबाट जमुनी नदी बगेको छ । चौथो दिन परिक्रमाका यात्रीहरु नेपालको मटिहानी आइपुग्छन् । महोत्तरीमा पर्ने मटिहानी पुरातात्विक महत्वका १२ वटा मन्दिर तथा आठ वटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठहरु छन् ।

यसैगरी पाँचौँ दिन मिथिला परिक्रमाका यात्रीहरु यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ । छैटौँ दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुई वटा आकर्षक पोखरी छन् । सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर हुन्छ । आठौँ दिन यात्रीहरुको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।

त्यस्तै नवौँ दिनको विश्रामस्थल रहेको पर्वतामा हनुमानजीको विहाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेवमा पूजाअर्चना गर्छन् । दसौं दिन यात्रीहरु धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषको एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगङ्गा नदी एवं उत्तरपट्टी करिब पाँच सय विघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ ।

यसैगरी यात्रीहरुको एघारौँ दिनको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार–साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ । यात्रीहरुको बाह्रौँ दिनको गन्तव्य औरही हो । जनकपुर जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् ।

तेह्रौँ दिन भारतको विशौल परिक्रमा गर्दछन् भने भोलिपल्ट यात्रीहरु करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कलाणेश्वर नजिकै छ । अन्तिम पन्ध्रौँ दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन् । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोसी परिक्रमापछि श्रद्धालुहरु जानकी मन्दिरलगायत अन्य मठमन्दिरहरुमा दर्शन, पूजन गरी घर फर्कन्छन् । माध्यमिकी परिक्रमा क्षेत्रको अधिकांश भूभाग नेपालमा पर्ने गर्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी र गैरसरकारी सामाजिक संस्थाहरु खटिएका हुन्छन् ।

सम्बन्धित खबर